प्रस, वीरगंज, १४ असार/
एमालेबाट मनोनीत सांसद नागेन्द्रप्रसाद चौधरीले शिक्षाको चेतना वृद्धि भए सबै प्रकारको विकास निर्माण सम्भव हुने बताएका छन् ।
निर्वाचन क्षेत्र विशेष कार्यक्रम अन्तर्गत पर्सा क्षेत्र नं. ४ का नौवटा विद्यालयलाई नौ थान कम्प्युटर वितरण गर्दै सांसद चौधरीले शैक्षिक चेतना वृद्धि भएमा सामाजिक रूपमा उत्पन्न हुने अनेक खालको समस्या समाधान हुने दाबी गरे । उनले एमाले पार्टीको जनमुखी र केन्द्रीय नीति अनुरूप नै शैक्षिक क्षेत्रमा खर्च गर्ने र सबै नागरिकलाई शिक्षाको उज्यालो घाम प्रदान गर्ने अभियान अन्तर्गत विद्यालयहरूलाई कम्प्युटर प्रदान गरिएको बताए ।
क्षेत्र न.ं ४ का ९ वटा सामुदायिक विद्यालयलाई ४९ हजार ५ सय मूल्य बराबरको ४ लाख ४५ हजार, ५ सय रुपिंयाँको कम्प्युटर हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि सांसद चौधरीले निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम दुरुपयोग नगरेको दाबी गरे । उनले खर्च पारदर्शी बनाएको र त्यसलाई प्रमाणित गर्न तयार रहेको बताउँदै जनताले सबै सांसदसँग खर्चको विवरण माग्नुपर्ने बताए । कम्प्युटर हस्तान्तरण कार्यक्रममा एमालेका नेता प्रहलाद गिरीले विकास निर्माण र अन्य क्षेत्रको लगानीमा जनताले चित्त बुझ्ने अनुभूति गर्न पाउनुपर्ने बताए । उनले कुनै सांसदले बजेट दुरुपयोग नगरून् भनी जनतामा जागरण आउनुपर्ने र खोजीनीति गर्नुपर्ने बताए ।
कार्यक्रममा सांसद विचारी यादवले क्षेत्र नं. २ मा रहेका दलित, विपन्नवर्गलाई निश्शुल्क कम्प्युटर शिक्षा अध्यापन गराउन आवश्यक रहेको बताए । कार्यक्रममा सांसद राजकुमार गुप्ताले आफ््नो क्षेत्र नं. ३ पनि पछाडि परेकोले सबै पक्षको सहयोगका लागि अपील गरे भने सांसद जयप्रकाश थारूले एमालेले ल्याएको विकास निर्माण तथा बजेटको नीतिले विपक्षीहरू अत्तालिएको आरोप लगाए । उनले जनता सधैं एमालेसँगै रहोस् भनेर बजेट कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।
सांसद थारूले सबै काम जनचाहना अनुरूप गरेको दाबी गर्दै अब शिक्षा क्षेत्रमा लगानी गर्ने घोषणा गरे । कार्यक्रममा प्रजिअ केशवराज घिमिरे, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जारा, जिल्ला विकास समितिका हरिशड्ढरप्रसाद कुर्मी, एमालेका नेता राजकुमार चौधरीले पनि मन्तव्य व्यक्त गरेका थिए ।