न्याय कसैले भनेर दिने वा कृपा गरेर दिने कुरा होइन । यो सभ्य समाजमा स्वस्फूर्त प्रदान गरिन्छ । सरकार निस्पृह र निश्चल भयो भने मात्र न्यायको लागि आग्रह हुनु स्वाभाविक हो । हाम्रो देशमा अहिले माओवादी द्वन्द्वकालमा भएका दुईतर्फी अन्याय र बेसरोकार समूह वा व्यक्तिलाई दिएको पीडाको खोजखबर गर्न थालिएको छ । यो खोजखबर त पहिलेदेखि नै शुरु भएको हो तर कामको नियत हेर्दा पीडितलाई राहतभन्दा बाहय मुलुक र समुदायलाई देखाउन गरिएको नाटकजस्तो भान परिरहेको छ । पीडितलाई राहत दिने उपक्रम त्यस बेला शुरु भयो जब घाउ भरिनै लागेको छ, अर्थात् यो न्याय दिने उपक्रम स्वस्फूर्त होइन । त्यसैले सम्बद्ध आयोगले जति कोशिश गर्दा पनि मनग्गे निवेदनहरू पर्न सकेको छैन । र अर्को कुरा यस उपक्रममा न्याय पाउने आशा कम देखिएको छ । निवेदन दिने र खोजबिन गर्ने कुरालाई सम्बद्ध पक्षले किन पनि बेवास्ता गरेको छ भने यसमा झाराटराईबाहेक केही देखेको छैन । कारण स्पष्ट छ–दुवैतर्फका खासखास आततायीहरूबारे प्रस्ट साक्ष्य–प्रमाण हुँदा र केही मुद्दामा त अदालतले फैसला पनि दिइसकेको अवस्थामा राज्यले केही गर्न सकेको छैन ।
पीडितले राहत नपाउनुमा चर्चित मुद्दामा सरकारको निष्क्रियता वा उदासीनता पहिलो कारण हो । अदालतले दोषी प्रमाणित गरेको व्यक्तिलाई, राज्यले दण्डित गर्दैन, पार्टीविशेषले सर्वोच्च नागरिक निकाय (संविधानसभा–संसद्) मा निर्वाचन लड्नका लागि उम्मेदवार बनाउँछ भने दुवै पक्ष यस मामिलामा उदासीन छ भन्ने बुझिन्छ । झन् अहिले त एकै राजनीतिक सिद्धान्त मान्ने र द्वन्द्वको एउटा पक्ष बनेको दलहरूको गठबन्धन सरकार छ र सरकारको दीर्घायुका लागि दुवैबीच न्यायविपरीत सम्झौता पनि भएको छ, को अर्घेलो बनेर खाटा बसेको घाउ कोटयाउन जाओस् ? जहाँ बेदर्द हाकिम हो, वहाँ फरियाद क्या करना भनेजस्तै न्याय कार्यान्वयन गर्न साक्ष्य–प्रमाण जुटाउने अभिभारा पाएको सरकार नै द्वन्द्वकालमा भएका अनियमिततालाई राजनीतिक र· दिएर कारबाई नगर्ने सम्झौता गरी बसेको छ भने बीचमा पर्ने मानिस त अर्घेलो मात्र न हो १
आफैं धामी आफैं झाँक्री बनेर हाल सत्तामा बस्ने दलहरूले जुँगामुनि मुस्कान छरेर जनतालाई मूर्ख बनाएकोमा मख्ख पर्नु फजुल हो । किनकि जब अपराधले हद नाघ्छ, सहनशीलताले नेटो काट्न थाल्छ, एउटा बवन्डर खडा हुन्छ जसले सबैथोक तहसनहस पारिदिन्छ । द्वितीय विश्वयुद्धको बेला नाजीहरूले जति यहूदीमाथि अत्याचार गरे, त्यसका नाइकेहरू कोही पनि, जतिसुकै कोशिश गर्दा पनि, जतिसुकै टाढा लुक्न पुग्दा पनि जोगिन सकेनन् । नवइजराइली सरकारले तिनीहरूलाई समाइसमाई अपराधको दण्ड दियो । यो अलग कुरा हो इजरायलमा आफ्नो नागरिकप्रति सदाशयता राख्ने सरकार थियो, नेपालमा त्यो सदाशयताविपरीतको सरकार सत्तामा छ, त्यसैले नागरिकको पीडा निष्क्रिय साम्य हुन्छ भनी ठान्नु अधकल्चो सोच हुनेछ । जब पीडित व्यक्तिको आर्तनादले समवेत स्वर पाउनेछ, निरङ्कुशहरू आफ्नो भाग्य लेख्नेमाथि मुर्मुरिनेछन् । भनिएको पनि छ–निर्बल को न सताइए, उसकी लम्बी हाय/ मुए चाम की साँस से लौह भस्म हो जाए । मरेको छालाको हावाले फलामजस्तो कडा वस्तुलाई पगाल्न सक्छ भने पीडितको आहले जस्तोसुकै सत्ताधारी–पदवालालाई माफ गर्नेछैन ।