बद्री पन्डित
असार २ चुरे दिवस हो । चुरे दिवसको उपलक्ष्यमा राष्ट्रव्यापीरूपमा ‘चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’ नाराका साथ विभिन्न कार्यक्रम गरी मनायो । चुरे र यस पालिको नाराको यो सन्दर्भ थाहा नपाई चुरेलाई बुझ्न सकिंदैन । यदि चुरेलाई चुरेको रूपमा मात्र बुझ्ने हो भने चुरे आँखा छोपेर छामेको हात्तीझैं बन्न पुग्छ । आँखा छोपेकोले हात्तीको जुन अ· समाइन्छ, त्यसैलाई हात्ती ठानेजस्तै चुरेलाई पनि सम्पूर्ण नेपालको सन्दर्भ र चुरे एक्लैको प्रस·मा बुझ्न सकिएन भने चुरे पनि त्यस्तै बन्न पुग्छ । नेपालमा चुरे दिवस कहिलेदेखि मनाउन थालिएको हो ? यस पालिको नाराको तात्पर्य के हो ? चुरे के हो ? यसको स्वरूप र स्वभाव कस्तो छ ? यसको भूगर्भ कस्तो छ ? चुरे संरक्षणमा विद्वान्हरूको राय के छ ? चुरेको गिट्टी–बालुवाको दोहनको भित्री र बाहिरी वास्तविक कथा के हो ? कसरी र कहाँ भइरहेको छ यो राष्ट्रिय सम्पत्तिको सदुपयोग र दुरुपयोग ? संरक्षणका प्रयत्नहरू के–के भए र के–के हुँदैछ ? चुरेमा सहमत हुन नसकिएका विषय के हुन् ?
पूर्व मेचीको इलाम र झापा हुँदै महाकाली अञ्चलको कञ्चनपुर जिल्लासम्म चुरे शृङ्खला ३६ जिल्लामा फैलिएको छ । दाङ, सिन्धुली, मकवानपुर, सुर्खेत, कैलाली, बाँके, अर्घाखाँची, उदयपुर, बर्दिया, नवलपरासी, चितवन, डडेलधुरा र धनकुटासमेत १३ जिल्लाको कुल भूमिमध्ये २५ प्रतिशतभन्दा बढी भूभाग चुरे पहाडले ओगटेको छ । त्यसैगरी इलाम, पर्सा, सल्यान, पाल्पा, सिरहा, सर्लाही, महोत्तरी, सप्तरी, रूपन्देही, बारा, कञ्चनपुर, कपिलवस्तु गरी १२ जिल्लामध्ये प्रत्येकको १० देखि २५ प्रतिशत भूभाग चुरे पहाड बनेर फैलिएको छ । मोरङ, सुनसरी, रौतहट, प्युठान, झापा, डोटी र ललितपुर गरी सात जिल्लाको १ देखि १० प्रतिशत र धनकुटा, काभ्रे, तनहुँ र भोजपुरको १ प्रतिशत भन्दा कम भूभाग चुरेले ढाकेको छ ।
चुरे पहाड मूलत: नयाँ र कमला चट्टानबाट बन्नुको साथै यसको उत्तरी तथा दक्षिणी भाग भूगर्भ अति चलायमान रहेको छ । भूक्षयको दृष्टिकोणबाट यो अति नै अस्थिर र संवेदनशील छ । तराईमा १,४०० देखि १,७०० मिलिमिटर, चुरे पहाड र भावरमा २,५०० मिलिमिटर र भित्री मधेसमा २,००० मिलिमिटर सरदर वर्षा हुन्छ । जसमध्ये ८० देखि ९० प्रतिशत जेठदेखि असोज महिनाभित्र हुन्छ । जल उत्पन्न प्रकोपको दृष्टिले चुरे ज्यादै जोखिमपूर्ण रहेको छ ।
नेपालको कुल भूभागको करिब २७ प्रतिशत चुरे क्षेत्र (तराईसमेत) ले ओगटेको छ । यस क्षेत्रलाई भौगोलिक हिसाबले चुरे पहाड, दुन उपत्यका, नदीले बनाएका साँघुरा उपत्यका, भावर र तराई क्षेत्रमा विभाजन गरिएको छ । यी भौगोलिक एकाइहरूको आआफ्नो विशेषता छ । चुरे पहाडको उचाइ न्यूनतम पाँच सयदेखि अधिकतम एक्काइस सय मिटर छ । यो पहाड भिरालो र मलिलो माटो कम भएकोले मानिसको बसोवास कम छ । यस क्षेत्रको दुन उपत्यका
(उदयपुर, चितवन, दाङ, सुर्खेत) भावर तथा तराई ऊर्वर माटोले बनेकोले जनघनत्व बढी छ । चुरे क्षेत्रमा मात्र करिब एक करोड तीस लाख मानिस बसोवास गर्छन् । भौगोलिक बनावट एवं भौतिक पूर्वाधारको पहुँच सहज भएकोले दुर्गम पहाडी भेगबाट विशेषगरी चुरेका शहरोन्मुख क्षेत्र तथा नदी किनारमा बसाइँ सरी आउनेको सङ्ख्या उल्लेखनीय छ । फलस्वरूप यस क्षेत्रको जनसङ्ख्या प्रति दश वर्षमा करिब तीस प्रतिशत बढेको पाइन्छm जसले गर्दा चुरे विनाशमा प्रत्यक्ष प्रभाव पारेको छ ।
चुरे क्षेत्र भूमिगत जलस्रोतको प्रचुर भण्डार हो । तराईका अधिकांश क्षेत्रमा पाइने भूमिगत पानीको उपलब्धता यस क्षेत्रको भौगर्भिक बनोट एवं संवेदनशील भूमिगत जलस्रोत प्रणालीमा आधारित छ । महाभारत एवं चुरे पहाडबाट नदीले बगाएर ल्याएका ढु·ाहरूबाट बनेको भावर क्षेत्र भूमिगत पानीको ‘रिचार्ज जोन’ हो । वर्षात् एवं नदीको पानी यस क्षेत्रबाट जमिनमुनि छिरेर तराईतर्फ बग्छ । उक्त पानी तराई क्षेत्रमा इनार, कुवा एवं डिपवेलको माध्यमबाट पिउन एवं सिंचाइका लागि उपयोग गरिन्छ तर भावर क्षेत्रमा भएको अत्यधिक वन–विनाश एवं ढु·ा, गिट्टी, बालुवा उत्खननले भूमिगत जलाधार प्रणालीमा गम्भीर असर परेकोले धनुषा एवं महोत्तरी जिल्लाका दक्षिणी भागका इनार, कुवा तथा डिपवेलहरू सुक्दै गएका छन् । यही गतिमा चुरे क्षेत्रमा निरन्तर अतिक्रमण भइरहने हो भने नेपालको अन्न भण्डार मानिने तराई क्षेत्रमा सिंचाइ अभावले कृषि उत्पादनमा र्हास आई खाद्य सड्ढटको विकराल समस्या आउने छ ।
सामाजिक–आर्थिक अवस्था, जल– प्रणाली, जीव–प्रणाली, पारिस्थितिकीय प्रणालीसमेतको दृष्टिले यो क्षेत्र अपूर्व छ । नेपालको करिब पाँच प्रतिशत जनसङ्ख्याको थातथलो, गार्हस्थ्य उत्पादनको एकतिहाईभन्दा बढी भाग ओगटेको कृषि क्षेत्रको प्रमुख हिस्सा तराई र भित्री मधेसको उर्वर भूमिले थेगेको, भूमिगत जलभण्डार र पुन:भण्डारणको थलो, नेपालको कुल वन क्षेत्रको ठूलो हिस्सा, नेपालका कुल ११८ पारिस्थितिकीय प्रणालीमध्ये २३ प्रणालीको उपलब्धता, कम्तिमा १ हजार ५ सय ७० प्रजातिका वनस्पति, धेरै प्रकारका चरा, सरिसृप र बृहत् स्तनधारी वन्यजन्तु–हात्ती, पाटे बाघ, गैंडा आदिको वासस्थान समेत भएकोले चुरे शृङ्खला नेपाललगायत प्रकृति र संवेदनशील सम्पूर्ण विश्वको लागि अति महत्त्वपूर्ण क्षेत्र हो ।
नेपाल भौगोलिकरूपमा हिमाल, पहाड र तराई तीन भागमा बाँडिएको छ । पहाड र मधेसबीच उदयपुर, हेटौंडा, चितवन, नवलपुर र दाङलगायत भित्री मधेसमा विश्वको सबैभन्दा कान्छो पहाड चुरे शृङ्खला छ । हिन्दुकुश क्षेत्र अफगानिस्तानदेखि बर्मासम्म फैलिएको हिमाल, पहाडी शृङ्खलाको दक्षिणतिरको तल्लो बेल्ट र नेपालको इलामदेखि, कञ्चनपुरसम्म ग्रीन बेल्टको रूपमा फैलिएको छ । चितवन र दाङमा यसले नेपाल, भारत सीमाको काम पनि गरेको छ । नेपालको जनसङ्ख्याको ५०.७ प्रतिशत जनता यही चुरे पहाड वरिपरि बसोवास गर्छ । तराई, मधेसको माटो र पानीको संरक्षणमा चुरेको महत्त्वपूर्ण भूमिका छ । चुरे क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज, पर्सा वन्यजन्तु आरक्ष मुख्यरूपमा र बाँके, बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा शिकार आरक्षका केही क्षेत्रसहित १३ किसिमका इकोसिस्टमसहित महत्त्वपूर्ण जैविक विविधतासहित सुसम्पन्न रहेको छ । विश्वकै सम्पदाहरू एकसिँगे गैंडा, पाटेबाघ, डल्फिनजस्ता जन्तु यसै क्षेत्रभित्र पाइन्छ । चुरे क्षेत्रभित्र विभिन्न १५०० प्रजातिका महत्त्वपूर्ण वनस्पतिको पहिचान भइसकेको छ । वातावरण संरक्षणदेखि मानव समाजको हरेक क्षेत्रमा महत्त्वपूर्ण भूमिका रहेको चुरे क्षेत्र मुख्यगरी नेपालको समस्त तराई क्षेत्रको निम्ति जीवनरेखा नै हो । चुरेको विनाश र व्यवस्थापनसँग तराई क्षेत्रको अन्योन्याश्रित सम्बन्ध छ ।
चुरेको डरलाग्दो समस्या यहाँबाट अनियन्त्रित ढु·ा, गिट्टी, बालुवाको ओसारपसार हो । ८० प्रतिशतभन्दा बढी मालसामान छिमेकी राष्ट्र भारत जाने गरेको छ । भारतमा मुख्यरूपमा यो मालसामान गुहाटीदेखि युपी, बिहारसम्मको राजमार्ग निर्माणमा प्रयोग भइरहेको छ । अर्को प्रयोग नेपाल सिमाना नजिक वर्षाको पानी रोक्न भारतले अनेकौ बाँधहरू बनाएको छ । सोही बाँधमा अड्केको पानीको कारण तराईका कैयौं क्षेत्र डुबानमा परेका छन् । उक्त बाँधहरू निर्माण गर्न चुरे क्षेत्रकै ढु·ा, गिट्टी, बालुवा प्रयोग भएको छ । २०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा नवीकरण भएको नेपाल भारत वाणिज्य सन्धि अनुसार ढु·ा, गिट्टी, बालुवा विदेश निकासीमा छुट दिइएको छ । २०५५ मा जारी स्थानीय स्वायत्त ऐन अनुसार पनि ढु·ा, गिट्टी, बालुवा दोहन भएको छ । यो क्रम पूर्वदेखि पश्चिमसम्म यति भयावह छ कि वर्णन गरी साध्य छैन । प्रतिदिन हजारौं क्रसर मेसिन चुरे क्षेत्रमा सञ्चालन हुन्छन् र हजारौ ट्रक मालसामान भारत निकासी हुन्छ । नेपाललाई प्राप्त हुने राजस्व, विनाशको तुलनामा लाखौं गुणा कम छ ।
चुरे करिब चौबीस सय किलोमिटर लामो पूर्व–पश्चिम फैलिएको हिमालयको अग्रभागमा अवस्थित सबैभन्दा कान्छो पर्वत शृङ्खला हो । यो पूर्वमा भारतको अरुणाचल प्रदेशदेखि पश्चिम कश्मीरसम्म फैलिएको छ । नेपालमा पनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म करिब आठ सय किलोमिटर क्षेत्रमा अवस्थित छ । चुरे पहाडको उत्पत्ति समग्र हिमालयको उत्पत्ति प्रक्रियासँग जोडिएको छ । भारतीय र तिब्बती प्लेटहरूबीच संघातबाट भारतीय प्लेट दबेर हिमालयको अग्रभागमा बनेको विशाल जलाशयमा यस क्षेत्रका नदीहरूले उत्तरतर्फको भूभागबाट बगाएर ल्याएको माटो, बालुवा एवं ग्राभेलले चुरे बनेको छ । सामान्यतया चुरे पहाडको तल्लो तह पाँक ढु·ा, बीचको तह बलौटे ढु·ा र माथिल्लो तह संगुटिकाबाट बनेको छ र करिब दुईदेखि पाँच किलोमिटरसम्म बाक्लो छ । उमेर करिब १ करोड ५० लाख (तल्लो तह) देखि दश लाख वर्ष (माथिल्लो तह) सम्म छ । यहाँ पाइने चट्टानहरूको संरचना एवं बनोट खुकुलो रहेकोले भ·शील अवस्थामा छ । फलस्वरूप उच्च क्षयीकरण र संवेदनशीलता चुरेको भौगर्भिक समस्या, चुनौती तथा विनाशको कारण बनेको छ ।
चुरे क्षेत्रको वन अतिक्रमण र ढु·ा, बालुवा निकासीले यहाँको प्राकृतिक पानीका मुहानहरूको अस्तित्व समाप्त भइसकेको छ । महत्त्वपूर्ण जनावरहरूको वासस्थान र वनस्पति लोप हुने खतरामा छ । तराईका बासिन्दा हिउँदमा पानीको अभाव र वर्षामा बाढीले आक्रान्त मात्र नभई वातावरणीय विनाशले जलवायु परिवर्तनको मारमा समेत परेका छन् । तराईका बस्तीहरू प्रत्येक वर्ष बाढीमा बग्छ, माटो बगेर वा खेतीयोग्य जमिनमा बालुवा थुप्रेर उब्जनी घट्दै छ । चुरेको अर्को मुख्य समस्या अतिक्रमण पनि हो । शुरुमा हल्का पोल गाड्ने र विरोध नभए छाप्रो नै हाल्ने अनि अलिपछि ब्लक, टिन वा ढलान गरी घरै ठड्याउने चलन पनि बढेर गएको छ । ढु·ा, बालुवा निकासी होस् वा अतिक्रमण स्थानीय राजनैतिक पार्टी, नेता, कार्यकर्ता, दादा, गुण्डा, ठेकेदार, कर्मचारी सबैको अनौठो स्वार्थी एकता कायम छ । यसविरुद्ध कहिलेकाहीं उठ्ने आवाज प्रभावकारी बन्न सकेको छैन ।
अब बेलैमा नेपाल सरकार, जनता सचेत भएन भने आगामी १० देखि १५ वर्ष भित्र यसको प्रत्यक्ष मार सबै नेपालीले भोग्न बाध्य हुनेछौं । आजभोलि यो क्षेत्र बढ्दो दोहनले निम्त्याएको वातावरणीय विनाशले गर्दा सर्वसाधारण, विज्ञ, नीति निर्माता एवं सरोकारवालाबीच बहसको विषय बनेको छ । चुरे क्षेत्रको निरन्तर दोहनका कारण देखापरेका विनाशका लक्षणहरूलाई गम्भीरतासाथ मनन गरी यसको संरक्षण एवं दिगो विकासका लागि सरकारले अधिकार सम्पन्न राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति विस २०७१ असार २ गते गठन गरेको थियो । यसै समितिको गठनको दिन पारेर हरेक वर्ष चुरे दिवसमा चुरेको आवश्यकता तथा महत्त्वबारे प्रकाश पार्न यो दिवस मनाउन थालिएको छ । यस पालिको नारा ‘चुरेको माटो चुरेलाई, सफा पानी सबै’लाई भन्नुको तात्पर्य चुरे जोगिनलाई चुरेको माटो चुरेमा नै बस्नु पर्छ, तब मात्र सफा पानी सबै नेपालीले खान पाउँछन् अन्यथा जलस्रोतको विश्वको दोस्रो ठूलो धनी देश नेपाल पानी खान अरू देशको भर पर्नुपर्ने हुन्छ ।
अत: चुरे क्षेत्रका संवेदनशील भौगर्भिक, जलाधार (भूमिगत एवं सतही) तथा जैविक प्रणालीहरूमा आएको अस्थिरताका कारण समस्या दिन प्रतिदिन जटिल बन्दै गएको छ । यसको प्रत्यक्ष असर यस क्षेत्रका मानिसको जीविकोपार्जन एवं ठूलो लगानीमा तराईमा बनेका पूर्वाधारमा देखिन थालेको छ । तसर्थ यस क्षेत्रको संरक्षणमा सर्वप्रथम हालसम्म भएको विनाशको कारण र स्तरबारे एकीकृत मूल्याड्ढन जरुरी छ । स्थानीय समुदायको जीविकोपार्जनका लागि वैज्ञानिक एवं व्यावसायिक कृषि प्रणाली अवलम्बन गरी वैकल्पिक ऊर्जाका रूपमा गोबरग्याँस, सौर्य ऊर्जा तथा विद्युतीकरणमा अनुदान कार्यक्रम लागू गर्न सके वन–विनाश रोक्न मदत पुग्नेछ । प्राकृतिक स्रोतहरूको दोहनलाई कडा कानुनमार्फत् रोकी चुरे क्षेत्रको भौगर्भिक, भौगोलिक, जैविक, जलस्रोत, सांस्कृतिक तथा वातावरणीय विविधताको दिगो संरक्षण एवं विकास गर्न सके मात्र हाम्रोलगायत आउने पुस्ताको भविष्य सुनिश्चित हुनेछ ।