वीरगंजमा सद्भावना पार्टीले समृद्ध नेपालका लागि जुलुस प्रदर्शन गरेको छ । जुलुसको क्रममा पार्टीका कार्यकर्ताहरूले लगाएको नाराको बानगी हेर्दा यो कुनै नौलो र देशको सर्वतोमुखी हितचिन्तक पार्टीजस्तो देखिन्छ । जुलुसको शीर्षक ‘समृद्ध नेपाल’ भनिए पनि नाराको आग्रह वीरगंजको विकास र उन्नतिसँग मात्र सम्बद्ध थियो । यस अर्थमा आलोचना गर्न खोजिएको होइन । समग्र देशको समृद्धिको अभियानमा पार्टीले एउटा शहरको जागरुकता र विकाससम्बद्ध कुरा मात्र उठायो । खुशीको के कुरा छ भने आज राजनीतिक दलहरूले निर्वाचनताका लगाउने नारा सद्भावनाले सामान्य अवस्थामा लगाएको छन् र पार्टी र पार्टीका सदस्यको नाम पनि उच्चारण नगरी शहरको विकास निर्माण र अनियमितताप्रति सरोकार देखाएका छन् । समग्रको विकासमा व्यक्तिको विकास निहित छ र व्यक्ति–व्यक्तिको विकासले पनि समग्र विकासको सड्ढेत गर्दछ । तर समग्रको विकासमा व्यक्तिको विकास अवश्यम्भावी भएजस्तै व्यक्तिको विकासले समग्रको विकास हुन्छ भन्ने कुरामा निश्चितता हुँदैन ।
सद्भावना क्षेत्रीय पार्टी हो । नामले यसो नभने पनि आफ्नो राजनीतिक वर्चस्व र अहिलेसम्म उठाइएको मुद्दाले सद्भावनालाई क्षेत्रीय पार्टी बनाएको हो । मुद्दा जब परिधि बाहिर जान सक्दैन, मुद्दालाई राष्ट्रिय स्तरमा पुर्याउन सकिंदैन, एउटा पार्टीको छवि क्षेत्रीय नै रहन्छ । यस अर्थमा अहिले सद्भावनाले राष्ट्रिय मुद्दा मात्र होइन, समग्र नेपालको मुद्दा उठाएको छ । समृद्ध नेपालको मुद्दा उठाएर पार्टीले आफूलाई क्षेत्रीयताभन्दा माथि उठाउन खोजेको छ । राजनीतिक पार्टीहरूको विकासक्रममा यस्तै हुनुपर्ने पनि हो । पहिले व्यक्तिले सोच बनाउँछ, सोचलाई यथार्थमा परिणत गर्न स्थानीयस्तरमा स·ठन बनाउँछ, स·ठन विस्तार हुँंदै राष्ट्रियस्तरमा पुग्छ । स·ठनको विस्तारसँगै राष्ट्रिय मुद्दा जब कुनै स·ठनको मुद्दा बन्छ अनि पार्टी बन्छ । नेतृत्वकर्ताले पार्टीलाई क्षेत्रीयस्तरमा सीमित पारिदिन पनि सक्छ । त्यसै अनुरूप कार्यकर्ताहरूको मनस्थिति तयार हुन्छ । मधेस केन्द्रित राजनीतिक पार्टीहरूको गुनासो कि ‘पहाडमा हाम्रो वर्चस्व बन्न दिइँदैन’लाई यसै कसीमा घोट्नु आवश्यक छ । समग्र नेपालको समृद्धिको कामना गर्ने कि कुनै खास ठाउँको । समग्र वीरगंजको भलोमा सहभागिता जनाउने कि कुनै खास ठाउँलाई समाएर स्वाभाविक विकास प्रक्रियामा तगारो हाल्ने ?
अनावश्यक हस्तक्षेपले राजनीतिक पार्टीहरूलाई एक छिनको लागि प्रशंसा दिलाए पनि त्यसको प्रभाव लामो समयसम्म रहन्न । मधेस आन्दोलनताका वीरगंजमा लगाइएको रूख–बिरुवा किन उखेलिए, तिनलाई घेरा हालेको बार किन जलाइए, यसले आन्दोलनमा सहभागी पार्टीको मनस्थिति उजागर हुन्छ । त्यो चीज जसले हुर्काएको भए पनि उपयोगी त वीरगंजवासीको लागि थियो । त्यसमा लगानी पनि वीरगंजकै नागरिकको भएको थियो । घण्टाघर नजिकको उद्यानको नाममा अत्तो नथापेको भए माईराम पोखरीमा माटो पुरेर उद्यान बनाउनुको साटो यातायात संस्थानको जग्गामा बन्थ्यो होला । नाममा के छ ? जनताले जे स्विकार्छ त्यही नाम प्रचलित हुन्छ । अङ्ग्रेजहरूले राखेको ‘बम्बई’ नाम आज मुम्बई भएको ‘कलकत्ता’ कोलकाता भएको छ । चन्द्र शम्शेरको निगाहले बसेको चन्दनिगाहपुर आज चन्द्रपुर बनेको छ । नाराका साथ सोचमा पनि परिवर्तन ल्याउने हो भने समग्रताको आभास पाइन्छ र पार्टी सही अर्थमा जनताको पार्टी बन्छ ।