प्रस, वीरगंज, १५ जेठ/
वीरगंजको औद्योगिक घराना केडिया अर्गनाइजेसनका अध्यक्ष हीरालाल केडियाका छोरा सुरेश केडियाको अपहरण भएको विरोधमा वीरगंज उद्योग वाणिज्य सङ्घले आज प्रजिअमार्फत् गृहमन्त्रीलाई ज्ञापन बुझाएको छ ।
वीउवासङ्घका वरिष्ठ उपाध्यक्ष ओमप्रकाश शर्माको अगुवाइमा जिप्रका पर्सा पुगेको सङ्घका पदाधिकारी सदस्यहरूको टोलीले प्रजिअ केशवराज घिमिरेमार्फत् गृहमन्त्रीलाई ज्ञापन बुझाएको थियो ।
ज्ञापन बुझाउँदै वरिष्ठ उपाध्यक्ष शर्माले व्यवसायी केडियालाई अविलम्ब अपहरण मुक्त गरी शान्तिसुरक्षाको प्रत्याभूति दिन माग गरेका थिए ।
दिनदहाडै व्यवासायीको अपहरणले पर्सा–बाराका उद्योगी–व्यवसायीहरूमा आतड्ढको माहोल सृजना भएको सङ्घका वरिष्ठ उपाध्यक्ष शर्माले बताउँदै आतड्ढको माहोल हटाएर शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन अपहरणकारीलाई पक्राउ गरी केडियाको सकुशल रिहाइतर्फ पहल चलाउन आग्रह गरेका थिए ।
प्रजिअ घिमिरेले ज्ञापन बुझ्दै व्यवसायी केडियाको अपहरणबाट सबै चिन्तित भएको बताए । उनले अपहरण मुक्त गराउनेतर्फ सरकारीस्तरबाट व्यापक पहल भइरहेको जानकारी गराएका थिए ।
यसैबीच केडिया अर्गनाइजेसनका सदस्य एवं वीरगंजका प्रतिष्ठित व्यापारी सुरेश केडियाको अपहरण र उनको चालकमाथि भएको गोली प्रहारको पर्सा क्षेत्र नं. २ का सांसद विचारीप्रसाद यादवले घोर भत्र्सना गरेका छन् । सांसद यादवले विज्ञप्ति जारी गर्दै जेठ १३ गते बिहीवार साँझ बारा जिल्लाको गढीमाई हँुदै वीरगंज आइरहेको बेला चालकमाथि गोली प्रहार गरी नाटकीय ढ·बाट भएको अपहरणको घटनाले यस भेगका उद्योगी–व्यवसायीहरू आतङित र त्रसित भएको उल्लेख गरेका छन् । उनले व्यापारी केडियाको खोजी कार्यमा प्रहरी प्रशासनले तदारूकताका साथ प्रभावकारी कदम चाल्न जोड दिएका छन् ।