मनको सन्दर्भमा हाम्रो चिरपरिचित धारणा छ– मन चञ्चल हुन्छ, मान्दैन, यसलाई वशमा राख्न कठिन छ । केही हदसम्म यो कुरा सही हो तर यसलाई पूर्णत: स्वीकार्नु ठीक होइन । कारण, यो कार्य दुष्कर अवश्य छ, तर असम्भव छैन ।
हामी यदि ठोस मन्थन गरेर यसका कारणहरूको तहसम्म पुग्ने प्रयास गरौं, जसको कारणले यस्तो हुन्छ । तब हामीले पाउँछौं कि यसको एकमात्र मुख्य कारण हो– हाम्रो लालसा, नाना प्रकारका जिज्ञासा, जसले मनलाई अस्थिर गर्छ र मनको यो अस्थिरताले नै चञ्चलता प्रदान गर्छ । फलस्वरूप मन यताउता भट्किन थाल्छ ।
दोस्रो मुख्य कारण हो– मोह, तेरो–मेरोको जन्मदाता । यो तेरो–मेरो आसक्तिले मनमुटाव उत्पन्न गर्छ, जसले मनलाई त्यसैमा लगाउँछ । मन यो सोच्न विवश हुन्छ कि को मेरो हो, को पराया र फेरि त्यसैमा रमाउन थाल्छ । जहाँ आफन्त छ, त्यहाँ राग छ र जहाँ पराया छ, त्यहाँ द्वेष । यो ‘राग–द्वेष’ दुवै सहोदर भाइ हुन् । मनलाई भटकाउने जरो यही हो । हाम्रो जीवनमा न राग राम्रो हो र न द्वेष । सम र निरपेक्ष बन्नु नै उत्तम हो । यसको लागि आवश्यक छ, सम र विषम दुवै परिस्थितिमा हामी एउटा मात्र बनिरहौं । सकारात्मक परिस्थितिमा पनि त्यसै प्रकृतिमा रहौं जस्तो कि नकारात्मक स्थितिमा । यो मनलाई नियन्त्रित गर्ने सबैभन्दा सरल उपाय हो ।
अब तेस्रो कुरा हो– हाम्रो आवश्यकतामा कमी गर्नु । जति आवश्यक छ, त्यत्तिकैमा काम चलाऔं । विलासिताबाट टाढा जीवनलाई सरल, सदाचारी एवं कर्तव्यनिष्ठ बनाऔं । सादगीमय जीवन सदैव शान्तिमय हुन्छ । मन सन्तुष्ट रहन्छ त निश्चितरूपले केन्द्रित रहन्छ । मस्तिष्कमा विचारको पोका पर्दैन, मन स्थिर रहन्छ ।
चौथो र अन्तिम कुरा हो– हामी जनकल्याणकारी कार्यमा लागेर आफूलाई त्यसैमा व्यस्त राख्दै आत्मसन्तुष्टि प्राप्त गरौं । ‘जनकल्याण’को अर्थ हो– जीवकल्याण । कुनै पनि देहधारी जीवात्माको हरसम्भव सुख पुर्याउने प्रयास गरौं । निस्सन्देह यसबाट मनमस्तिष्कलाई असीम शान्ति प्राप्ति हुनेछ । मन चञ्चलताबाट टाढा रहेर एकाग्र चित्त र प्रसन्न रहन्छ ।
यी सबै हुन्– मनलाई वशमा गर्ने पूर्वप्रयासहरू । अब यदि मन भटकिएको छ भने त्यसलाई वशमा कसरी गर्ने ? यो हाम्रो मूल प्रश्न हो, जसमाथि विवेकपूर्ण विचार गर्न आवश्यक छ । यसभन्दा पहिले हामी मनमाथि विचार गरौं, तनको माध्यमबाट यसलाई सरलताले सम्झाउने प्रयत्न गरौं ।
तन अर्थात् शरीर, शरीरको सबै अवयव (अ·) हाम्रो वशमा रहन्छ । जसलाई हामी जे आदेश दिन्छौं, त्यसले त्वरित पालन गर्छ । हातलाई जब हामी उठाउन चाहन्छौं, त्यो तुरुन्त उठ्छ । खुट्टालाई हिंड्न, दौड्न आदेश दियौं भने तदनुरूप कार्य गर्छ । ठीक यसै प्रकार आँखा, नाक, कान आदिले पनि हाम्रो निर्देशको तुरुन्त पालन गर्छन् । एक काम हामी गरौं– ४/५ दिनसम्म अन्न–जल ग्रहण नगरौं, पूर्णरूपले कुनै आहार नखाऔं, तब त्यस स्थितिमा हामीले आदेश दिऔं– हातलाई २५/५० किलोग्राम वजन उठाउनस खुट्टालाई १५/२० किलोमिटर पैदल हिंड्न, आँखालाई लगातार जागृत रहन, के यो सम्भव छ ? हाम्रो आदेश जहाँको त्यही रहन्छ । चाहेर पनि हाम्रो अ·ले त्यो कार्य गर्न सक्दैन । किन ? यसको कारण के हो ? पहिले त ती सबै कार्य तुरुन्त गथ्र्यो तर अहिले ? सीधा उत्तर हो– खुराक (भोजन) नपाएको कारण, जसको कारण अ·हरू शक्तिहीन भए । यही हाल हाम्रो मनको पनि हुन्छ । त्यसलाई हामी खुराक दिंदैनौं भने शिथिल हुन्छ र कार्य गर्न अक्षम हुन्छ । यदि हाम्रो तन जस्तै मनलाई पनि समयसमयमा सही एवं पर्याप्त खुराक दिंदै गयौं भने त्यसले निश्चितरूपले हाम्रो अभिलाषा अनुरूप कार्य गर्छ । हाम्रो आदेशको निर्वहन त्यसले अविलम्ब गरिरहन्छ ।
यस प्रकार हाम्रो तन (शरीर)को खुराक हाम्रो भोजन हो, ठीक त्यसै प्रकार हाम्रो मनको खुराक भजन हो ।
अतएवं प्रभुको भजनद्वारा मनलाई वशमा गर्नु सामान्य कुरा हो ।
हामी ईश–वन्दना कुनै पनि रूपमा गरौं–चाहे त्यो भजनको माध्यमबाट, करुणामय निस्स्वार्थ भावले जीवदया होस्, सरल एवं अध्यात्मवाद जीवन होस्.... मन वशमा अवश्य हुनेछ, यसमा कुनै प्रकारको अतिशयोक्ति छैन ।
मनलाई वशमा गर्ने यो सीधा र सरल उपाय हो ।