प्रस, वीरगंज, १५ जेठ/
आइतवार जेठ १६ गतेदेखि सञ्चालन हुने क्षेत्रीय स्तरको दुई दिवसीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७३ को सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्थाले जनाएको छ ।
नेपाल पत्रकार महासङ्घ पर्साको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताका संयोजक
एवं मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष मानदेव हजारले जेठ १६ र १७ गते सञ्चालन
हुने प्रतियोगितामा १९ जिल्लाका खेलाडी र प्रशिक्षकसमेत गरी करिब एक हजार ७ सयजनाको सहभागिता
रहने बताए ।
नारायणी र·शाला र जिल्ला खेलकुद विकास समिति पर्साको कभर्डहल गरी दुई स्थानमा प्रतियोगिता हुने उनले जानकारी गराए । प्रतियोगितामा एथलेटिक्स, भलिबल, तेक्वान्दो, कराँते, उसु, कबड्डी, फूटबल, क्रिकेट (महिला/पुरुष) खेलहरू हुने उनले जानकारी दिए ।
प्रतियोगितामा खेलाडी तथा प्रशिक्षकहरूको खाना र बस्नको लागि रु. ५ सयका दरले ३ दिनको दैनिक भत्ता २२ लाख ८० हजार, मेडल, ट्रफी र प्रमाणपत्रको लागि १ लाख २० हजार, पोशाकमा ३ लाख ६ हजार, नगर पुरस्कारमा ४५ हजार, उद्घाटन र समापन कार्यक्रममा ३० हजार, निर्णायक र रेफ्री भत्तामा ४ लाख २० हजार, खेल सामग्रीमा ५० हजार र विविधमा ७४ हजार गरी कुल ३३ लाख २५ हजार अनुमानित खर्च लाग्ने जानकारी हजराले दिए ।
नारायणी र·शाला वीरगंजमा आइतवार जेठ १६ गते बिहान ९ बजे प्रतियोगिताको उद्घाटन उपप्रधान एवं रक्षामन्त्री भीमबहादुर रावलले गर्ने पनि हजराले जानकारी दिए ।
प्रतियोगिताको पूर्वसन्ध्यामा र·शालाको सरसफाइ
आइतवारदेखि नारायणी रङ्गशालामा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७३ को पूर्वसन्ध्यामा नारायणी र·शालाको सरसफाइ गरिएको छ ।
मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समिति पर्साको संयुक्त आयोजन र सशस्त्र तथा नेपाल प्रहरीको विशेष सक्रियतामा शनिवार बिहान र·शालाको सरसफाइ गरिएको हो ।
सरसफाइ कार्यक्रममा पर्सा प्रहरी उपरीक्षक राजुबाबू श्रेष्ठ, सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर थापा, मध्यमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष मानदेव हजरा, जिल्ला खेलकुद विकास समिति पर्साका अध्यक्ष सुदीप पौडेल, नेपाल चेस एसोसिएसनका केन्द्रीय सदस्य रामकिशोर सिंह पराग, मध्यमाञ्चल खेलकुद विकास समितिका इन्जिनियर शिवचन्द्र यादव, वरिष्ठ फूटबल प्रशिक्षक हरिबहादुर श्रेष्ठलगायतको सहभागिता थियो ।