प्रस, वीरगंज, १५ जेठ/
वीरगंज भन्सार कार्यालयले बजेट भाषणको दिन शनिवार पहिलोचोटि भन्सार कार्यालय सञ्चालनमा ल्याएको छ।
यद्यपि वीरगंज भन्सार कार्यालयले पूर्वसूचना जारी गरी बजेट भाषणको दिन शनिवार भन्सारको कुनै पनि कार्य नहुने जनाऊ दिंदै सूचना प्रकाशित गरेको थियो ।
यसअघि बजेट भाषणको दिन देशभरकै भन्सार कार्यालयको काम ठप्प हुँदै आएको थियो । वीरगंज भन्सार कार्यालयका प्रमुख सेवन्त पोखरेलले भन्सार यार्डमा सवारी साधनहरूको घुइँचो बढेकाले सिमेन्टको कच्चा पदार्थ बोकेका ट्रकहरूलाई छाडिएको बताएका छन् ।
प्रमुख पोखरेलले पूर्वभुक्तानी गरेका सिमेन्टको कच्चा पदार्थ बोकेका ट्रकहरूलाई आज बजेट भाषणको दिन कच्चा पदार्थमा मूल्यवृद्धि भएको खण्डमा सोही अनुसार भुक्तानी गर्नुपर्ने बन्ड बनाएर छाडिएको बताए ।
वीरगंज भन्सारमा कारोबार गर्ने व्यवसायीहरूले भने एकथरी कारोबारीलाई विशेष ग्राहयता दिएर नेपालकै इतिहासमा पहिलोचोटि बजेट भाषणको दिन भन्सार सुविधा प्रदान गरेकोमा दु:खेसो व्यक्त गरेका छन् । उनीहरूले सिमेन्टका कारोबारीहरूलाई मात्र विशेष सुविधा प्रदान गरिनु न्यायोचित नभएको बताए ।
वीरगंज भन्सार कार्यालयले सबै व्यवसायीहरूको लागि पूर्वसूचना जारी गरेर बजेट भाषणको दिन जेठ १५ गते भन्सारका सम्पूर्ण कारोबार ठप्प हुने जनाए तापनि एकथरी व्यवसायीसँग बन्ड गराएर सुविधा दिनु गैरजिम्मेवारीपन भएको बताइएको छ । वीरगंज भन्सार कार्यालयले आज सिमेन्टको कच्चा पदार्थ लोड भएका प्राय: सबैजसो ट्रकहरूलाई बिहानैदेखि भन्सार शुल्क बुझेर यार्डबाट बाहिरिने सुविधा प्रदान गरेको थियो ।