गताङ्कको बाँकी
वीरगंजदेखि डोटीस दुई दिनको बसयात्राले शरीर थाकिसकेको थियो तर सिलगढी बजारको रूप हेर्न भने मन व्याकुल थियो । बजारभन्दा करिब पाँच किमि वरै कृषि भवनको गेस्टहाउसमा हामीलाई बस्ने व्यवस्था डोटी क्याम्पसले मिलाएको थियो । तात्तातो पुरी, तरकारी अनि चिया दन्काएर सिलगढी एवं प्रसिद्ध मन्दिर शैलेश्वरीको दर्शन गर्न मानसिकरूपबाट तयार भयौं । डोटीको प्राकृतिक सौन्दर्यलाई त्यस भेकमा गाइने यी लोकगीतले गर्दा मेरो मन भने छिटो डोटीलाई हेर्न व्यग्र भइरहेको थियो–
डोटी राम्डो डणेल्धुरा अछाम राम्डो साँफ्या ।
मलाई लकै उडाई लै जा ह्युँचुलिका डाँफ्या ।।
सबभन्दा पहिले हामी बसेको ठाउँबाट शैलेश्वरी मन्दिर जान सकिने तर ठाडो उकालो चढ्नुपर्ने । बसमा बस्दाबस्दा खुट्टा खुम्चिएका थिए, शरीर पूरै थाकेको, तर मन भने नथाकेको हुँदा स्वाँस्वाँ गर्दै डाँडो उक्लिन थाल्यौं । उकालो चढ्नु त्यस बेला सहज भएन । पसिनाले निथु्रक्क भयौं । मुटु नै फुल्न थालेको आभास भो । तर डाँडोमा पुग्दा चिसो बतासले शरीरलाई छँुदा थाकेको शरीरमा रक्त सञ्चार भयो । करिब ४५ मिनेट उकालो चढेपछि देवीको मन्दिर पुग्यौं । देवीको बारे पुराणमा वर्णन गरे अनुसार शैलको अर्थ ‘पहाड’ र ‘ईश्वरी’को अर्थ देवी अर्थात् शैलपुत्री पार्वती भन्ने देवी रहेछ । शैलेश्वरी मन्दिरको पश्चिमतर्फ चण्डेश्वरी तथा कालिका मन्दिर स्थापित गरिएको रहेछ । शैलेश्वरीको रक्षा यी दुई देवीले गर्ने भएकाले दुवै देवीको दर्शन गरेपछि मात्र शैलेश्वरीको दर्शन गर्न आज्ञा लिनुपर्छ भन्ने मान्यता रहेको हुँदा हामीले पनि दुवै देवीको दर्शनपश्चात् शैलेश्वरीको दर्शन गर्यौं । डोटीको रक्षा गर्ने देवीको मन्दिरमा बार्ह वर्षमा एकपटक लख्यहोम हुने गर्दछ । शैलेश्वरीको मन्दिरभित्रै कोटीहोम गरिदो रै‘छ । होमबाट निस्किने आगोको मुस्लो छानालाई फराकिलो पारी त्यही ठाउँबाट ज्वाला देखिन्छ । यस्तो अद्वितीय दृश्य हेर्न वरिपरिका क्षेत्र अनि विदेशबाट समेत श्रद्धालुहरू आउँदा रहेछन् । केही समयअघि १२ वर्षको अवधि परेको रै‘छ । हामीले कोटीहोम हेर्ने सौभाग्य गुमाएछौं । तर देवीको दर्शन गरी आफ्नो धार्मिक आस्थालाई भने त्यस बखत जीवितै बनायौं ।
माताको दर्शन गरी सिलगढी बजारतिर लाग्यौं । कुनै समय डोटी प्रसिद्ध व्यापारिक केन्द्र रहेको थियो । तर अछाम, बैतडी आदि क्षेत्रहरूमा सडक विस्तार भएको कारण र हुनेखानेहरू राजधानी अनि मधेस प्रवेश गरेका हुँदा डोटीको वडा नं. १ बजार एकादेशको कथाजस्तै बिरानो गाउँजस्तो देखियो । पुराना घर, ढु·ा ओछ्याइएका सडक, उकालोओरालो बाटो अनि दैलोमा बूढापाकाहरू बसेका, उनीहरूलाई हेर्दा लाग्थ्योस कसैको पर्खाइमा बसेका छन् । बाटो सुनसान छ । एक समय रमझम हुने सडकले आफ्नो व्यथा आपैंm बोलेर हामीलाई सुनाइरहेको महसुस भयो तर यामाहा, अनि पल्सर बाइक ठिटाहरूले दौडाएका हुन्थे । आधुनिक वस्तु अनि पुरानो बाटो, बसोबासलाई हेर्दा डोटीको संस्कृति त ककटेल भएजस्तो देखियो ।
रात झमक्क परिसकेको थियो, घुम्दाघुम्दै । नयाँ र पुराना अनुहार हेर्दाहेर्दै । फर्कंदा डाँडा वरिपरि झलमल्ल बत्ती बलेको दृश्यले मनलाई लोभ्यायो । खुट्टा तन्काउँदै ओरालो सडक बाटो हुँदै विश्रामथलो आयौं । त्यहाँ नेपाली काङ्ग्रेसका नेता भक्तबहादुर बलायरका गीत चल्दै थियो । देवभूमि डोटीको वर्णन उनका गीतले यसरी गर्दै थियो–
मेरो डोटी कति राम्रो, ईश्वरले हेरेको,
तामागिरी तेलेलेगे खप्तडले घेरेको ।
सेती नदी कञ्चन पानी सलल बगेकी,
शैलेश्वरी नेत्रेश्वरी सर्वदा तकेकी ।
प्रकृतिको खानी डोटी ईश्वरले रचेको,
प्राकृतिक वैभव खन्याई जनतले सजेको ।
वास्तवमा ‘गयो डोटी खायो रोटी, फर्कंदा धोती न टोपी’ भनेको उखान जस्तो वर्तमान डोटी रै‘नछ । डोटी त फराकिलो फाँट, बेंसी, पाटन उपत्यका, उर्वरभूमि भएको पहाडी मैदान भने रहेछ । पहिलेको डोटी पुग्न अनि मधेस फर्कन सहज थिएन । त्यसमा पनि यताका मान्छे उता जाँदा खर्चैखर्च, फर्कंदा हातमा शून्य हुने उखानलाई कोट्याउँदा अलि अर्थ प्रस्टियो । आज डोटी आधुनिकताको घुम्टोमा छ तर आफ्नो अतीतलाई सम्ंिझदै छ ।
दुई दिने इतिहासको राष्ट्रिय गोष्ठी सम्पन्न भयो । आयोजकको तर्फबाट डोटीको प्रसिद्ध लोकनृत्य ‘देउडा’ हेर्ने सौभाग्य पाइयो । भाषा बुझिएन तर शोधपछि वीरगाथादेखि करुण रसयुक्त ‘देउडा नृत्य’ नाच्नेले गाउँदा बुझियो । लोक साहित्यको भण्डारमा डोटीको संस्कृति कति धनी रहेछ भन्ने साक्षात्कारसमेत गरियो । साँच्चै भनुँ भने नेपाल शब्दले गरिब बनाइएको रै‘छ, संस्कृतिले कुनै संस्कृतिभन्दा कम भने छैन । गएपछि, देखेपछि बुझ्न सकिंदो रहेछ । डोटीको भावनालाई डोटीकै परिवेशबाट आत्मसात् गर्न सकिंदो रहेछ । क्रमश: