जीतलाल श्रेष्ठ, निजगढ, १८ वैशाख/
बारा विशम्भरपुरकी ५२ वर्षीया बिग्नी राम र निजगढ निवासी ४२ वर्षीया कमला भुजेलको मित्रता हेरिरहूँ जस्तो लाग्छ। उनीहरूको मित्रता मनै लोभ्याउने खालको छ।
एक अर्कालाई दिल खोलेर काममा सहयोग गर्छन्। त्यसैले दुवै मिलेर मनग्गे आम्दानी पनि गरिरहेका छन्। बिग्नी मधेसी र भुजेल पहाडिया मूलका हुन्। तर यिनीहरूलाई यसले कुनै असर पारेको छैन।
“जात ने कथी होई, मिल के काम करेकी परी”—बिग्नी राम भन्छिन्। यता कमला पनि ‘जातभात भन्दा ठूलो मन र व्यवहार हो’—भन्छिन्। “मन र व्यवहार राम्रो भयो भने, त्यो जतिको असल संसारमा अरू केही छैन”— भाषा फरक भए पनि आखिरमा दुवैको भनाइ एउटै छ।
यी दुवै निजगढस्थित बकैयाखोला बगरमा गिट्टी चालेर दैनिक ५ सयदेखि १ हजारसम्म कमाउँछन्। दुई दिनमा एक ट्याक्टर–टेलर गिट्टी बनाएर बिक्री गरेपछि २ हजार पाउँछन्। बढीमा तीन दिनमा सो कमाई दुवै मिलेर गर्छन्।
बिग्नी र कमलाको भेट १५ दिन अघि भएको हो। कमला वर्षौदेखि बगरमा गिट्टी चाल्दै आएकी थिइन्। यी दुवैको मित्रताले अन्य मानिस पनि छक्क पर्छन्। मिलेरै खोला आउँछन्। साँझसम्म काम गर्छन्—देख्नेहरू भन्छन्।
मधेसी–पहाडिया जस्ता शब्दले कतिपयको मन टुक्रिएको छ। कतिपय नेताहरूले यस्ता शब्दजाल फालेर आफ्नो स्वार्थपूर्ति गरिरहेका छन्। बिग्नीका पति निजगढमा मिस्त्री काम गर्छन्। “घर कोठामा त्यसै बस्नुभन्दा गिट्टी चाल्छुंं—बिग्नी भन्छिन्।
यता तरकारी खेतीमा घाटा पर्न थालेपछि नजामुद्दिन आलम परिवारसहित ३ वर्षदेखि बकैया खोलामा गिट्टी चालेर गुजारा चलाउँदै आएका छन्। भाडामा जग्गा लिएर लामो समयदेखि तरकारी खेती गर्दै आएका आलम एकाबिहानै कुटो, कोदालो, पिक, सावेल, तगारी बोकी बगरमा देखा परे।
उनको आम्दानी पनि बिग्नी र कमलाको भन्दा कम छैन। पत्नी र १५ वर्षीय जेठो छोरो फयाज आलम बुवा, आमाको काम सघाउनसँगै बगरमा आउँछन्। तर उनले तीन वर्षदेखि विद्यालय जान छोडेका छन्। “तरकारी रोप पनि कुलो, पानी छैन। पानी पनि पर्दैन। तरकारीको बिरुवा सुकेर मर्छ। आम्दानी त परै जाओस्। जग्गाको भाडा तिर्न पनि सकिंदैन”— नजामुद्दिनले भने।
५/७ वर्ष अघिसम्म तरकारी खेतीले जेनतेन गुजरा चलाउन सकिन्थ्यो। अहिले सकिंदैन। छोराछोरी पनि ठूला भए। खर्च बढ्यो। आम्दानी घट्यो—पत्नी जलेखा खातुन भन्छिन्। बरु, अहिले बगरको गिट्टी चालेर गुजारा चलिरहेको छ—उनी भन्छिन्।
यसरी बगरमा काम गर्नेहरूलाई चैत, वैशाख, जेठ, भदौ ४ महिना काम गर्न अति कठिन हुन्छ। गर्मीले बगर रापिन्छ । त्यसैले यो याममा बिहान ४ बजे नैं धेरैजसो काम गर्न आइपुग्छन्।
असार, साउनमा ठूलो वर्षा भयो भने काम ठप्प हुन्छ। त्यस बेला रासन, पानी चलाउन उनीहरूलाई धौधौ
पर्छ।