प्रस, वीरगंज, १७ चैत/
मधेस आन्दोलन–२०७२ पछि वीरगंजमा इ–रिक्शा सञ्चालनमा वृद्धि भएको छ । साउन २९ गतेदेखि अनिश्चितकालीन मधेस बन्दसँगै करिब ५ महिना नाकाबन्दी हुँदा पेट्रोलियम पदार्थ र ग्याँसको अभाव भएपछि सोबाट सञ्चालित सवारीसाधनहरूको विकल्पमा वीरगंजमा इ–रिक्शाको माग बढेको हो ।
न्यून सङ्ख्यामा सञ्चालनमा रहेको इ–रिक्शा त्यसपछिका दिनमा करिब ३ सयको हाराहारीमा सञ्चालनमा आएको छ भने टेम्पो, टाँगा र रिक्शा हाँक्दै आएका व्यक्तिहरू इ–रिक्शा सञ्चालनमा आकर्षित भएको पाइएको छ । न्यूनतम १० रुपियाँदेखि अधिकतम ३० रुपियाँसम्म घण्टाघरदेखि परवानीपुरसम्म र घण्टाघरदेखि शड्ढराचार्य गेटसम्म इ–रिक्शामा मानिसहरू सहज यात्रा गर्न पाएपछि वातावरणीय दृष्टिकोणले पनि सुरक्षित मानिएको इ–रिक्शाप्रति वीरगंजका मानिसहरू आकर्षित भएका हुन् ।
वीउमनपामा दर्ता गरी यातायात कार्यालयबाट नम्बर लिएर पुन: वीउमनपाबाट रोड परमिटसहित सञ्चालनमा आएका इ–रिक्शाको भाडादर टेम्पो, टाँगा र रिक्शाभन्दा सस्तो भएकोले पनि अहिले यसको आकर्षण यात्रुहरूमा बढेको छ । एउटा इ–रिक्शा सञ्चालकले दैनिक १ हजार ५ सयको हाराहारीमा कमाइ गरेको र खर्च काटेर रु १ हजार बचत गर्न सफल भएकोले यसको सञ्चालनतर्फ पनि आकर्षण बढेको छ ।
पौने ३ लाखसम्म मोल पर्ने इ–रिक्शा मधेस आन्दोलन २०७२ अगाडि वीरगंजमा दुई–तीनजनाले मात्र उत्पादन गर्दै आएका थिए । अहिले वीरगंजमा यसको उत्पादनकर्ताहरूमा पनि वृद्धि भएको छ । पुरानो मोडलको विक्रम टेम्पोबाट वातावरण प्रदूषण हुने र सञ्चालक तथा उपभोक्तासमेत सन्तुष्ट नभइरहेको अवस्थामा इ–रिक्शाको प्रवेशले दुवैथरी सन्तुष्ट भएका छन् । सञ्चालकलाई आम्दानी र उपभोक्तालाई सहुलियत दरमा उपभोग गर्ने अवस्था सिर्जना भएकोले यसको आकर्षण बढेको इ–रिक्शा व्यवसायी सङ्घ पर्साका अध्यक्ष अमजद अन्सारी बताउँछन् ।
वीउमनपाले सात सय इ–रिक्सा सञ्चालनको इजाजत सुरक्षित राखेको भए पनि हालका दिनमा ३ सय मात्र सञ्चालन इजाजत दिएकोले पनि वीरगंजमा इ–रिक्साको अवस्थामा सुधार आएको अध्यक्ष अन्सारीको भनाइ छ । उनले टेम्पोसँगै वातावरणीय प्रदूषणमा भूमिका खेल्ने टाँगाको विकल्पको रूपमा इ–रिक्शा उपयोग गर्न सके वीरगंजमा यसको आकर्षण अझ बढ्ने बताए ।
नगर क्षेत्रमा मात्र सञ्चालित इ–रिक्शा सानो अवधिमा ठूलो सङ्ख्यामा सञ्चालन भएको बताउँदै अध्यक्ष अन्सारीले ग्रामीण क्षेत्रको बाटो सुधार भएमा त्यसतर्फ पनि सञ्चालन हुन सक्ने र उपभोक्तालाई सहज आकर्षित गर्न सकिने बताए ।