प्रस, वीरगंज, १६ चैत/
नेपाल पत्रकार महासङ्घको ६१ औं स्थापना दिवसको अवसरमा वीरगंजमा नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाले प्रभातफेरी गरेको छ । घण्टाघरबाट निस्केको प्रभातफेरी माईस्थान, आदर्शनगर, गीता मन्दिर हुँदै पुन: घण्टाघरमा पुगेर समापन भएको थियो ।
समापन कार्यक्रममा पत्रकार महासङ्घ, पर्साका अध्यक्ष श्याम बन्जाराले नराम्रा कुरा परित्याग गरी राम्रा र असल परम्परा अ·ीकार गर्दै अगाडि बढ्नुपर्ने चुनौती भएकोले सो कार्यमा वीरगंजका सबै कलमजीवी पत्रकारहरूले शाखालाई सहयोग गर्नुपर्ने बताए ।
उनले पत्रकार महासङ्घलाई समृद्ध बनाउनेतर्फ आफ्नो पहल रहने प्रतिबद्धता पनि जाहेर गरे ।
कार्यक्रममा शाखाका पूर्व अध्यक्षहरू शत्रुघ्न नेपाल, दीपेन्द्र चौहान, केसी लामिछाने, प्रेस युनियनका केन्द्रीय सदस्य विजय कुशवाहा, जिल्ला अध्यक्ष पुरुषोत्तम सिंह भट्टराई, प्रेस चौतारीका अनुप तिवारी, क्रान्तिकारीका नीरज पिठाकोठे, महिला पत्रकार सञ्जालकी अध्यक्ष लक्ष्मी खरेल, नयाँ शक्ति नेपालसँग आबद्ध पत्रकार सङ्घका केन्द्रीय सदस्य आरके पटेल, छठु साह, मधेसी पत्रकार समाज पर्साका अध्यक्ष सन्तोष पटेललगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण शाखाका सचिव कृष्णउदास खनालले गरेका थिए ।
प्रस, रौतहट, १६ चैत/
नेपाल पत्रकार महासङ्घको ६१ औ स्थापना दिवस आज रौतहटमा मनाइएको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला कार्य समिति, रौतहटको आयोजनामा आज पत्रकारिताको चुनौती विषयक अन्तक्र्रिया कार्यक्रममा कोहिनूर एफ एमका सञ्चालक रवीन्द्र शाहले रौतहटको पत्रकारिता क्षेत्रमा सङ्ख्यात्मक वृद्धि भए पनि गुणात्मक नभएको बताए । उनले महासङ्घले गुणात्मक वृद्धिका लागि समय–समयमा दक्षता अभिवृद्धि, तालिमको आयोजना गर्नुपर्ने धारणा राखेका थिए ।
सो अवसरमा पत्रकार प्रभात झा, जितेन्द्र श्रीवास्तव, राकेश अहिराज, प्रेमचन्द्र झालगायतले आआफ्नो धारणा राखेका थिए ।
नेपाल पत्रकार महासङ्घ रौतहटका सभापति शैलेन्द्रकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न अन्तक्र्रिया कार्यक्रममा अध्यक्षको आसनबाट बोल्दै उनले पत्रकारको हक हितका लागि सदैव लडिरहेको महासङ्घले श्रमजीवी ऐन लागू गराएर पत्रकारहरूको अधिकतम चुनौती अन्त्य हुने बताए ।