साताव्यापी स्वस्थ मासु अभियान शुरू भएको छ । जिल्लास्थित पशु सेवा कार्यालयहरूको अगुवाइमा मुलुकका विभिन्न जिल्लामा आइतवारदेखि अभियान सञ्चालन गरिएको हो । पर्सा, बारामा पनि चेतनामूलक र्याली निकाल्ने कार्य सम्पन्न भयो । अभियान अन्तर्गत पहिलो चरणमा फोहर मासुको उपभोगले हुन सक्ने रोग तथा सङ्क्रमणबारे जनचेतना जगाउने कार्यक्रम गर्ने र दोस्रो चरणमा प्रमुख बजार क्षेत्रमा रहेका मासु पसलको अवस्था, पशु–वधशालाको स्थिति, मासुको गुणस्तर परीक्षण गर्ने र व्यवसायीहरूमा चेतना जगाउनुका साथै सचेत गराउने कार्यक्रम रहेको छ ।
मासु मानिसको पौष्टिक आहारमध्ये एक हो । मासुमा १४ देखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ । मानव शरीरको लागि अत्यावश्यक जिंक, भिटामिन बी, पोटासियमलगायत तत्त्व मासुमा पाइन्छ । सन्तुलित भोजनमा मासुको प्रयोग अनिवार्यजस्तै भइसकेको छ । तर त्यही मासु असन्तुलित र अस्वस्थकर भयो भने उपभोक्ताको स्वास्थ्यमा डरलाग्दा रोगहरू उत्पन्न हुने र सङ्क्रमण हुने खतरा रहन्छ । असन्तुलित मासुको उपभोगले हाडजोर्नी सम्बन्धी रोग निम्त्याउने, कोलस्ट्रोलको मात्रा बढ्ने, महिलाहरूमा स्तन क्यान्सरको खतरा हुनेलगायत समस्या उत्पन्न हुने गरेको छ । त्यस्तैगरी अस्वस्थकर मासुबाट जुकाका लार्भाहरू शरीरमा प्रवेश गर्ने तथा मासुमार्फत् विभिन्न खालका रोग सर्ने गरेको चिकित्सकहरू बताउँछन् । फोहर र दूषित मासुमा साल्मोनेला, इकोलाई जस्ता मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने जीवाणु हुने गर्छ । फोहर वधशाला, छारो–धूलो झिँगा भन्केको, बासी मासु सरुवा रोग सर्ने गतिलो माध्यम हो । यस्तो मासु सेवनले फूड–प्वाइजन हुने, अपच एवं झाडापखाला, अजीर्णलगायत समस्या निम्तिने गरेको छ । सरुवा रोगमध्ये ७५ प्रतिशतको कारण पशुपक्षीजन्य मासु हुने गरेको कुरा अध्ययनले देखाइसकेको छ । अस्वस्थकर मासुले उपभोक्ताको स्वास्थ्य र सम्पत्ति दुवैमा खति पुर्याइरहेको छ ।
मासु विभिन्न किसिमले अस्वस्थकर हुन्छ । अस्वस्थ पशुको वध गर्दा मासु स्वत: अस्वस्थ हुन्छ । त्यसैगरी वधशाला स्थल, त्यसमा प्रयोग गरिने औजार, मासुको रेखदेख एवं भण्डारणको तरिका तथा वधशालामा काम गर्ने कामदारको सरसफाइलगायत धेरै पक्ष मासु स्वस्थ या अस्वस्थ्य हुनुको कारण बन्दछ । विकसित मुलुकमा यी सब काम स्पष्ट कानुनको परिधिभित्र तोकिएको हुन्छ । जसले गर्दा मासु व्यवसायीहरूले मापदण्डभित्र रही ठूलो या सानो वधशाला निर्माण गर्न बाध्य हुन्छन् । हाम्रो मुलुकमा सत्र वर्ष अघि विसं २०५५ मा बनेको पशु वधशाला तथा मासु जाँच ऐन अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । वधशालाको अभावमा दूषित मासु किनबेच नियन्त्रण हुन सकेको छैन । प्रचलित कानुन अनुसार मासुको प्रयोजनका लागि पशुपक्षीको ओसारपसार, वध र मासु पसल सञ्चालनका क्रममा सरकारी निकायले गर्नुपर्ने निगरानीमा उदासीनता छ । बजारका केही मासु पसलले डिफ्रिजमा राखेर मासु बेच्न शुरु गरे पनि धेरैजसो पसलले सामान्य मापदण्डसमेत पूरा गरेका छैनन् । तथापि उपभोक्ता सचेत हुने र सफा मासु बिक्रीस्थलबाट मात्र मासु खरिद गर्ने हो भने व्यवसायीहरू पनि सुध्रिन बाध्य हुनेछन् । तसर्थ जारी अभियानले उपभोक्ता जागरण र कानुन कार्यान्वयनको निम्ति दबाबकारी भूमिका निर्वाह गर्न सकोस् ।