प्रस, वीरगंज, १७ चैत/
अगुवा शिक्षक सङ्घ–स·ठनका पदाधिकारी र परीक्षा समन्वय समितिबीच जिल्ला प्रशासन कार्यालय बारामा बुधवार बसेको संयुक्त बैठकले केन्द्राध्यक्ष नियुक्ति सम्बन्धमा उत्पन्न भएको विवाद समाधान गरेको छ ।
नेपाल शिक्षक युनियनका अध्यक्ष भरत साह र पूर्व अध्यक्ष देवेन्द्र गिरीको सहजीकरणमा असन्तुष्ट मधेस दल केन्द्रित शिक्षक सङ्घ–स·ठन परीक्षा समन्वय समितिले गरेको केही त्रुटि सच्याई नियमानुसार केन्द्राध्यक्ष सोही विद्यालयका प्रधनाध्यापकहरूलाई नियुक्त गरेपछि समस्या समाधान भएको शिक्षक युनियनका पूर्व अध्यक्ष देवेन्द्र गिरीले बताए ।
चैत्र १६ गते परीक्षा समन्वय समितिको बैठकले सपही उच्च माविका प्राचार्य ज्ञानराज पुडासैनीलाई रामराजा बहुमुखी परीक्षा केन्द्र कलैयामा, भोजभगतमा उच्च मावि परवानीपुर र बेगा साह उच्च माविका प्रधानाध्यापकलाई बाइपास गरी अर्को विद्यालयबाट केन्द्राध्यक्ष बनाएकोमा मधेस केन्द्रित दल निकट रहेका शिक्षकहरू असन्तुष्ट देखिएका थिए । निर्णय सच्याएसँगै रामराजामा महम्मद शफीक अंसारी, भोजभगतमा सोही विद्यालयका नियमित प्रधानाध्यापक पप्पु सिंह, बेगा साह उच्च मावि परसौनीमा रवीन्द्र गिरी र पथलैयामा गणेश पौडेललाई आज केन्द्राध्यक्ष नियुक्त गरिएको जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेलले जानकारी दिए ।
बैठकमा राष्ट्रिय अनुसन्धानका एसपी अच्युत पन्थ, जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेल, शाखा अधिकृत अशोक रौनियार, मधेस केन्द्रित शिक्षक स·ठनहरूबाट गोपाल ठाकुर, पारस जैसवाल, अजय तिवारी, रामबाबू यादव, कुमोदलाल कर्ण, अरुण दुबेलगायतको सहभागिता थियो ।
हिजो जिल्ला शिक्षा अधिकारी र परीक्षा समन्वय समितिले एकलौटी केन्द्राध्यक्ष नियुक्त गरेको थियो । सोही विषयलाई लिएर मधेस केन्द्रित दलका शिक्षकहरूले विरोध गरेपछि परीक्षा समन्वय समिति संलग्न बैठक बसी विवाद टुङ्ग्याएको सङ्घीय समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामबाबू यादले बताए ।