प्रस, वीरगंज, १४ फागुन/
वीउमनपा–१९ नगवा रेलवे सडकमा रहेको जनकल्याण उपभोक्ता सहकारी संस्था लि.ले आफूले बचत गरेको लाखौं रकम लिई फरार भएपछि शोकले एकजना बचतकर्ताको मृत्यु भएको छ ।
बचतकर्ता दुर्गा मुखिया बिनले आफूले बचत गरेको रकम सो सहकारीले लिएर फरार भएको सुनेपछि चिन्ताले निधन भएको उनकी पत्नी युगेश्वरीदेवीले बताइन् । कुम्हालटोल निवासी बिनकी पत्नी न्यायको लागि आज जिल्ला अदालत पुग्दा घटना सार्वजनिक भएको हो । शुक्रवारसम्म सो सहकारी राम्रैसँग सञ्चालनमा रहेको तर शनिवार एक्कासि फरार भएको खबर सार्वजनिक भएपछि उनी बेहोस भएका थिए । बेहोसीकै क्रममा पतिको आइतवार बिहान मृत्यु भएको पत्नी युगेश्वरीले प्रतीकलाई बताइन् ।
सानो पसलको कमाइबाट भविष्यको लागि केही रकम त्यस सहकारी संस्थामा बचत गरेकोमा एक्कासि सो सहकारी रकम लिएर फरार भएको थाहा पाएपछि बिन बेहोस भएको पत्नी युगेश्वरीले दु:खेसो पोखिन् ।
घरनिर्माणको लागि विगत १४ वर्षदेखि अलिअलि बचत गरी सो सहकारी संस्थामा साढे ३ लाख रुपैयाँ बिनले बचत गरेका थिए ।
बिनले २०७१ चैत २३ गते ८० हजार र २०७२ जेठ २७ गते १ लाख ६० हजार रकम ५ वर्षका लागि मुद्दती खातामा जम्मा गरेका थिए । र, बाँकी रकम सहकारीको खातामा जम्मा गरेको युगेश्वरीले बताइन् ।
न्यायको लागि आज जिल्ला अदालतमा सो सहकारीविरुद्ध मुद्दा हाल्न पुगी युगेश्वरीको वृतान्त सुनेर अदालतका कर्मचारीहरू पनि छक्क परेका थिए ।
किरिया बसेको छोरालाई घरमैं छाडेर दुर्गाकी पत्नी युगेश्वरी जिल्ला प्रहरी कार्यालय र अदालत धाइरहेकी छन् ।
सहकारीका सञ्चालक श्रीरामप्रसाद साह नगवामा रहेको आफ्नो घरसमेत बेचेर फरार भएका छन् । १० करोड रुपैयाँभन्दा बढी सड्ढलित बचत रकम लिएर साह फरार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, पर्सामा बचतकर्ताहरूको उजुरीको चाप लागेको छ । गत आवको प्रतिवेदन अनुसार सो सहकारीमा १४९ जना शेयरधनीको ३३ लाख ३ हजार रुपैयाँ, बचत सड्ढलन ८१ लाख ३७ हजार रुपैयाँ र ऋण लगानी १ करोड १७ लाख रुपैयाँ रहेको डिभिजन सहकारी कार्यालय पर्साले जनाएको छ । गत वर्ष सहकारीको अवस्था राम्रै रहेको तर एकाएक बेपत्ता हुनु अनुसन्धानको विषय भएको डिभिजन प्रमुख राजु साहले बताए ।