–कुमार रुपाखेती
यही माघ १० गते काठमाडौंको पशुपतिस्थित विद्युत् शवदाह भवनको शिलान्यास नागरिक तथा उड्डयनमन्त्री आनन्द पोखरेललले गरे । श्री पोखरेल पशुपति क्षेत्र विकास समितिको सभापति समेत हुन् । विद्युत् शवदाहगृहमा दुईवटा लाश जलाउने चिम्नी भए तापनि अहिले एउटा मात्र सञ्चालित छ । एउटा लाश खरानी) बन्न ४५ मिनेटदेखि बढीमा एक घण्टा लाग्दो रहेछ । एउटा लाश जलाउने शुल्क रु ३ हजार पर्दोरहेछ । विद्युत् शवदाहगृहमा लाशको अन्तिम संस्कार गर्ने सुविधा, भस्म लिन पाइने, दागबत्ती दिन पाइने तथा अन्य अन्तिम क्रियाकर्म गर्न पाइने सुविधा छ । तर लाशमा यदि पेसमेकर छ भने पेसमेकर हटाउनुपर्ने प्रावधान रहेछ । विद्युत् शवदाह भवनमा दैनिक सरदर ७–८ वटा लाश खरानी बनाइन्छ भने अहिलेसम्म २४ घण्टामा १८ वटा लाशको सद्गत गरेको रेकर्ड रहेछ । विद्युत् शवदाह भवन सञ्चालनमा आएपछि पशुपति क्षेत्र वरपर दूषित वातावरणमा कमी आएको स्थानीयहरू बताउँछन् । विद्युत् शवदाह गृह निर्माण भई सञ्चालनमा आएपछि पशुपतिस्थित आर्यघाट, भस्मेश्वरघाटमा परम्परागत शैलीमा दाउरामा लाश जलाउने क्रम घट्दै गएको छ । विद्युत् शवदाहगृहका कर्मचारी अझै पनि सबै लाश विद्युत् शवदाहगृहमा नआउने, पचास प्रतिशत घाटमैं डढाउने गरिन्छ रे । पशुपतिमा सरदर डेढ दर्जन लाश दैनिक आउँदो रहेछ । विद्युत् शवदाहको चिम्नीमा लाश राखी सकेपछि, चिम्नीको ढोका बन्द हुने र करिब एक घण्टापछि खरानी मात्र बाहिर आउँदो रहेछ । बाँसले घोची घोची लाश जलाउनु नपर्ने, वातावरणमा प्रदूषण कम हुने, समय कम लाग्ने हुँदा विद्युत् शवदाह गर्ने चलन बढ्ने देखिन्छ ।
नागरिकता पाउन सजिलो मतदाता बन्न असजिलो
नेपाली नागरिकता पाउने बित्तिकै सिडिओ कार्यालय अवस्थित जिल्ला निर्वाचन कार्यालयले फोटोसहितको मतदाता परिचयपत्र बनाउन फोटो खिच्ने व्यवस्था गरेको धेरै भइसक्यो ।
प्रत्येक सिडिओ कार्यालयमा मतदाता बन्न पाउने फोटो खिच्ने कर्मचारी नै राखिएका छन् । यसबारे कतिलाई त जानकारी नै छैन र जानकारी हुनेहरूले समेत फोटो खिची मतदाता बन्न हम्मेहम्मे नै पर्छ । अधिकांश सिडिओ कार्यालयमा कहिले कम्प्युटर बिग्रिएको हुन्छ र कहिले फोटो खिच्ने मान्छे नै हुँदैन र कतैकतै विद्युत् आपूर्ति नभएको बहाना बनाइन्छ । सरकार र निर्वाचन आयोगले करोडौं खर्च गर्दा पनि सिडिओ कार्यालयमा मतदाता फोटो खिच्ने निर्वाध व्यवस्था मिलाउन नसक्दा मान्छेहरू भन्छन्– नेपालमा नागरिकता पाउन सजिलो छ तर मतदाता बन्न गार्हो छ । यस्तो दृश्य पर्सा जिल्ला सिडिओ कार्यालयमा समेत सहजै देख्न सकिन्छ ।
स्थानीय निर्वाचनको छनक
सरकारले छिट्टै स्थानीय निर्वाचन गर्ने छनक दिएपछि जिल्ला, नगर र गाउँहरूमा राजनैतिक सरगर्मी र चहलपहल बढ्न थालेको छ । राजनैतिक दल मात्र नभई आम जनतामा समेत स्थानीय निर्वाचनको बुखार चढेको देखिन्छ । कतिपय राजनैतिक दलका कार्यकर्ताहरू आआफ्ना क्षेत्रका समस्या, जनताका समस्या लिएर सम्बन्धित सरकारी कार्यालयहरूमा दौडधूप गर्न थालेका छन्, जसले गर्दा आम जनताको काम छिटोछरितो हुन थालेको छ तथा बन्द, हडतालको बहानामा हाइसन्चो मानेर हात बाँधेर तलब खान पल्केका कर्मचारीमा समेत काम गर्ने जाँगर पलाउन थालेको बुझिन्छ ।
बन्द हडतालको तलतल
६ महिना लामो हडताल खेप्दासमेत केहीमा अझै बन्द हडतालको धङधङी र तलतल समाप्त भएको छैन । लामो बन्द, हडतालको प्रत्यक्ष मारमा आम जनता परेको सबैलाई थाहै छ । मधेस र मधेसीहरूको हितको नाममा गरिएको यो हडतालको शिकार अन्तत: मधेस र मधेसी नै भएको पनि सत्यतथ्य हो । त्यसमा पनि नेपालको प्रमुख प्रवेशद्वार वीरगंज लामै बन्द हुँदा वीरगंजेली र पर्सेलीको दुखडा झनै वर्णन गरि नसक्नु रह्यो । बन्द हडताल प्रभावहीन हुँदा समेत सर्वत्र सहजै पाइन थालेको ग्याँस, पेट्रोल यहाँ अझै सहज भइसकेको छैन । तर पनि बन्द हडतालको रौनकले प्रभावित भएकाहरू अझै शानले ‘होली बाद फेर आन्दोलन होई, फेर नाकाबन्दी होई’ भन्छन् । मलाई त यिनीहरू शिवरात्रिको पशुपतिको बाबाझै लाग्छन् ।
फूटबल
एकताका वीरगंज फूटबल प्रतियोगिताको निम्ति प्रख्यात थियो । त्रिभुवन स्मारक शिल्ड, महेन्द्र गोल्डकप, स्व. लक्ष्मण थापा गोल्डकप र शहीद तेजबहादुर अमात्य गोल्डकप फूटबल प्रतियोगिता यहाँ भइरहन्थ्यो । त्यतिखेर यहाँ फूटबल हेर्न नारायणगढदेखि मुजफफरपुरसम्मका फूटबल प्रेमी वीरगंज पुग्दथे । आदर्शनगर र·शाला सानो भएपछि नवनिर्मित नारायणी र·शालामा फूटबलको र·ार· प्रतियोगिता हुन्थे । भारत, भुटान, नेपालका ख्यातिप्राप्त टीमहरूले भाग लिन्थे ।
अब यहाँ फूटबल प्रतियोगिता एकादेशको कथा भइसक्यो । अब त फूटबल प्रेमीहरू फूटबलको तलतल मेटाउन सिमरा, हेटौडा र पथलैया पुग्ने गर्दछन् । अचेल सिमरा र हेटौंडामा स्तरीय फूटबल प्रतियोगिता निरन्तर भइरहन्छ । नारायणी र आदर्शनगर र·शालाको दुरवस्था सबैलाई थाहै छ । दर्शकको अनुशासनहीनता, निश्शुल्क हेर्ने प्रवृत्ति, आयोजकहरूको कमाउने धन्दा, निमन्त्रित टीमलाई राम्रो हेरचाह नदिने आदि कारणले अचेल वीरगंजमा फूटबल प्रतियोगिताको खडेरी परेको छ ।
प्रधानमन्त्री र भारत
नेपालका प्रधानमन्त्रीहरू पदको शपथ खाइसकेपछि भारतीय समकक्षीको निम्तोको पर्खाइमा रहन्छन् र पहिलो भ्रमण भारतमै्र गर्न रुचाउँछन् । यसरी भारत भ्रमण गर्दा बल्ल उनीहरू आफू नेपालको प्रधानमन्त्री भएको लालमोहर लागेको ठान्दछन् । सङ्क्षेपमा भन्ने हो भने भारतसँग हाम्रो रोटीबेटीको मात्र नभई प्रधानमन्त्रीहरूको पनि दरिलो सम्बन्ध रहेको ठान्नुपर्छ । तर आफ्नो कार्यकालमा भारत भ्रमण गर्न नपाउने भाग्यमानी भनौं कि अभागी प्रधानमन्त्रीहरू पनि छन् । प्रजापरिषद्का टड्ढप्रसाद आचार्य, एमालेका झलनाथ खनाल र काङ्ग्रेसका सुशील कोइराला यी तीन प्रधानमन्त्रीहरूले प्रधानमन्त्री पदमा रहुन्जेल भारत भ्रमणमा जान पाएनन् । भारतीय निम्तो स्विकारेर भारत भ्रमणमा जाने प्रधानमन्त्रीलाई यसो न गर्नु उसो नगर्नु भन्दै केटाकेटीलाई सरस्वती पूजामा कखरा कोर्न सिकाएभैंm अर्ति बुद्धि दिने परम्परा अझै कायम छ । अचेल केपी शर्मा ओलीलाई यस्तै शिक्षा दिएर भारत पठाइएको छ । यो सब देखेर मलाई भारत जाने प्रधानमन्त्रीहरूका मार्गदर्शनका खातिर शशुल्क कोचिङ क्लास चलाउने इच्छा जागेको छ ।