– सञ्जय साह मित्र
धरतीलाई हिन्दूहरूले माताको संज्ञा पनि दिएको पाइन्छ । धर्मले मान्ने गरेको पाँच मातामध्ये धरती अर्थात् धरणीको नाम पनि आउँछ । कतिपयले माटोको शरीर माटोमा मिल्नुलाई आमाको काखमा गएको पनि भन्दछन् । अझै पनि संसारमा कैयौं मानिस ओडारमा धरतीले बनाइदिएको घरमा नै बसेको सुनिन्छ । नेपालमैं पनि यस किसिमको अवस्था रहेको नसुनिएको होइन ।
सय पाइलो जति धरतीभित्र पस्यौं । एक/एक पाइलो सिंढीलाई नाप्दै धरतीको गर्भभित्र पस्दै गर्दा उत्साह र उत्सुकताले मनहरू भरिएका थिए । चौवन्न थान मनहरू एक साथ चमेरे गुफाभित्र पस्दै गर्दा कोलाहलले झन् उत्सुकताको बैलुनलाई फुलाइरहेको थियो । गर्भभित्रको आकाशभरि चमेराहरू आकाशमा खुट्टा टेकिरहेका थिए । अघि टिकट किनेर भित्र छिर्ने बेलामा हरेक दुई जोडा आगन्तुकलाई अँध्यारोमा बाटो देखाउन सजिलो पार्न दिइएको साझा टर्चलाइटको शक्तिले चमेराहरूले उँधोमुन्डो लाएको आकाशलाई राम्ररी देखाउन असफल भइरहेको थिएन । हरेकको हातमा रहेको मोबाइलको उज्यालोले त झन् असमर्थता प्रकट गरिरहेको थियो । तर दर्जनौं मोबाइलका आँखा र टर्चलाइटको प्रकाशले संयुक्त सहकार्य गर्दा भने चमेराका केही अनुहारहरूलाई भने स्पष्टै नियाल्न सकियो ।
भित्रै ठूलो ढुङ्गामा चढ्न पनि मुस्किल परिरहेको थियो । अधिकांश त छेउको बाटो भएरै निस्कन्छन् तर मलाई भने बाँदर उफ्राइ गर्ने रहरले कुत्कत्याउँछ । फराकिलो फाँटमा उफ्रेजस्तै उफ्रँदा खुट्टा मर्कियो कि भन्ने आशङ्काले अनुहारलाई अँध्यारो गुफाभित्र कसैले नदेख्ने गरी अँध्यारो बनाउँछ । बाहिरी कोलाहलले मनको हल्ला र अनुहारको आतङ्कित आवाजलाई कसैले सुन्ने कुरै भएन । अँध्यारोमा डेढ दर्जनको सङ्ख्यामा रहेका छात्रालाई हेर्न पनि कठिन काम थियो, तीन दर्जन युवावयका छात्रहरूको लीलाको दर्शन अँध्यारोमा पनि कम हुँदैन ।
अँध्यारोभित्रको अलि फराकिलो आकाश थोरै अगाडि बढेपछि साँघुरिंदै जान्छ । आकाशभरि देखिएका चमेराहरू पनि कम हुँदै जान्छन् । साँघुरिएको आकाशसँगै पाइलोले टेक्नुपर्ने धरतीको सतह उठ्दै जान्छ । अँध्यारोमा उक्लिंदो कठिन गोरेटोले दाहिनेतिर मोड ल्याउँछ । केही केटाहरू उक्लिंदै नदेखिने ठाउँसम्म पुगिसकेका छन् । एकैछिनमा सडक जाम भएजस्तो हुन्छ । हल्ला बढ्दै जान्छ । जिम्मेवारी भएपछि निर्वाह त गर्नै पर्यो । अरूलाई अलिअलि छेउछाउतिर पार्दै अगाडि बढ्न मुस्किलले सकिए पनि बाध्यताको निर्वाह गरिन्छ ।
एउटा मानिस मुस्किलले उक्लेर चढ्न सक्ने तथा त्यो पनि कठिन उकालोमा उल्टो पर्दै घस्रेर अगाडि बढ्नुपर्ने गुफाको निकासको वास्तविकता नबुझेकाहरूले हल्ला गर्नु स्वाभाविक हो । केही जाँगरिला केटाहरू भने माथिबाट केही सरहरूलाई पनि ननिस्कन सल्लाह दिइरहेका छन् । केटीहरू त झन् सक्दै सक्दैनन् भन्दै ‘च्यालेन्ज’ पनि गरिरहेका छन् । आजकालका बी नकटेका युवायुवतीलाई च्यालेन्ज सहन त्यत्ति सजिलो छैन । एघार र बाह्र पढ्दै गरेका छात्राहरू पोखराको चमेरे गुफाभित्र गत २०७२ माघ २३ गते शनिवारको बिहानको जाडोमा तातेर चर्का कुरा गर्न बाँकी राख्दैनन् । एक दुईजनालाई त्यो अप्ठ्यारो नदेखाएसम्म तिनीहरूको मनलाई शान्ति मिलेको थिएन । केही शिक्षकहरूसमेतले हिम्मत हारेर छात्रा तथा केही युवकलाई लिएर आएकै बाटो फर्किने निर्णय गर्दैगर्दा त्यहाँ एउटा आशङ्काले खुट्टा त्यसै गल्न थाल्छन् ।
यसैबेला भूकम्प आइदियो भने....। आफ्नै खुट्टाले आफ्नो भार थेग्न नसक्ने गरी उभिन गाह्रो भइरहेको ठाउँमा मनले अत्यास ल्याउँछ । पाँच दर्जनभन्दा बढी मानिसको उपस्थिति एकसाथ भएपछि अक्सिजन पनि किन हो किन कम भएर सास लिन अलि असजिलो भएजस्तो हुन