प्रस, वीरगंज, १५ फागुन/
ब्लड डोनर्स एसोसिएसन वीरगंज अन्तर्गतको वुमन फर ब्लड र नर्सिङ एसोसिएसन अफ नेपाल पर्साको संयुक्त आयोजनामा यही फागुन २२ गते नारी दिवसको अवसर पारेर दोस्रोपटक महिलामात्रको सहभागितामा रक्तदान कार्यक्रम हुने भएको छ । वुमन फर ब्लडले स्थानीय हिमाञ्चल केबिनमा शनिवार पत्रकार सम्मेलन गरी फागुन २२ गते नारी दिवसको अवसर पारेर रक्तदान गर्न लागेको संयोजक मायामितु न्यौपानेले जानकारी गराइन् । उनले देशमैं महिलामात्रको सहभागितामा गरिएका रक्तदान कार्यक्रमहरूमा २०७२ जेठ ३० गते वीरगंजमा पहिलोपटक भएको रक्तदान कार्यक्रम सर्वाेत्कृष्ट भएकोले नारी दिवसको अवसरमा पुन: रक्तदान गर्न लागेको बताइन् ।
रक्त सञ्चार केन्द्र वीरगंजका प्रमुख प्रवीण मानन्धरले रगतको माग महिलाहरूमा बढी हुने भएको तर रक्तदानमा उनीहरूको सहभागिता एकदमै न्यून रहेकाले रक्तदानमा महिलाहरूको सहभागिता वृहत् पार्ने अभिप्रायले महिलामात्रको सहभागितामा रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको बताए । उनले ग्रामीण क्षेत्रका महिलाहरूमा रक्तादान गर्नुपर्छ भन्ने चेतना जागृत गराउन नसकिएकोले त्यस क्षेत्रका महिलाहरूलाई रक्तदान कार्यक्रममा सहभागिता गराउन सरोकारवालाहरूसँग आग्रह गरे ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जाराले रक्तदान कार्यक्रमलाई प्राथमिकताका साथ प्रसारण र प्रकाशन गरी महिला सहभागिता बढाउने कार्यमा सक्दो सघाउ पुर्याउने प्रतिबद्धता व्यक्त गरे । गत जेठ ३० गते रक्तदान कार्यक्रममा ११३ जना महिला सहभागी थिए ।
सो सहभागिता नेपालमैं सबैभन्दा अधिक रहेको रक्त सञ्चार केन्द्र वीरगंजले जनाएको छ ।