सिकेन्द्र पासवान, कलैया, १४ फागुन/
विगत १० दिनदेखि हराइरहेका रौतहट जिल्ला सन्तपुर दोस्तिया गाविस–७ निवासी पुनदेव यादवको शुक्रवार शव फेला परेको छ ।
मनहर्वा गाविस–५ मझैलिया पिप्राटोलको खोलामा गाडिएको अवस्थामा यादवको लास फेला परेको प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले जानकारी गराए ।
मृतक यादव र भोडहा गाविस–८ निवासी कृष्ण साह तेलीकी १९ वर्षीया छोरी प्रियड्ढा साहले फेसबूकबाट प्रेम गरी विवाहसमेत गरेपछि दुवैजनाको परिवारले आपसी सहमतिमा दुवैबीच छोडपत्र गराएको प्रहरी उपरीक्षक उप्रेतीले बताए ।
फागुन ४ गते प्रियड्ढाले फोन गरी मृतक यादवलाई भोडहा भेट्न बोलाएकी थिइन् । त्यही दिनदेखि भाइको अवस्था अज्ञात रहेको मृतकका दाजु हितलाल यादवले फागुन १३ गते कलैयामा पत्रकार सम्मेलन गरी जानकारी गराएका थिए ।
भोलिपल्ट १४ गते काकाको लास फेला परेकोले निकै शड्ढा उब्जाएको मृतकका भतिजा मदन यादवले बताए ।
यता प्रियड्ढाका बुबा, दाइ, भाइ, आमालगायत सबैजना घरमा ताला लगाइ फरार रहेका प्रहरीले जानकारी गराएको छ । उनीहरूको खोजतलास भइरहेको प्रउ उप्रेतीले बताए । लासको परीक्षण भएपछि तथ्य कुरा बाहिर आउने प्रउ उप्रेतीले बताउँदै अनुसन्धान भइरहेको बताए ।