अनन्तकुमार लाल दास
केटाकेटीहरूको पहिलो शिक्षिका उसकी आमा हुन्छे । जन्मिनासाथ आमाको काँखको गर्मीले उसलाई सुरक्षा अनुभूति दिइरहेको हुन्छ । शिशुमा आत्मविश्वासको पहिलो बीउ त्यहींबाट प्रस्फुटित हुन्छ । जसरी आमाको दूधले केटाकेटीहरूको विभिन्न बिमारीबाट रक्षा गर्छ, त्यसैगरी आमाको सानिंध्य र मायालु व्यवहारले केटाकेटीहरूको मन र मस्तिष्कलाई बलियो बनाउँछ । यसरी केटाकेटीहरू मानसिक र भावनात्मक रूपले बलियो र सक्षम बन्छन् । आमाले सन्तानलाई बाल्यकालमा गरेको स्नेह र शिक्षाको जग नै उसको भविष्यको भवन बलियो अर्थात् उसको भावनात्मक र संवेदनात्मक व्यवहारलाई निर्धारित गर्छ र उसलाई जीवन–सङ्घर्षमा जुध्ने शक्ति प्रदान गर्छ । यस कारण एउटी महिला शिक्षित हुनु भनेको उसको आफ्नो भविष्य र कैरियरको लागि मात्र आवश्यक नभई उसको सन्तानको भविष्यको लागि पनि त्यतिकै आवश्यक हुन्छ ।
नेपालमा केटाकेटीहरूलाई हुर्काउने सम्बन्धमा धेरै मिथक र विरोधाभास छ । केटाकेटीहरूको कलिलो मस्तिष्कमा धेरै शैक्षणिक विषय वा जानकारी बोकाइन्छ भने किशोरावस्थासम्म केटाकेटी नै बुझ्ने गरिन्छ । के केटाकेटीहरूमा समझ यस उमेरमा मात्र आउँछ ? बाल मनोविज्ञानले के भन्छ भने मानिसको मस्तिष्क जन्मदेखि पाँच वर्षको उमेरसम्म पूर्णतया परिपक्व र गतिशील भइसक्छ । पाँच वर्षपछि उमेर बढ्दै जाँदा उसको वातावरण, शिक्षा, परिवारमा हुने पालनपोषण आदिले उसको व्यक्तित्व निर्माण गर्छ । यहाँ ध्यान दिनुपर्ने कुरो के हो भने केटाकेटी जन्मिनासाथ आफ्नो आमालाई चिन्न थाल्छ । उसलाई के पनि थाहा हुन्छ भने रोएपछि दूध पाइन्छ । अलिकति ठूलो भएपछि उसले घरका कुन सदस्यसँग कसरी व्यवहार गर्ने भन्ने कुरा राम्ररी बुझिसक्छ ।
आमासँग खाना माग्नु, बुवासँग बाहिर घुमाउन लग्ने हठ गर्नु, आफ्नो दाजुभाइ, दिदीबहिनी र साथीहरूसँग खेल्न खोज्नु आदि कुरा जान्न र बुझ्न थाल्छ । सामान्य केटाकेटी बढी तेज हुन्छन् । कहाँ रुनुपर्छ, कहाँ हाँस्नुपर्छ, कोसँग के माग्नुपर्छ, कहाँ हठ गर्नुपर्छ, कहाँ चकचक गर्नुपर्छ, यी सबै कुरा केटाकेटीहरूलाई स्वाभाविक रूपले थाहा हुन्छ तर आमाबुवाले उसको यस बूद्धिमत्तापूर्ण व्यवहारलाई सामान्य ठान्छन् । उनीहरू यस बालमनोविज्ञानबारे अनभिज्ञ भएर यसको वास्ता गर्दैनन् ।
रेखदेख र पालन–पोषणसँगै केटाकेटीहरूको गतिविधिहरू र सोचलाई स्वतन्त्र छोडिदिनुपर्छ । प्राय: आमाबुवा उनीहरूलाई निर्देश वा आज्ञा दिइरहेका भेटिन्छन् । जस्तै फलानो आन्टीको सामु नाचेर देखाऊ, त्यहाँ नजाऊ, यस्तो नगर, अब खेल्न जाऊ, अब पढ्न बस आदि । यदि केटाकेटीहरूले आमाबुवाको निर्देशन मान्न अस्वीकार गर्छन् हप्काइ खान्छन् । यहाँ ध्यान दिने कुरा के हो भने केटाकेटीहरूको निर्णय लिने क्षमतालाई प्रोत्साहित गर्नु उनीहरूको भविष्यका लागि श्रेयस्कर हुन्छ । यो पनि सही हो कि केटाकेटीहरूले यदि गलत गर्न खोज्छन् भने सल्लाह दिनु आवश्यक हुन्छ तर अनुशासन वा तौरतरिक सिकाउने आडमा हरेक आदेशको पालना गर्न बाध्य पार्नु वा उनीहरूको इच्छाविरुद्ध आज्ञा पालन गराउनु उचित हुँदैन । जुन केटाकेटीलाई बाल्यावस्थामा जति कठोर अनुशासनमा राखिन्छ र कठपुतलीजस्तै, दिएको निर्देशन पालन गर्न लगाइन्छ ती केटाकेटी ठूलो भएपछि जिद्दी, डरपोक र कुण्ठित स्वभावका हुन्छन् ।
शैशव अवरुद्ध अर्थात् ‘रोबोट’मा परिवर्तन गर्ने बजारवादी सोचको जाल त्यसै पनि सबै ठाउँमा विकसित भइरहेको छ जसले त्यस उमेरमा प्राप्त हुने सुविधा वा मनोरञ्जनको मशीनीकरण गरिदिएको छ । यसको सबैभन्दा बढी उत्पादक वा उत्प्रेरक टेलिभिजन, इन्टरनेट, भिडियो गेम्स र कार्टून फिल्म आदि हुन् । यसले शिशुको गतिविधि र कल्पनाको बाटो अवरुद्ध पार्ने काम गर्दछ भने कहींं न कहीं उनीहरूभित्र हीन–भावना भर्ने काम गरिरहेको हुन्छ । हुनत यी आधुनिक संयन्त्रको उपयोगले केटाकेटीहरूको विकास र सोचमा परिवर्तन हुन्छ भन्ने कुरो गलत होइन तर अपेक्षाकृत उनीहरू बढी नै गुमाउँछन् जसमा समय, ऊर्जा र शारीरिक गतिशीलता प्रमुख छ । यस कारण आधुनिक उपकरणको प्रयोगमा एउटा सीमा, उपयोगिता वा सन्तुलन निर्वाह गर्नु आमाबुवाको प्राथमिकता हुनुपर्छ । केटाकेटीहरूलाई आत्मनिर्भर बनाउनु उनीहरूको उज्ज्वल भविष्यको पहिलो खुड्किलो हो । ‘स्पून फिडि·’ले केटाकेटीहरूको स्वनभाविक विकास अवरुद्ध पार्छ ।
बढिरहेको विषय र भारी बन्दै गएको झोला हेर्दा यसको सम्पूर्ण दोष वर्तमान शिक्षा प्रणालीलाई दिन्छौं तर केटाकेटीहरूमाथि अन्याय उनीहरूको घरबाट नै शुरु हुन्छ । यसमा हामीले कहिल्यै पनि ध्यान दिएका छैनौं । केटाकेटीहरू पहिलो कक्षादेखि क्याम्पस पुगुन्जेल कुन–कुन विषयमा रुचि लिइरहेका छ, त्यसमा ध्यान नदिएर प्राय: आमाबुवा अन्य महत्त्वपूर्ण विषयमा ध्यान दिन दबाब दिन्छन् । आजभोलि पढाइ अर्थात् विज्ञान, गणित, अङ्ग्रेजी जस्ता विषय नै केटाकेटीहरूको इंटेलिजेन्सीको मापदण्ड बनाइएको छ । यदि केटाकेटीहरू यी विषयमा अगाडि छैनन भने आमाबुवा चिन्तित हुन्छन् र शुरु हुन्छ, उनीहरूलाई ‘येन–केन– प्रकारेण’ इन्जिनियर, डाक्टरजस्ता ‘लोकप्रिय’ डिग्री दिलाउने प्रयत्न । यसको लागि केटाकेटीहरूलाई दिक्कलाग्दो कोचि· जान बाध्य पारिन्छ । उनीहरूलाई रातदिन पढाइ गर्न प्रेरित गरिन्छ । उनीहरूको आँखामा भविष्यको सपना सजाइन्छ । उसको सबै स्वाभाविक सोख र कल्पना–शक्तिको आहुति दिइन्छ । यहाँ ध्यान दिनुपर्ने कुरो के हो भने जुन विषयमा उनीहरूको रुचि छैन त्यही विषय पढ्न दबाब दिइन्छ । त्यसपछि बच्चाले केही खाँदैन र उदास रहन्छ भन्ने गनासो पनि सुनिन्छ ।
बचपन, जुन जिन्दगीको सबैभन्दा सुनौलो र चिन्तामुक्त दिन हुन्छ, त्यसलाई नै उनीहरूसँग खोस्नु अन्याय होइन भने के हो ? आजभोलि एउटा नयाँ ट्रेन्ड चलेको छ । कक्षा दस र त्यसपछि कोचि· गर्न अन्यत्र पठाउने । यसमा पनि आमाबुवाको महत्त्वाकाङ्क्षा सर्वोपरि हुन्छ । पढाइमा अत्यन्त साधारण केटाकेटीलाई पनि डाक्टर, इन्जिनियर बनेको हेर्ने सपना बोकेका आमाबुवाले उनीहरूको वर्तमानलाई कति कुण्ठित गरिदिएका छन् त्यो त्यसबेला थाहा हुन्छ जब उनीहरूको चाहना अवसादमा परिणत हुन्छ । यस कुराबाट आमाबुवा अनभिज्ञ नै हुन्छन् । नेपाल बाहिर ससाना शहरमा च्याउझैं उम्रेका नक्कली इन्जिनियरि· कालेजको गोलचक्करमा आखिर यिनै महत्त्वाकाङ्क्षी आमाबुवाका सन्तान फस्ने गर्छन् । वर्तमानको शिक्षा प्रणाली र शिक्षित हुनुको लक्ष्य जागिरको सम्भावनासँग जोडिएको छ । जसको मूल्य केटाकेटीहरूले आफ्नो बचपनलाई गुमाएर चुकाउँछन् । नक्कली विद्यालयहरू ठूलो डोनेशन लिएर अयोग्यलाई डिग्री बाँड्ने काम गर्छन् र प्रतिभाशाली विद्यार्थी यसमा पछि पर्छन् । यसको दोषी को ? शिक्षा प्रणाली वा ठल्ठूला विद्यालयहरू जो डोनेशन लिएर डिग्री बाँड्ने काम गर्छन् ? यस्तो डिग्री प्राप्त गरेर बज विद्यार्थी बेरोजगार हुन्छ, कसको गल्तीले ?
आज हामी फास्ट–ट्रैक युगमा छौं । हरेक व्यक्ति जुन कुरो पनि–पद, प्रतिष्ठा वा शिक्षा छिटो–छरितो र सजिलै प्राप्त गर्न चाहन्छ । प्रतिस्पर्धाको अन्धदौड यहींबाट प्रारम्भ हुन्छ । प्रविधि र औद्योगिक विस्फोटले यस आगोमा घ्यू थप्ने काम गरेको छ । मानिसको आचार–विचार, भाषा, विकास, सोच आदि समय सापेक्ष हुन्छ । निस्सन्देह आज विकासको दृष्टिले हामी आर्थिक, सामाजिक, शैक्षिक रूपले बलिया छौं तर ‘आधुनिकता’ले केटाकेटीहरूसँग उनीहरूको प्राकृतिक बाल्यकाल खेसेको छ ।
स्वस्थ प्रतिस्पर्धाले जहाँ केटाकेटीहरूको विकास हुन्छ त्यहीं आमाबुवाको अति महत्त्वाकाङ्क्षाजन्य प्रतिस्पर्धाले केटाकेटीहरूको मन–मस्तिष्क कुण्ठित बनाउँछ । आज प्रतिस्पर्धा बजारको प्रमुख घटक हो । प्रतिस्पर्धाले राम्रो उत्पाद, यसका लागि त्यसभन्दा राम्रो विज्ञापन, राम्रो गुणस्तर आदि बजारको चङ्गुलमा पँmसेको छ, मानिस पनि यसै माहौलमा बाँचिरहेको छ, बजारको यसै मानसिकता र मनोविज्ञानको संवाहक बनेको छ । बजार यस्तो जादू हो जसले बाहिर सङ्क्रमित हुनुपूर्व नै मानिसको मस्तिष्कलाई आफ्नो वशमा पार्छ । सञ्चारको विस्तार हुनुपूर्व यो स्थिति थिएन । विज्ञापन जगत् उपभोक्ताको यसै कमजोरीबाट लाभान्वित भइरहेको छ । परिवर्तन समयसापेक्ष हुने हुँदा यसमा कुनै सन्देह पनि छैन । आज कुनै पनि यस्तो क्षेत्र छैन, जहाँ प्रतिस्पर्धा छैन । यस कारण आज अभिभावकको अगाडि एउटै उपाय के छ भने कसरी यस स्थितिलाई आफ्नो अनुकूल बनाउने ?
केटाकेटीहरूको पालन–पोषण आमाबुवाहरूले अनावश्यक प्रतिस्पर्धाबाट टाढा राखेर, बिनाप्रलोभन, सामान्य र स्वाभाविक तरिकाले गर्नुपर्छ । आमाबुवाले के सोच्नुपर्छ भने हरेक केटाकेटी समानरूपले प्रतिभाशाली हुँदैन । हरेक केटाकेटीमा बेग्लाबेग्लै गुण हुन्छ । तिनमा उपस्थित गुण र रुचिलाई ध्यानमा राखेर प्रोत्साहित गर्नुपर्छ । राम्रो खाना, उच्च रहनसहन, महँगो स्कूलले केटाकेटीलाई खुशी प्रदान गर्दैन यदि ती उसको रुचिविपरीत छ भने । पढाइमा उत्कृष्ट नहुनु वा राम्रो अड्ढ हासिल नगर्नु केटाकेटीको अयोग्यताको परिचायक होइन । यसर्थ प्रतिस्पर्धालाई प्रेरणाको रूपमा ग्रहण गर्नुपर्छ, चुनौतीको रूपमा होइन ।