बालगोपाल थापा
२०७२ साल पौष १५ गते दिनको करिब ३:०० बजेतिर आफ्नै निवासमा माडसाब कृष्णमान जोशीको भौतिक शरीरले यस पृथ्वीबाट बिदा लियो । लामो समयदेखि नेपाल कम्युनिस्ट आन्दोलनलाई सुरक्षा, सहयोग, संरक्षण, प्रचारप्रसार गर्दै आउनुभएका माड्साब विगत केही वर्षदेखि उच्च रक्तचाप र पार्किन्सन (हातखुट्टा काँप्ने) रोगबाट पीडित हुनुहुन्थ्यो । माड्साबको जन्म वि.सं. १९९४ वैशाख २१ गते ललितपुर जिल्लाको पाटनमा भएको थियो । आफ्नो जन्म दिने माता पिताबारे संवेदनशील भई भन्नुहुन्थ्यो– “बाल्यकालमा आफ्नो घर र मातापितालाई छोडें, त्यतातिरको कुनै सम्झना नै आउँदैन । बाल्यकालमा नै विरक्तिएर घरबार छोडी वीरगंज आएपछि जसले मलाई शरण दिई पालनपोषण गरी जीवन दिए तिनै कर्मदाता शेरबहादुर जोशीलाई आफ्नो पिता र वहाँ कि धर्मपत्नी माया देवीलाई आमा मान्नुहुन्थ्यो । यहाँसम्म कि नागरिकतामा पिताको नामको ठाउँमा शेरबहादुर जोशी नै लेखाउनुभएको छ । घरेलु प्रतिकूलताले गर्दा वि.सं. २००४ मा वहाँ वीरगंज बसाइँ सरिआउनु भएको सम्झिनुहुन्थ्यो । यस हिसाबले करिब १० वर्षको उमेरमैं वीरगंज आई कुम्हाल टोलमा स्थायी बसोवास गरी जीवनको अन्तिम क्षण पनि यहीं बिताउनुभयो ।
आईएसम्म शिक्षा हासिल गर्नुभएको माड्साबकी पहिलो पत्नी इन्दिरा जोशीको दीर्घ रोगका कारण अल्पायुमैं मृत्यु भयो । वहाँको कोखबाट छोरा सुरेश जोशी र छोरी सुनीता जोशी दुवै विवाहित जीवन व्यतीत गर्दैछन् । पारिवारिक बाध्यताको कारण माड्साबले दोस्रो विवाह गर्नुभयो । दोस्रो पत्नीबाट पनि दुई छोरी श्वेता जोशी, सेतु जोशी र एक छोरा सुबोध जोशी छन् । जेठो छोरा सुरेश जोशी पिताले सञ्चालन गरेको व्यवसाय पत्रिका पसल सञ्चालन गरी आफ्नो जीवन धानी रहेका छन् । माड्साबकी पहिलो पत्नी स्व. इन्दिरा जोशी वाम विचारसँग आबद्ध थिइन् । त्यसैले तत्कालीन पञ्चायती व्यवस्थामा वाम विचारलाई प्रतिनिधित्व गर्ने वीरगंजमा सञ्चालित ‘नवयुवक पुस्तकालय’ बाट प्रकाशित हुने ‘हिमाली आवाज’ नामक सामयिक स·ालोमा वहाँका जनपक्षीय रचनाहरू प्रकाशित हुने गर्दथ्यो ।
पर्सा जिल्लाको वाम आन्दोलनको वृत्तमा माड्साब चर्चित नाम हो । वाम आन्दोलनका पुराना पिंढीले कृष्णमान जोशीलाई माड्साब नै भनेर चिन्छन् । वहाँ केही वर्ष वीरगंजको त्रिजुद्ध हाइस्कूल बिर्तामा नेपाली विषयको शिक्षण कार्य गर्नुभएको सम्झना कुमार शर्मा गर्नुहुन्छ । शिक्षण कार्यको अतिरिक्त नेपाल राष्ट्र बैंक र भाजुरत्न इन्जिनियरिंग प्रा.लि. मा पनि कर्मचारीको हैसियतले वहाँले काम गर्नुभएको यथार्थ वहाँ नजिकका मित्रहरू बताउँछन् । मैले केही समय पूर्व वहाँको राजनितिक पृष्ठभूमि, राजनीतिक विचार र भूमिकबवारे जिज्ञासा राख्ने क्रममा माड्साबले बताउनुभयो–“म वीरगंज आएपछि वि.सं. २०१३ सालमा रेल्वे स्टेशनमा प्रगतिशील पुस्तकहरू सहितको पत्रपत्रिका पसल खोलें र प्रगतिशील पुस्तकहरूद्धारा नै वीरगंजमा कम्युनिस्ट विचार प्रचारप्रसार गरें । कठिन परिस्थितिमा त्यतिबेला प्रगतिशील पुस्तकहरूको भण्डारण गर्नु, बेचबिखन गर्नु कम जोखिमको कुरा थिएन । वहाँको उक्त पत्रिका पसल त्यतिबेला कम्युनिस्ट आन्दोलनको प्रचारको केन्द्र थियो । नेपाल कम्युनिस्ट आन्दोलनका स्थापित नेताहरू लगायत वीरगंजका वाम युवा तथा अन्य वाम व्यक्तिहरूको पनि सम्पर्क केन्द्र थियो ।
वीरगंजको कम्युनिस्ट आन्दोलनको वृत्तमा चर्चित व्यक्तित्व भए तापनि वहाँ कहिल्यै खुल्नुभएन र खुला राजनीति पनि गर्नुभएन । बहुदल आएपछि २०४७ पछिको खुला राजनीतिमा पनि वहाँ खुल्नुभएन । त्योभन्दा पूर्व पञ्चायती कालमा राजनीतिक दल प्रतिबन्धित भएको बेला भने वीरगंजभित्र क्रियाशील विभिन्न वाम राजनीतिक समूहसँग वहाँको उठबस, छलफल गोप्यरूपमा हुने गर्दथ्यो । साथै कम्युनिस्ट विचारलाई सुरक्षा गर्ने, प्रचार गर्ने र कहिलेकाहीं आफ्नो आलोचना, सुझाव र टिप्पणी दिने काम गर्नुहुन्थ्यो । विजयबहादुर सिलवाल वहाँलाई सम्झँदै भन्नुहुन्छ– माडसाब एक असल र इमानदार कम्युनिस्ट हुनुहुन्थ्यो । वीरगंजको कम्युनिस्ट आन्दोलनमा वहाँको योगदानलाई सम्मान गर्नुपर्दछ । त्यति बेला वीरगंजमा थुप्रै सानासाना कम्युनिस्ट समूहहरू छरिएर काम गर्दथे । गोपाल गोतामे, कृष्णमान जोशी, जीवननारायण श्रेष्ठ, दिनानाथ शर्मा, महेन्द्र अमात्य र विजयबहादुर सिलवालको एउटा संयुक्त समूह थियो । यो समूहभित्र फरकफरक वाम विचारका व्यक्तिहरू थिए । त्यो समूहमा चौमबाट कृष्णमान माडसाब र तत्कालीन नेकपा मालेबाट म (विजय बहादुर सिलवाल) प्रतिनिधित्व गर्दथ्यौं । त्यो समूहले ठा.रा.ब. क्याम्पसको स्ववियु निर्वाचनमा उम्मेदवारको सवाललाई लिएर होस् वा अन्य कुनै समस्या लिएर हामीबीच छलफल हुने गर्दथ्यो र महत्त्वपूर्ण निर्णयहरू लिने गर्दथ्यौं । माड्साब सार्है सरल र सहयोगी हुनुहुन्थ्यो ।” नेकपा एमालेका संस्थापक एवं पोलिटब्युरो सदस्य मुकुन्द न्यौपानेले आफ्नो भूमिगत जीवनको क्रममा तत्कालीन नेकपा मालेको लाइन प्रचार गर्ने सन्दर्भमा पर्सा आउन लाग्दा कम्युनिस्ट सम्पर्कको माध्यम दुईजनालाई पाउनुभएको थियो । पहिलो शिक्षक प्रमोद अधिकारी (माईस्थान विद्यापीठ) र दोस्रो कृष्णमान जोशी । मुकुन्द न्यौपानेले भूमिगत कालखण्डको केही दिन माड्साबको घर पछाडि खपडाको एउटा घर, जहाँ पुस्तकको भण्डार थियो क्जभतिभच (शरण) लिई बस्नुभएको थियो । माड्साबले क्जभतिभच र सुरक्षा दिनुभयो तर सम्पर्क बढाउनुभएन । भन्नुको अर्थ वहा त्यति बेला नेकपा मालेको विचार बोक्न तयार हुनुभएन । आफ्नो सुरक्षित बसाइँको सन्दर्भमा मुकुन्द न्यौपाने भन्नुहुन्छ–“राजनीतिक रूपमा माड्साबभन्दा वहाँकी पत्नी इन्दिरा जोशी ज्यादै सचेत र क्जबचउ हुनुहुन्थ्यो तर स्वास्थ्को कारण लाचार हुनुहुन्थ्यो ।”
वीरगंजको कम्युनिस्ट आन्दोलनमा चर्चित तर आफूलाई नखुलाएको अर्को अर्थमा भूमिगत पाराकै जीवनशैली अनुपालन गरेका माड्साबसँग केही समय पुर्व मैले भेटी कुरा गरें र पर्साको कम्युनिस्ट आन्दोलनबारे पुन: चासो बिसाएँ । माड्साब भन्नुहुन्थ्यो– “म नेपाल कम्युनिस्ट आन्दोलनसँग आबद्ध व्यक्ति हुँ । सुशीलचन्द्र अमात्यबाट प्रभावित भई कम्युनिस्ट आन्दोलनमा लागें । म र सान्दाई (श्यामकृष्ण ताम्रकार) दुवैले तुलसीलाल अमात्यको हातबाट नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थियौं । त्यतिबेला सान्दाई (श्यामकृष्ण ताम्रकार) भारतको रक्सौलमा बस्ने गर्नुहुन्थ्यो । दोस्रो महाधिवेशन पूर्वसम्म तुलसीलाल अमात्य, भरतमोहन अधिकारी, भरतराज जोशी, पुण्यप्रताप राणा, निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य र निर्मल लामा (माइला बा) सँग सम्बन्ध र सम्पर्क रहेको सम्झना गर्नुभएको थियो । म नेपाल कम्युनिस्ट पार्टीको चौथो महाधिवेशनमा सहभागी भएको थिएँ र कम्युनिस्ट आन्दोलनको दरभंगा प्लेनममा पनि सहभागी भएको थिएँ । तर चौथो महाधिवेशनमा कम्युनिस्ट आन्दोलनमा विवाद भई दुई भाग देखा पर्यो । एउटा धारको नेतृत्व मोहन विक्रम सिंहले लिए भने अर्को धारको नेतृत्व निर्मल लामाले लिए । त्यति बेला म भने मोहन विक्रम सिंहको धारमा लागें । वीरगंजमा चौथो महाधिवेशनपछि नेकपा (मसाल) मोहन विक्रम सिंह धारको पहिलो कमिटी पनि बनेको थियो र त्यस कमिटीमा कौशल पाण्डे, गोपाल गिरी, गणेश (गौर) र हरि अधिकारीहरू स·ठित थिए । वहाँ भन्नुहुन्छ मेरो पहिलो पार्टी सम्पर्कको व्यक्ति तुलसीलाल अमात्य र भरतमोहन अधिकारी हुनुहुन्थ्यो । यस अतिरिक्त भारतको नक्सलवादी आन्दोलनका भुमिगत नेता सत्यनारायणसँग पनि सम्पर्क रहेको बताउनुभएको थियो । साथै भारतकै कम्युनिष्ट आन्दोलनका चर्चित नेता कानन सन्याल, असीम चटर्जी र दरभंगाको कपिलदेव सिंहसँग पनि सम्पर्क थियो । कम्युनिस्ट आन्दोलनको पक्षधर भएकोले नै तत्कालीन शासकहरूले वहाँको पत्रिका पसल र घरमा पटकपटक छापा मारी वहाँलाई दु:ख दिनुको साथै ५–६ पटक हिरासतमा राख्ने काम गरे । वहाँको भनाइमा हिरासतको कुल समयलाई जोड्ने हो भने करिब दुई वर्ष जति जेल जीवन बिताउनुभएको थियो । बिर्सनै नसकिने घटनाबारे जानकारी माग्दा भन्नुभयो –“झापा आन्दोलनका नेता मुकुन्द न्यौपाने मेरो निवासमा अचानक आइपुगेको र वहाँको जीवनको सुरक्षाको लागि ज्यादै संवेदनशील भएको घटना र २०३५–०३६ सालको विद्यार्थी आन्दोलनमा नेकपा मसाल पार्टीका प्रतिनिधि नेता कमरेड भैरव रेग्मी ठाराब क्याम्पसमा प्राध्यापकको रूपमा आउनु भएको र वहाँसँग सम्पर्क गरी विद्यार्थी आन्दोलनलाई अगाडि बढाएको घटना बिर्सनै नसकिने छ ।” माड्साबलाई सम्झँदै भैरवराज रेग्मी भन्नुहुन्छ–“पार्टीको निर्देशन अनुसार वीरगंजमा कृष्णमान जोशीसँग सम्पर्क गरेर पार्टीको काम थालें । तर वहाँ हाम्रो पार्टीमा हुनुहुन्थेन । तर वीरगंजका सबै कम्युनिस्ट पार्टीहरूको वहाँ केन्द्र हुनुहुन्थ्यो । वहाँ व्यक्तिगत रूपमा झापालीहरूको नजिक हुनुहुन्थ्यो तापनि माड्साबलाई चौथो महाधिवेशनमा सामेल गराउनको लागि मैले ठूलो मेहनत गरें । वहाँको घरमा भारत तथा नेपालका भूमिगत कम्युनिस्ट नेताहरू आउनेजाने गर्दथे ।”
माड्साबको राजनीतिक जीवन बडो चाखलाग्दो छ । किनभने वहाँले कम्युनिस्ट पार्टीको सदस्यता लिने तर आफूलाई कम्युनिस्टको रूपमा सार्वजनिक गर्न नचाहने । कम्युनिस्ट पार्टीका विभिन्न नेताहरूसँग सम्पर्कमा रहने तर सा·ठनिक जीवनमा बस्न नरुचाउने । दलहरू प्रतिबन्धित भएको अवस्थामा अर्धभूमिगत राजनीतिक जीवन बिताउने माड्साब २०४६ सालपश्चात् बहुदलीय प्रजातान्त्रिक खुला राजनीतिक वातावरणमा पनि अर्धभूमिगत राजनीतिक जीवन नै व्यतीत गर्नुभयो । वहाँ जुन राजनीतिक दलसँग आबद्ध हनुहुन्थ्यो, त्यस दलको नेता महासचिव मोहन विक्रम सिंह अझै पनि अर्धभूमिगत नै रहनुभएको छ । शायद वहाँकै राजनीतिक जीवनको प्रभाव परेकोले पनि हुन सक्छ माड्साब बित्नु पूर्वसम्म कम्युनिस्ट आन्दोलनमा अर्धभूमिगत रहेरै योगदान दिनुभयो । तर कठिन बेलामा भने वहाँको भूमिका ज्यादै महत्त्वपूर्ण मानिन्छ । मुलुकको प्रतिकूल राजनीतिक अवस्थामा पनि प्रगतिशील पुस्तक पसल खोल्नु, कम्युनिस्ट विचारका पुस्तकहरू बिक्री वितरण गर्नु, एभपष्लन चभखष्भध, च्भम दययप, सोभियत भूमि तथा प्रगति प्रकाशनका माक्र्स तथा लेनिनका पुस्तकहरूको बिक्री वितरण गर्नुजस्ता जोखिमपूर्ण काम गर्ने व्यक्ति माड्साबलाई आज सम्झँदै वहाँको मृत्यु वरणको १३ औं पुण्यतिथिको अवसरमा मुकुन्द न्यौपाने, केदार न्यौपाने, चिरञ्जीवी आचार्य, विजय सिलवाल र म बालगोपाल थापालगायत सम्पूर्ण नेकपा एमालेको पर्सा पार्टी तथा कार्यकर्ताको तर्फबाट हार्दिक भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्न चाहन्छु ।