प्रस, वीरगंज, १५ माघ/
असोज ६ गतेदेखि मधेसवादी दलहरूले नेपाल–भारत सीमानाका रक्सौल–वीरगंज मितेरी पुलमा धर्ना दिएको कारण रक्सौलमा रोकिएका मालवाहक ट्रकमध्ये केही शुक्रवार वीरगंज छिरेका छन् ।
बिहान ८ बजेसम्म पाँचवटा ट्रक रक्सौल कस्टम क्लियरेन्स गरेर नेपाल भित्रियो भने नेपालबाट चारवटा भारतीय ट्रक वीरगंज भन्सार क्लियरेन्स गरेर रक्सौल पसेको समाचार छ ।
आज बिहान मितेरी पुलमा तीनजना धर्नाकारी मात्र बसेका र त्यसमध्ये दुईजना नित्यकर्म गर्न गएको बेला भारतबाट मालवाहक ट्रकहरू नेपाल भित्रिएका हुन् । जारी मधेस आन्दोलनको क्रममा मधेसवादी दलहरूले मितेरी पुलमा बसी नाकाबन्दी गरेपछि भारतले असुरक्षाको कारण देखाएर रक्सौल नाकाबाट कुनै पनि मालवाहक सवारीसाधनलाई वीरगंज प्रवेश गर्न दिएको थिएन ।
साढे चार महिना लामो नाकाबन्दीमा पहिलोपटक भारतले मालवाहक सवारी साधनलाई रक्सौल–वीरगंज मितेरी पुलबाट भित्रिन दिएको हो ।
यसअघि वीरगंजमा रोकिएका भारतीय मालवाहक ट्रकलाई पर्सा प्रहरीले मितेरी पुलमा धर्ना दिएका धर्नाकारीहरूलाई तितरबितर पारेर बिहानै रक्सौल पठाए पनि भारतीय पक्षले रक्सौलमा रोकिएका सवारी साधनलाई सो नाका भएर वीरगंज प्रवेश गर्न इजाजत दिएको थिएन ।
अहिले केही दिनदेखि भारतीय कस्टमले मालसामानको क्लियरेन्स दिने र मूल नाकाबाट ठेला, रिक्शा, टाँगा आदिमा सो मालसामान राखी वीरगंज प्रवेशको लागि इजाजत दिने गरेपछि नाका केही खुकुलो हुँदै आएको हो ।
नाका खुकुलो भएपनि मालवाहक सवारी साधनलाई भने भारतीय पक्षले पहिलोचोटि वीरगंज प्रवेशाज्ञा आज मात्र दिएको हो । रक्सौल भन्सारले जाँचपास गरेको ना.१ ख ९७३६, ना.१ ख ६७२५, ना.१ ख २८९४, ना.२ ख २६१५ र ना.२ ख ७३११ नम्बरका मालवाहक ट्रक वीरगंज भित्रिएको वीरगंज भन्सारका सूचना अधिकृत सुशील शर्माले बताए । उनले वीरगंजमा थन्किएका सातवटा भारतीय मालवाहक ट्रकलाई समेत रक्सौल पठाइएको जानकारी गराए । नाकाबन्दीको कारण वीरगंजमा लामो समयदेखि अलपत्र परेका एनएल ०१ डी ६८०८, एनएल ०१ डी ६८११ र एनएल ०१ डी ६८३८ नम्बरलगायतका भारतीय खाली ट्रकलाई रक्सौल पठाएको भन्सारले जनाएको छ ।
बिहान ८ बजेसम्म मितेरी पुलबाट सवारी आवागमन सुचारु भएपछि मोर्चाका नेता, कार्यकर्ताहरू मितेरी पुल पुगी पुन: नाकाबन्दीलाई निरन्तरता दिएका छन् । नाका खुलेको सूचनासँगै सयौंको सङ्ख्यामा मोर्चाका नेता, कार्यकर्ताहरू मितेरी पुल पुगेपछि सञ्चालनमा आएको नाका पुन: बन्द भएको हो ।
मितेरी पुलमा पुगेर मोर्चाका नेता, कार्यकर्ताहरूले धर्ना शुरू गरेपछि भारत, रक्सौल कस्टमका कस्टम अधिकारीहरू आएर मोर्चाका नेता, कार्यकर्ताहरूलाई बेस्मारी गाली गरेका थिए । उनीहरूले नाकाबन्दीको नाममा एक/दुई जनालाई राखेर नाटक नगर्न चेतावनी दिए । नाकाबन्दी गर्ने हो भने सङ्ख्यात्मकरूपमा उपस्थिति जनाएर निरन्तरता दिन नत्र टेन्ट गाडेर झूटा प्रदर्शन नगर्न भनी हकारेका थिए ।
कस्टम अधिकारीहरूले नाकाबन्दीमा धर्नाकारीहरूको उपस्थिति पातलिएपछि व्यवसायीहरूले आफूहरूलाई गाली गरिरहेको बताए ।