प्रस, वीरगंज, १६ माघ/
उखु किसान हकहित सङ्घर्ष समिति, पर्साले बारा र पर्सामा जिविस तथा नगरपालिकाले उखु किसानहरूसँग दुव्र्यवहार गरिरहेका गुनासो गरेका छन् । विभिन्न स्थलमा अनधिकृतरूपमा रकम असुली गरिरहेको र मागे जति रकम नदिएमा किसान तथा सवारी चालकलाई दुव्र्यवहार गर्ने गरेको सङ्घर्ष समितिका अध्यक्ष सहरूम राउत गद्दीले बताए।
रातिको समयमा उखु लिएर टयाक्टर पर्साबाट बारा जाने क्रममा जिविस पर्सा, वीउमनपा, जिविस बारा र कलैया नगरपालिकाको ढाटमा सवारीकर तथा व्यवसाय करको नाममा त्यहाँ बसेका कर्मचारीहरूले किसानहरूसँग दुव्र्यवहार गर्ने र मनपर्दो तरिकाले रकम असुली गर्ने गरेको अध्यक्ष गद्दीले आरोप लगाए।
उनले जिविस र नगरपालिकाले तोकेको दररेटभन्दा बढी रकम लिने र सो रकम दिन अस्वीकार गर्ने किसानहरूसँग दुव्र्यवहार गर्ने गरेको आरोप लगाउँदै ढाटमा बसेका ठेकेदारका कर्मचारीहरूले उखु लोड गरिएका टयाक्टर चालकहरूसँग सवारीचालक अनुमतिपत्र, गाडीधनी प्रमाणपत्रसमेत चेकजाँच गरेर दु:ख दिने गरेको खुलासा गरे। उनले रात्रिकालीन अवस्थामा उखु किसानहरूमाथि भइरहेको दुव्र्यवहार बारेमा स्थानीय प्रशासनलाई अवगत गराए पनि समस्या समाधानतर्फ अझै पहल नभएको गुनासो गरे।