प्रस, वीरगंज, १४ माघ/
सिर्सिया सुक्खा बन्दरगाहमा बुधवारदेखि हिन्दू धार्मिक काफिलाले बाटो छेकेपछि कारोबार ठप्प भएको छ।
तराई–मधेसका हिन्दूहरूको धार्मिक परम्परा अनुसार माघ महिनामा गाउँगाउँबाट काफिला निस्कने र विभिन्न धार्मिक स्थलको भ्रमण गरी जल भर्ने चलन छ । समूहमा निस्केर हरेक वर्ष भारतको विभिन्न पवित्र धार्मिकस्थल भ्रमण गर्ने काफिला यस पालि भारत नजाने भएको छ ।
उनीहरू जारी मधेस आन्दोलनको समर्थन गर्दै श्रीसिया सुक्खा बन्दरगाहको निकास अवरुद्ध हुनेगरी श्रीसिया चोकमा बसेका छन् । सडक नै ढाकेर काफिला बसेपछि बन्दरगाह आवतजावत गर्ने सवारी साधन अवरुद्ध भएको छ ।
महिनासम्म सडकमैं पण्डाल हालेर बस्ने काफिलाका अगुवाहरूले बताएका छन् । उनीहरूले श्री पञ्चमीको दिन तिलावे नदीबाट जल भरेर अलखिया मठमा चढाएपछि मात्रै सडक छोड्ने योजना रहेको बताएका छन् ।
बिहीवार साँझसम्म पर्सा जिल्लाका विभिन्न स्थानबाट २२ वटा काफिला सुख्खा बन्दरगाह आइपुेको छ ।
वीरगन्ज नाका बन्द भएर माल सामान आउन छोडेपछि श्रीसिया सुक्खा बन्दरगाहमा मङ्सिर मध्ययता आयात ह्वात्तै बढेको अवस्थामा बिहीवार त्यहाँबाट निस्कने बाटो बन्द गर्नेगरी कावँरियाहरूको काफिलाले चोकमा डेरा जमाएको छ । वीरगन्ज नाका थुनिएयता सुक्खा बन्दरगाहबाट साढे २ लाख टन मालसामान भित्रिएको थियो । बिहीवार दिउँसो १२ बजे कावँरियाको काफिलाले बाटो अवरोध गरेपछि सुक्खा बन्दरगाहबाट मालसामान निस्कन सकेको छैन । “हामीले बाटो अवरुद्ध नहुनेगरी कार्यक्रम गर्न आग्रह गरेका छौं”– पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले भने–“धार्मिक क्रियाकलापको नाउँमा अवरोध गरिराख्न खोजियो भने कारबाई गर्नुपर्ने हुन्छ भनेर सूचित गरेका छौं ।”
काफिलालाई यहाँ बसाउनका लागि बिहानदेखि नेपाल समाजवादी पार्टी (लोहियावादी)का अध्यक्ष नन्दन यादव लगायत खटेका थिए । “हामीले देखिने गरी गतिविधि नगरी गोप्य तयारी गरेका थियौंं–यादवले भने–“यो फागुन १ गतेसम्म चल्नेछ ।” हरेक समूहमा डेढ सयदेखि अढाई सयसम्म तीर्थयात्रु रह्ने गरी बारा र पर्साको १ सय २० वटा काफिला समूह छ । सबै समूह पालैपाले यहाँ आइपुग्ने यादवले बताए ।
शुक्रवार १२ बजेसम्म यहीं बस्नेगरी आइपुगेको पहिलो काफिलाका मुखिया वीरेन्द्र गिरीले पर्सा–बारा दुवै जिल्लाबाट काफिला लिएर कावँरियाहरू आउने बताए । पूर्ण ब्रह्मचर्यमा बस्ने काफिलाका तीर्थालु बाबाहरू बेग्लै किसिमको कठिन आचरण पालना गर्छन् । मधेसी समाजमा यस्ता कावँरियाहरूलाई विशिष्ट सम्मान प्राप्त छ ।