प्रस, वीरगंज, १४ माघ /
नेपाली काङग्रेस पर्साको अधिवेशनका लागि केन्द्रले कानुन व्यावसायी निरञ्जन आचार्यलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएर पर्सा पठाएको छ ।
जिल्ला अधिवेशन सम्पन्न गर्ने अभिभारा बोकेका जिल्ला सभापति एवं सभासद् सुरेन्द्रप्रसाद चौधरी भने अहिले काठमाडौमा छन् । निर्वाचन अधिकृत आचार्य माघ १२ गते वीरगंज आएका हुन् । माघ १५ गतेदेखि पर्साका गाविस, उपमहानगरपालिका र नगारपालिकाको वडा एकाइ कमिटीको अधिवेशनको मिति तय गरिएको छ ।
केन्द्रीय तालिका अनुसार शुक्रवारदेखि गाविस, उपमहानगरपालिकाको वडा एकाइ कमिटीको अधिवेशनपछि क्रमश: नगर समिति, क्षेत्रीय समिति र जिल्ला कार्यसमितिको अधिवेशन हुने बताइएको छ । केन्द्रले जारी मधेस आन्दोलनका कारण क्रियाशील सदस्यको छिनोफानो समयमा गर्न नसक्दा सदस्यताको विषयलाई लिएर विवादित पर्सामा १२ औं महाधिवेसनमा क्रियाशील सदस्य भएकालाई नै यसपटक क्रियाशील सदस्यको मान्यता दिइएको छ ।
साढे पाँच वर्ष अघि सम्पन्न १२ औं महाधिवेसनमा क्रियाशील सदस्यहरूमध्ये केहीको निधन भएको छ भने केही अन्य पार्टीमा प्रवेश गरिसकेका छन् । त्यस्ता व्यक्ति पनि अहिले पर्सा काङग्रेसको क्रियाशील सदस्यको सूचीमा छन् । गत संविधानसभा निर्वाचनमा एमाओवादीबाट पर्सा क्षेत्र नं. २ मा उम्मेदवार भएका तर गत १२ औं महाधिवेशनमा नेकाका क्रियाशील सदस्य लिएका बसिरूद्दिन अंसारी, त्यसैगरी फोरम लोकतान्त्रिकबाट सोही क्षेत्रबाट उम्मेदवार भएका नारायणजी रौनियार तथा दिव·त तारा शम्शेर जबरा पनि अहिले नेका पर्साको क्रियाशील सदस्य सूचीमा छन् ।
यस्ता धेरै नाम क्रियाशील सदस्यको सूचीमा रहेको नेका पर्साका सदस्यहरू बताउँछन् । १२ औं महाधिवेशनमा पर्सामा क्रियाशील सदस्यको सङ्ख्या कति थियो भन्ने कुरामा पनि अन्योल छ ।
जिल्ला सभापति सुरेन्द्रप्रसाद चौधरीले क्रियाशील सदस्य सङ्ख्या आफूलाई थाहा नभएको प्रतीकलाई बताए । उनले आफू काठमाडौं रहेको र जिल्ला अधिवेशनका लागि निर्वाचन अधिकृत खटेर गएको सुनेको प्रतिक्रिया दिए । यता निर्वाचन अधिकृत आचार्यले पनि पर्सामा क्रियाशील सदस्यको सङ्ख्या आफूलाई यकिन नभएको प्रतीकलाई बताए ।