प्रस, निजगढ, ५ माघ/
प्रतीक्षालयको बस्तीको नामले निजगढ नगरपालिकाको भरतगंजसिगौंललाई चिनिन्छ । यहाँको हरेक टोलमा प्रतीक्षालय बनाइएका छन् । ३ वटा वडामा गरी ठूला साना ६ वटाभन्दा बढी सार्वजनिक प्रतीक्षालय छन् ।
यहाँका बासिन्दाहरू सार्वजनिक सरोकारमा बहस एवं छलफल यही प्रतीक्षालयमा नै गर्छन् । गाउँघरमा भएका विवाद समाधान पनि सार्वजनिक प्रतीक्षालयमा बसेर गर्ने गरेका छन् । प्रतीक्षालयमा हुने जमघटबाट नै वडा, बस्तीका सार्वजनिक, सामाजिक विषयवस्तु तथा घटनाका बारे स्थानीय धेरैले थाहा पाउने गरेका छन् ।
यहाँ रहेका काठे एवं पक्की प्रतीक्षालयहरू सिंचाइ कुलो तथा नहरमाथि बनाइएका छन् । जसले गर्दा जग्गाको बचत, हेर्नमा सुन्दर र गर्मीयाममा शीतलसमेत हुने स्थानीयको भनाइ छ ।
बढ्दो मानवबस्तीले जमिनको अभावमा यहाँका प्रतीक्षालय निर्माणस्थलको चयन वैज्ञानिक ढ·बाट गरिएको देखिन्छ ।
चुरे फेदमा रहेको यस बस्तीले भौगोलिक परिचयसमेत बोकेको छ । अधिकांश प्रतीक्षालयमा पङ्खा र केहीमा टेलिभिजनसमेत राखिएका छन् ।
गर्मीमा शीतल हावाका साथ टेलिभिजनमा प्रसारण हुने विविध कार्यक्रम गाउँलेहरूले सामूहिकरूपमा हेर्न सक्छन् ।
गाउँका अगुवा, समाजसेवी, बुद्धिजीवीहरूको सहयोगमा यहाँका प्रतीक्षालयहरू निर्माण भएका स्थानीय समाजसेवी निर्माल केसीले बताए । “सबैले सक्दो सहयोग गरेका छन्,” अर्का युवा अगुवा केशव ढोडारीले बताए ।
“सार्वजनिक महत्त्वका विषयमा हुने धेरैजसो छलफल प्रतीक्षालयमा नै भेला भएर गरिन्छ,” अर्का वृद्ध समाजसेवी ओमबहादुर भण्डारीले थपे । कसैमाथि थिचोमिचो भएको विषयमा तथा सामाजिक न्याय पालनाका कुराहरू प्रतीक्षालयको भेलाले गर्ने गरेको नागरिक अगुवा अमिरीलाल चौधरीले बताए । स्थानीय मूल्य अनुसार काठे प्रतीक्षालय एक लाखदेखि डेढ/दुई लाखसम्ममा र पक्की निर्माण गर्न तीन लाख रुपैयाँसम्म लाग्ने उनीहरूले बताए ।
काठे प्रतीक्षालय बनाउन आवश्यक काठ सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रबाट ल्याइएका हुन् । निर्माण कार्यमा पनि जनश्रम जुट्ने गरेको भरतगंजसिगौंलका वडा सचिव सोमसिंह लामाले जानकारी गराए । सार्वजनिक प्रतीक्षालयको संरक्षणमा स्थानीयको साथसाथै नगरपालिका पनि लागेको प्रतीकसंँको कुराकानीमा सचिव लामाले बताए ।