$type=ticker$count=12$cols=4$cate=0

राष्ट्रपतिको जनकपुर भ्रमण र मधेसको अर्थ राजनीति

SHARE:

अधिवक्ता वीरेन्द्रप्रसाद यादव
    वर्तमान राष्ट्रपतिको त्यस पदमा पुग्नु अघिको भूमिका र अभिव्यक्ति मधेसमैत्री थिएन । तर राष्ट्रपति बनेपछि मधेसको पक्षमा बोल्न नसके पनि एमालेका अन्य नेताहरूजस्तै उत्तेजक कुरा गरेकी छैनन् । हिमाल, पहाड, तराईलगायत समग्र जनताको अभिभावकको हैसियतले पूर्व राष्ट्रपतिजस्तै तटस्थ र निष्पक्ष भूमिका निर्वाह गर्न प्रयासरत रहेको बुझिन्छ । जुन सराहनीय छ । पाँच महिनादेखि जारी आन्दोलनलाई सरकारले लाञ्छना लगाउनेबाहेक अभिभावकको कुनै भूमिका निर्वाह गरेको छैन । मधेसमा राज्यविहीनताको अवस्था सिर्जना गरेको कारण पनि मधेसको आक्रोश बढेको हो । अभिभावकविहीनताको पीडा चिर्न हेतु पनि विवाहपञ्चमीमा राष्ट्रपतिको भ्रमणको निर्णय उचित थियो । मधेसको वर्तमान पीडा सरकार र अन्तर्राष्ट्रिय समुदायसम्म पुग्ने एउटा अवसर पनि थियो । धार्मिक, ऐतिहासिक एवं पर्यटकीय रूपमा जनकपुर वीरगंजपछि मधेसको दोस्रो आर्थिक स्रोतयुक्त स्थल हो । विवाह पञ्चमीमा राष्ट्रपतिको भ्रमणले पर्यटकलाई आकर्षित गर्ने र जनकपुरको विकासका लागि राज्यलाई बाध्य पार्ने एउटा माध्यम पनि थियो । तर जनकपुरको दुर्भाग्य भनौं पटकपटक जनकपुरसँग अन्याय हुँदै आएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई सरकारले रोक्यो भने नेपालका राष्ट्रपतिको भ्रमणलाई आन्दोलनकारीले बिथोले । यो दुवैबाट कसैलाई केही लाभ नभए पनि जनकपुरको विकासमा अवरोध पुगेको र मधेसको बदनामी भएको छ । जसलाई सच्याउनै पर्छ । भ्रमण बिथोल्नु अशोभनीय त थियो नै, भ्रमणपछि सामाजिक सञ्जालमा गरिएका अभद्र टिप्पणी एवं मन्दिरलाई पवित्र बनाउने नाउँमा देखाइएको आडम्बरले मधेसमा महिलाप्रतिको दृष्टिकोण रुढिग्रस्त नै रहेको बुझिन्छ ।
यस्तो महिलाप्रति भेदभाव गरिने आदिम अवस्थाको झझल्को गणतन्त्रकालमा देखिनु सुहाउँदो कुरा होइन ।
    बालुवामा लखेटे जस्तो सरकार र आन्दोलनकारीले गरेका छन् । आन्दोलनको सुनवाई नगरेर सरकारले आन्दोलनलाई तह लगाउने नियत राखेको छ भने आन्दोलन जारी राखेर सरकारलाई घुँडा टेकाउने चाहना आन्दोलनकारीको देखिन्छ तर आन्दोलनले मधेस र देशमा भइरहेको दुरवस्थातर्फ कसैको ध्यान छैन । जुन स्वार्थीपना एवं गैरजिम्मेवारीपन हो । राज्यले आफ्नो संरक्षणमा तस्करी एवं कालोबजारी बढाएको छ भने तस्करलाई जलाउने लगायतको प्रयासले जघन्य आपराधिक संस्कृतिको विकास हुँदैछ । जसले दीर्घकालसम्म प्रतिकूल प्रभाव पार्छ । आजको आवश्यकताले हुर्काएको तस्कर सञ्जालले भोलि कम दु:ख दिने छैन । बेलाबखत नाका अवरोध गर्नेसँग भएका झडपले पनि सड्ढेत गरेको छ । यसै हप्ता कलेजमा अध्यापन गराउने जाने क्रममा एसपी कार्यालय पर्सा अगाडि बाइकको पेट्रोल सिद्धियो । जिल्ला प्रहरी कार्यालय र भारतीय महावाणिज्य दूतावास अगाडि मूल सडकमा बार्‍ह–तेर्‍ह वर्षको नाबालकले बोतलमा पेटोल बिक्री गरिरहेको थियो । प्रतिलिटर एक सय सत्तरीमा लगभग आठ सय ग्राम तेल भएको दुईवटा बोतल खरीद गरें । तेल हालेको दश मिनेटपछि गाडी बन्द भयो । जति गरे पनि स्टार्ट भएन । पछि सबै तेल फाली बाइक थन्काउनु पर्‍यो । एसपी  र एसएसपी कार्यालयको अगाडि सडकमा यस्तो कालो बजारी हुनु राज्यविहीनता र गैरकानुनी कार्यको पराकाष्ठा नै हो ।         यसले जनतालाई पाँच किसिमको नोक्सानी पुर्‍याएको छ । पहिलो महँगी, दोस्रो गुणस्तरहीन वस्तु, तेस्रो मोटर बिग्रने, चौथो अनावश्यक परेशानी रपाँचौ मुलुकको अर्थतन्त्रमा ठाडो प्रहार । सरकार र आन्दोलनकारी एकअर्कालाई गलाउन यस्ता गतिविधिप्रति मौन बस्नु सरकार र दलहरूको अर्कमण्यता हो । यसले प्रतिशोधको राजनीतिको झझल्को दिएको छ । जुन सर्वथा अनुचित हो ।
प्रतिशोधको भावनाले मानिसलाई अन्धो बनाइदिन्छ । वास्तवमा भन्ने हो भने भारतमा मोदीको नेतृत्व नेपालको लागि एउटा अवसर थियो । विकासको विधि अपनाउन सकिने अवस्था थियो तर मोदीप्रति सरकारको नकारात्मक दृष्टिकोणले मुलुकलाई दशकौं पछाडि धकेलेको छ । भूकम्पको बेला नेपाल सरकारभन्दा बढी जिम्मेवारी मोदी सरकारले देखाएको थियो । अन्य दातृ निकायभन्दा बढी लगभग एक खर्बको सहयोग घोषणा गर्‍यो । जुन यतिखेर अलपत्र परेको छ । भूकम्प पीडित छटपटिएका छन् तर सरकार जुहारीमा व्यस्त छ । मोदीको विकास मोडेलमा थोरै विचार गर्ने हो भने विकास अगाडि बढ्न बेर लाग्दैन । आज गुजरातको गाईदेखि नानो कार सम्म विश्वप्रसिद्ध छ । सन् २००२ भन्दा पहिले गुजरात बिहारभन्दा धेरै पछि थियो । भूकम्पजस्तो दैवी प्रकोपले थिलथिलिएको थियो । गुजरातको अस्थिर राजनीति अहिलेको नेपालभन्दा पनि  खराब थियो । यस्तो भयावह अवस्थाबाट विकसित तुल्याएर विश्वमैं चिनाउने सफल नेतृत्वदायी भूमिका निर्वाह गरेका मोदीले नेपाललाई बेफाइदा पुर्‍याउने अवस्था छैन । आर्थिक गतिविधिको लागि चर्चित एवं विश्वसनीय पत्रिका फोब्र्सले गुजरातलाई तीव्ररूपमा विकास गरिरहेको बताएको छ भने गुजरातमा लगानी नगर्ने मूर्ख हुन् भन्ने कुरा लगानीकर्ताको निष्कर्ष छ । भारतकै प्रख्यात उद्योगपति रतन टाटाले नानो कार कम्पनी पश्चिम ब·ालको सिंगुरबाट गुजरात ल्याउन मोदीले आफै प्रेरणा दिएका थिए र त्यस्तो कम्पनीको स्थानान्तरण दश दिन भित्र गरिएको थियो । अहिले अर्बौं लगानीको मुकेश अम्बानीको तेल प्रशोधन प्लान्ट मात्र होइन, १० औं हजारभन्दा बढी हीरा ताछ्ने मेसिनसहितको कारखाना गुजरातमा स्थापित हुनुमा मोदी मोडलको हात छ । मोदीको विकास मोडेललाई ‘गुजरातको हीरा’ पनि भन्ने गरिएको छ । उनले तत्काल समस्या मात्र समाधान गरेन, दीर्घकालीन समस्यालाई पनि त्यतिकै प्राथमिकतामा राखे । सन् २०५० मा विश्वमैं पानीको अभाव हुने पूर्वानुमानलाई चिर्दै प्रथमत: गुजरातमा पानीको अभाव हटाए । अब गुजरातमा कहिल्यै पानीको समस्या नहुने विज्ञहरू बताउँछन् । उनले सिंचाइलाई प्राथमिकता दिए भने सुशासनमा पनि उत्तिकै ध्यान दिए । भ्रष्टाचार हटाउने र बजेट सदुपयोग गर्न मोदीले पहिलोपटक आफ्ना मन्त्रीहरूलाई इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्टमा तालिम दिलाउन लगाए । कर्मचारीलाई काम गर्ने तरिका परिवर्तन गर्न निर्देशन दिए । भ्रष्टाचारमा बिचौलियाको काम गर्ने पार्टी कार्यकर्तालाई पनि छोडेनन् भने त्यत्रो विकास गरेका मोदी भारतकै मुख्यमन्त्रीमध्ये गरिब रहेको पनि चर्चा पाए । यस्ता हजारौं दृष्टान्त छन् जसमा नेपाली नेताहरूले ध्यान दिए भने नेपाल आत्मनिर्भर बन्न कसैले रोक्न सक्दैन । मोदीले नेपालमा नाकाबन्दी गरे कि गरेनन् त्यो छुट्टै विषय हो तर उनको मोडेल अनुसार हिड्दा नोक्सान हुने अवस्था छैन । किनभने उनले गुजरातको विकासको  मुख्य आधार कृषि र पानीलाई बनाएका थिए । जुन नेपालसँग प्रशस्त छ ।
    स्वाभिमानको लडाइँमा जुटेको अफवाह सरकारले गरेको छ, जुन वाहियात हो । आधी जनतालाई असन्तुष्ट पारेर, अपराध एवं गैरकानुनी कार्यलाई बढावा दिएर र अर्थतन्त्रलाई धराशायी पारेर स्वाभिमान बढ्दैन । अझ
परनिर्भरता नै बढ्छ । दातृ निकायले दिएको भूकम्प पीडितको अनुदान रकममा भ्रष्टाचार हुनु, गृहमन्त्रीले नातावाद देखाएको भनी आत्मालोचना गर्नु, अख्तियार दुरुपयोगले भ्रष्टाचार नियन्त्रणको लागि चालेको कदममा विरोध गर्नु लाजमर्दो कुरा हो । आफ्नै जनताको आन्दोलनलाई जनावरको आन्दोलन भन्नु, वार्तालाई प्राथमिकता नदिनु अतिवाद मात्र हो ।
    आन्दोलनको मुख्य विवाद सीमाड्ढनमा अड्किएको छ । सीमाड्ढनलाई इगो बनाउनुभन्दा विकासको मोडेलको रूपमा लिन जरुरी छ । तराईमा २ प्रदेश नभई नहुने अडानभन्दा कस्तो मोडेलले प्रदेशको अर्थतन्त्रमा ऊर्जा दिन्छ भन्ने कुरामा विचार गर्नुपर्छ । अर्थ एवं सङ्घीय विज्ञको परामर्शलाई आधार बनाउनुपर्छ । वर्तमान आन्दोलन दलहरूको मात्र नभई आम जनताको भइसकेकोले लाभको अनुभूति जनताले गर्न पाउने किसिमको निचोडमा केन्द्रित हुनुपर्छ । हाल सरकारले अघि सारेको र भारतले स्वागत गरेको प्रस्तावमा खासै नयाँ कुरा नभई समस्या टार्ने प्रयास भएको आम जनताको बुझाइ छ । निर्वाचन क्षेत्र, सामावेशीताको विषय सरकार आफैंले स्वीकार गरेको कुरा हो भने सीमाड्ढन पछि गर्ने कुरा झारो टराइ हो, आम जनताको कथन छ । यसर्थ टालटुले नियतले समस्या समाधान हुन्न । जनतालाई लाभ हुने आर्थिक विकासको दृष्टिले सीमाड्ढनमा दुवै पक्ष फराकिलो बन्नु आवश्यक छ । बारा, पर्सा, रौतहट, सर्लाही, मकवानपुर, चितवन, नवलपरासी, सिन्धुुली  एउटा, महोत्तरीदेखि पूर्व उदयपुरसहित एउटा, नवलपरासीदेखि पश्चिम एउटा प्रदेशमा विचार गर्ने हो कि । यसले मुख्य दुईवटा सकारात्मक  कुरा दिन्छ । तराईका सबै प्रदेशमा चुन ढु·ा, उद्योग, जलस्रोत कृषि  पर्यटन तथा भन्सारलगायत आर्थिक स्रोत जुट्छ भने पहाड–मधेस दुवैको समिश्रण पनि हुन्छ । यदि यस्तो मोडेल
सुहाउँदो भएन भने संशोधनको माध्यमले पछि सच्याउन पनि नसकिने होइन । १३ बाट शुरु भएको भारतमा यतिखेर २९ प्रदेश छ भने अमेरिका पचासौं प्रदेशमा पुगेको छ । यसर्थ संविधानको गतिशीलतालाई समस्या समाधानको सूत्र बनाउन सक्नुपर्छ । यसर्थ सीमाड्ढनको सवालमा दुवै पक्ष लचिलो हुनु अपरिहार्य छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : राष्ट्रपतिको जनकपुर भ्रमण र मधेसको अर्थ राजनीति
राष्ट्रपतिको जनकपुर भ्रमण र मधेसको अर्थ राजनीति
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgYiQJH-bSRyHiJ9iUc1tHWGprs0hkm-Kug0IlX9DxI5Qvx95QO05On1diDisuMs0EhCOmZdT-VMwUG7iTnrA0cEtVzduW6_UfjjH7zdLQ8u2l21da7Qvu5xyrh_s61qeSmIRNDLrPcQ50/s200/birendra+yadav.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgYiQJH-bSRyHiJ9iUc1tHWGprs0hkm-Kug0IlX9DxI5Qvx95QO05On1diDisuMs0EhCOmZdT-VMwUG7iTnrA0cEtVzduW6_UfjjH7zdLQ8u2l21da7Qvu5xyrh_s61qeSmIRNDLrPcQ50/s72-c/birendra+yadav.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2015/12/blog-post_938.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2015/12/blog-post_938.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy