प्रस, जीतपुर, १५ पुस/
मुलुकको समग्र विकासको लागि आर्थिक विकास अति आवश्यक छ भने आर्थिक विकासको लागि औद्योगिक विकास जरुरी छ । यस भेगको समग्र विकासको लागि वीरगंज, गण्डक–सिमरा औद्योगिक क्षेत्र घोषणा गर्न अहिलेको आवश्यकता हो र सोको लागि यस भेगका सम्पूर्ण जनसमुदाय, व्यवसायी, जनप्रतिनिधिहरूले सरकारलाई दबाब दिन अहिलेको जल्दोबल्दो आवश्यकता भएको वीरगंज उद्योग वाणिज्य सङ्घ वीरगंजका अध्यक्ष प्रदीप केडियाले एक समारोहबीच जीतपुरमा बताए ।
बारा उद्योग वाणिज्य सङ्घ जीतपुरका नवनिर्वाचित पदाधिकारीहरूको शपथ ग्रहण कार्यक्रमका प्रमुख अतिथिको आसनबाट अध्यक्ष केडियाले सो कुरा बताएका हुन् ।
बारा उद्योग वाणिज्य सङ्घ जीतपुर शाखाका नवनिर्वाचित अध्यक्ष घनश्याम गिरीलाई बारा उद्योग वाणिज्य सङ्घ कलैयाका उपाध्यक्ष कपिलदेवप्रसाद यादवले र अध्यक्ष गिरीले पदाधिकारीहरू उपाध्यक्ष रामबाबूप्रसाद कलवार, सचिव अमर यादव, कोषाध्यक्ष मनोजकुमार गुप्ता, सदस्यहरू बलिराम साह,
रामबाबुू कलवार, विनोदप्रसाद जैसवाल, मोहन साह कलवार, विजयकुमार गुप्ता, हारुन अन्सारी, विनोद साह तेली, अनिलकुमार साह, र श्यामबाबू साहलाई गोपनीयता तथा कामकारबाईका शपथ गराएको समाचारमा
जनाइएको छ ।
नवनिर्वाचित पदाधिकारीहरूलाई विजयी प्रमाणपत्र वितरण गरिएको थियो भने यस भेगको आर्थिक सामाजिक वातावरण विकास विस्तारको लागि गढीमाई नरपालिकासँग समन्वय गरी सो काम यथाशीघ्र चाँडै शुरु गर्ने सो कार्यक्रमका अतिथिहरू गढीमाई नगरपालिका कार्यालय जीतपुरका कार्यकारी अधिकृत नाथु साह, बारा उद्योग वाणिज्य सङ्घ कलैयाका पूर्व उपाध्यक्ष गणेशजी प्रसाद साह, इलाका प्रहरी कार्यालय सिमराका प्रमुख, प्रनि पुरुषोतम खड्का, बारा उद्योग वाणिज्य सङ्घ सिमराका अध्यक्ष युवराज पौडेल, जीतपुर गाविसका निवर्तमान अध्यक्ष देवनारायण चौधरी, छातापिपरा गाविसका निवर्तमान अध्यक्ष भूदेव चौधरी, तत्कालीन जीतपुर पञ्चायतका प्रधानपञ्च चिरञ्जीवीभक्त पौडेल, व्यवसायी रामबाबूप्रसाद साह, आफताब आलम ठकुराई, सुरेन्द्रप्रसाद गुप्ता लगायत आआफ्नो शुभकामना मन्तव्यमा बताए ।
यस भेग तथा यस सङ्घको हकहित विकासको लागि सक्दो सहयोग गर्ने अध्यक्ष प्रदीप केडिया र कार्यकारी अधिकृत नाथु साहले प्रतिबद्धता गरेको समाचारमा जनाइएको छ ।