प्रस, वीरगंज, १३ पुस/
सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय मधेसी मोर्चाबीच आज कार्यगत एकता भएको छ ।
वीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरी मोर्चाले अहिलेको आवश्यकता कार्यगत एकता नै रहेको बताएको थियो । पत्रकार सम्मेलनमा बोल्दै सङ्घीय मधेसी मोर्चाका संयोजक नन्दन यादवले मधेसीको माग दिलाउन सरकारसँग लामो समयदेखि फरक–फरक ढ·ले आन्दोलन गर्दै आएकोमा राज्यले परिवर्तन गरेको विचार र नीति अनुरूप आफूहरूबीच कार्यगत एकता भएको बताए । जुन मोर्चा जहाँ पनि मधेसीको लागि नै लड्ने भएकोले अब चाँडै एउटा महागठबन्धन बनाउने आवश्यकता रहेको उनले औंल्याए ।
पत्रकार सम्मेलनमा बोल्दै सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक पुरुषोत्तम झाले विगत केही दिनदेखि आन्दोलनमा रहेका अन्य मोर्चासँग पनि कार्यगत एकताको कुरा उठाएको र त्यो चाँडै सम्भव हुने बताए । केन्द्रमा एकता नभए पनि जिल्लामा आवश्यक देखिएकोले एकता गर्न खोजिएको उनले बताए ।
पत्रकार सम्मेलनमा यादवले सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय मधेसी मोर्चाबीच ६ बुँदे सहमतिसमेत भएको बताए । सहमति अनुसार कुनै पनि कार्यक्रममा एकअर्कालाई समान स्थान दिने, ब्यानरमा मोर्चाको नाम अनिवार्य उल्लेख हुनुपर्ने कार्यरत एकताका लागि आवश्यक भएको बताए ।