प्रस, वीरगंज, १२ पुस/
सङ्घीय समावेशी मधेसी गठबन्धन, पर्साले आइतवार वीरगंजमा भैंसी जुलुस निकालेको छ ।
वर्तमान सरकारले मधेसीसँग भैंसीजस्तो एकोहोरो व्यवहार गरिरहेको भन्दै केन्द्रीय कमिटीको निर्णय अनुसार गठबन्धन पर्साले भैंसी जुलुस प्रदर्शन गरेको मोर्चाका नेता शिव पटेलले बताए । घण्टाघरबाट शुरू भएको भैंसी जुलुस नगरपरिक्रमा गर्दै पुन: घण्टाघरमा आएर भेसीलाई ११ बुँदे ज्ञापनपत्र बुझाएको थियो ।
सो अवसरमा नेता शिव पटेलले मोर्चाले आफ्नो समस्या तर्फ सरकारको ध्यानाकर्षण गराउन विगत चार महिनादेखि लगातार आन्दोलन गर्दै आइरहेको तर सरकारले हालसम्म बुझ्न नसकेको कारण आफूहरूले बर्तमान सरकारलाई भैंसीको संज्ञा दिएको बताए ।
वार्ताको नाममा नेताहरूलाई बोलाउने र एकोहोरो सुनेर सरकार भाग्ने गरेको नेता पटेलके आरोप थियो ।
सिकेन्द्र पासवान, कलैया/
संघीय मधेसी गठबन्धन बाराले कलैयामा आईतबार भैसी जुलुस निकालीसरकारको बिरोध गरेका छन् ।
सरकार र बिक्षपी काग््रेस सहितका नेताहरुले भैसी जस्तो तराई मधेसको माग नसुनेको जस्तो गरेका कारण साँकेतिक रुपमा भैसी जुलुस निकालीएको हो । हाम्रो अवाज ती नेताहरु कहा पुगोस भन्ने अभिप्रायले जुलुस निकालिएका हौं – मोर्चाका नेताहरूले बताए ।
गठबन्धनका नेताहरु आत्माराम साह , पारस साह , संजय पान्डेय , शिवनाथ पटेल , महेन्द्र मन्डल ,महम्द फिरोज , रामबाबु साह , मधेसी लोकतान्त्रिक मोर्चाका नेता प्रमोद गुप्ता लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।
प्रस, रौतहट/
सघिय समावेशी मधेशी गठनवन्धनले रौतहटको सदरमुकाम गौरमा भैसीलाई ज्ञापन पत्र बुझाएका छन । गठवन्धनद्धारा सदरमुकाम गौरमा भैसी जुलुस प्रर्दशन गरी क्रान्तिद्धार चौकमा ज्ञापन पत्र बुझाएका हुन ।
वर्तमान सरकारमा भैसी जस्तै सोच राख्ने प्रधान मन्त्री रहेको संज्ञा दिदै आज भैसीलाई नै सरकार मानी ज्ञापन पत्र बुझाएका छन । ज्ञापन पत्र दिनेमा नेपाल सदभावना पार्टीका केन्द्रिय अध्यक्ष अनिल कुमार झाले भैसीलाई क्रान्तिद्धार चोकमा ज्ञापन पत्र बुझाइएको छ ।
सो क्रममा कार्यकर्ताहरूले मनोरन्जन समेत गरिएको थियो । पार्टी कार्यालयबाट शुरू गरिएको जुलुस नगर परिक्रमा गर्दै नेपाल भारतको वीचमा रहेको मितेरी पुलमा पुगेको थियो । सो क्रममा विभिन्न नेताहरूले आ आफनो धारण राख्दै सरकारको आलोचना गरेको थियो ।