शङ्करमान श्रेष्ठ
सोर्हौं शताब्दीतिर बाबरले दिल्लीको सल्तनतमाथि आक्रमण गर्दा आफ्ना सेनालाई भन्ने गर्दथे ‘दिल्ली अभी दूर है’ । बाबरले दिल्ली फतह गर्ने बेलामा ती शब्द भन्ने गर्दथे । आज नेपालको राजनैतिक परिप्रेक्ष्यमा ती शब्द चरितार्थ भएको प्रतीत हुन्छ । दिल्लीलाई दरियादिल भन्ने गरिन्छ । त्यहाँका मानिसका दिल ठूला, फराकिला हुन्छन् । तर नेपालको सन्दर्भमा ती दरियादिल कहिले ठूलो हुने गर्दछ तर कहिले खुम्चिने गर्दछ । दिल्लीको, त्यसमा पनि ‘पुरानी दिल्ली’ हैन, ‘नई दिल्ली’को ‘दिल’ जित्न सकिएन भने त्यसको प्रत्यक्ष एवं नकारात्मक असर नेपालको राजनैतिकवृत्तमा पर्ने गर्दछ । कति दिल्लीको ‘दिल’ जितेर सत्तामा आसीन भए, कति जित्न नसकेर राजनैतिक नेतृत्वबाट पन्छिए । राजनैतिक परिवर्तनको पछाडि पनि दिल्लीकै ‘दिल’ देखा पर्यो । विपीले दिल जित्न सकेनन् र यस बेला न प्रचण्डले, न ओलीले नै सके । पटक–पटक नाकाबन्दी दिल्लीको ‘दिल’ खुम्चिएकै परिणाम थियो । अहिले त झन् दरियादिल खुम्चिएको छ । नेपालभित्र उब्जिएको आन्तरिम समस्या पहिले सुल्झाऊ अनि दिल्लीको दिल हेर, दिल्ली टाढा छैन भनेर पटक–पटक भारतीय राजदूत रणजीत रेले भन्ने गरेका छन् । त्यसैगरी भारतीय जनता पार्टीका नेता विजय जोली ‘समस्या समाधानको साँचो नयाँ दिल्लीमा छैन, काठमाडौंमैं छ’ भनी फर्केका छन् । जोलीको बोली प्रधानमन्त्री ओलीले सुनेपछि आफू भारतको सच्चा मित्र बताउँदै दिल्लीको ‘दिल’ जित्न खोजेका छन् । किनभने ओलीलाई थाहा छ, दिल्ली अहिले दूर छ, टाढिएको छ । त्यसैकारण दिल्लीको दिललाई दिल्लीमैं राखेर नेपाल आएका भारतीय राजदूत रेले भर्खरै उपप्रधानमन्त्री कमल थापासँग भेटेपश्चात् सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिन अस्वीकार गर्दै आफ्नो ‘दिल’ खुम्च्याउँदै उल्टै प्रतिप्रश्न गरे– अहिले नेपालको खबर के छ ?
कुनै व्यक्तिले हालखबर सोध्दा आफूप्रति संवेदनशील भएको महसुस हुन्छ । त्यसमा पनि राजदूतले व्यक्तिको हालखबर सोधेका हैनन्, सञ्चारकर्मीहरूसँग देशकै हालखबर सोधेका हुन् । यस्तो सुन्दा लाग्छ, भारतका ‘महोदय’ नेपालप्रति संवेदनशील पो भएका हुन् अथवा गम्भीर बनेका ?
राजदूत महोदयले वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासअगाडि मानव साङ्लोजस्तो लामबद्ध गरी लगाइएको ग्याँस सिलिन्डर अनि काठमाडौंका पेट्रोलपम्प अगाडि कुरी बसेका गाडीका पङ्क्तिहरू नदेखेका त हैनन् होला । तीन महिनादेखि नेपालीहरूले भोगेका पीडा अनि रक्सौल नाकामा नाकाबन्दी गरी बसेका अधिकारका लागि मोर्चाको धर्नालाई पनि त अवश्य देखेका नै होलान् । अनि सबैथोक बुझेका राजदूतजस्तो गरिमामय व्यक्तित्वको अगाडि नेपाल र नेपालीको हालखबर सञ्चारकर्मीहरूले बताउनुपर्ने आवश्यक किन पर्यो ?
ठीकै छ, राजदूत महोदयलाई मज्जा लाग्छ भने वीरगंजको हालखबर बताउन सक्छु–
राजदूत महोदय १
वीरगंजवासीको हालखबर अहिले ठीक छैन । घरमा निमुनिया भएको छोरोलाई छाडेर उसका बाबू मनोज ग्याँस पाइन्छ कि भनेर लाम लागेका छन् । सुरजकी पत्नीले एडभान्स अस्पतालमा भर्ना छोरोलाई इन्जेक्सन लगाउन नभ्याई पतिलाई भेट्न अनि सिलिन्डरको आशामा बसेकी छन् । ४–५ दिनदेखि एउटा पिता आफ्नो पुत्रसँग आलोपालो गरी सिलिन्डरे कुरुवामा बसेका छन् । स्कूलमा खै कसरी पढ्न जान्छन् । मधेसको भविष्य बनाउने छोराको वास्ता नगरी दिनभरि सिलिन्डर कुर्न, रखबारी गर्न लगाएका छन् । एउटा बूढी आमा सकी नसकी तन्नेरी बनी ग्याँस सिलिन्डर उठाउँदै लाममा अघि सार्ने गर्छिन् । श्रीमान् १ अहिले यहाँ प्रतियोगिता सञ्चालन भइरहेको छ । मनोज ग्याँस सिलिन्डर प्रतियोगिता– २०७२ । सबै सकी नसकी सिलिन्डर बोकी प्रतियोगिता जित्न दौडेका छन्, सिलिन्डर अगाडि लगाउन । महोदय, यस प्रतियोगिताबाट नयाँ सम्बन्ध पनि स्थापित भएको छ–मधेसिया र पहाडियाबीच । दुवैले एकअर्काको सिलिन्डर कुर्ने । राति पालोपालो गरी बस्ने । प्रतियोगिताले नयाँ सम्बन्ध मात्र स्थापित गराएको छैन, आपत् पर्दा एकअर्काको हात समाउने, एकअर्काको सिलिन्डर अघि सार्ने गर्दछन् । रौनियारले श्रेष्ठको, श्रेष्ठले चौधरीको अनि चौधरीले गुप्ताको । यस्तो दृश्य हेरी सुरज रौनियार भन्ने गर्छन्– यी हातहरू यसरी नै समाउँदै, एकअर्काको लागि अघि बढाउने हो भने देश अघि बढ्ने थियो । तर आज मधेसिया–पहाडियामा विभाजन भएको छ । अनि उसले सराप्ने पनि गर्दछ – यी सबै नेताहरूकै स्वार्थको कारण भएको हो ।
सामाजिक–राजनैतिक चेतनामा वृद्धि भएको छ । नयाँ पुस्ताले नाकाबन्दीको अर्थबोध गर्न थालेको छ । अनि मधेसमा समेत वर्तमान तिक्तताबाट बालबालिकाहरूमा नयाँ धारणाको बीजारोपण हुन थालेको छ । घृणा, रोष अनि जातपातको । यस्ता भावना अनि परिवेशबाट जन्मेको धारणाले न मधेसलाई फाइदा हुन्छ, न मुलुकलाई । न नेपाललाई, न छिमेकलाई ।
महोदय, रातभरि मच्छरको टोकाइ, चिसो स्याँठ सहेकाहरू भित्र तीव्र आक्रोश बढ्न लागेको छ । लाममा बसेकाहरू दिल्लीभन्दा नेशनल ट्ेरडिङको पोल गन्ने गरेका छन् । सत्तामा जान आन्दोलन गर्नेहरूका लागि दिल्ली नजिक लागे पनि सर्वसाधारण निरीह प्राणीलाई भने नेशनल ट्ेरडिङको लाइन लामो लाग्ने गरेको छ । हो महोदय १ दिल्ली साधारण नेपालीहरूको लागि ‘दूर’ थियो र छ पनि, अब त दरियादिलको गहिराइ बुझ्न पनि गार्हो भएको छ । तर अहिले नेशनल ट्ेरडिङ दूर छ । किनभने सात किलो ग्याँसको आशामा बसेकाहरू पुलिसबाट प्रसारित ध्वनि जब सुन्छन्–“ग्याँस सकियो तपाईंहरू आआफ्ना सिलिन्डर लिएर घर जानुस् । धन्यवाद १” नेशनल ट्ेरडिङ छेउमैं पुगिसक्दा पनि ग्याँस नपाएकाहरू चुक घोप्टाएको रातमा एकपल्ट फेरि नेशनल ट्ेरडिङको मूलद्वारतिर हेर्दै भन्न पुग्छन्– “हो साँच्ची १ नेशनल ट्ेरडिङ त दिल्लीभन्दा ‘दूर’ रहेछ ।”