प्रस, परवानीपुर, १२ मङ्सिर/
विगत एक सातादेखि बारा र पर्सामा सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रशासन कार्यालय पर्सा र बाराले जनाएका छन् । पर्साको वीरगंज बजार आसपास र राजमार्गमा प्रहरी चेकजाँच बढाइएको पर्साका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद घिमिरेले जानकारी गराए ।
पछिल्लो अवस्था हेरेर वीरगंजमा आपराधिक समूह सक्रिय भई आपराधिक घटना घटाउन सक्ने सम्भावनालाई मध्यनजर राख्दै वीरगंजको शड्ढराचार्य गेट, ड्राइपोर्ट, गण्डक, परवानीपुर, लक्ष्मनवा, बसपार्क क्षेत्रमा जनपद र सशस्त्र प्रहरीले बिहान र बेलुकाको समयमा सावरीसाधन र यात्रुहरूलाई चेकजाँच गरिरहेका उनले बताए ।
यसैक्रममा केही दिनअघि बोर्डर आउट पोस्ट अलौंले ५० किलो विस्फोटक पदार्थ सोडियम सल्फाइड फेला पारिसकेकोले अझ सुरक्षा चुस्तता बढाइएको सीमा सुरक्षा कार्यालय पर्सा चिनीमिलका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर थापाले जनाएका छन् ।
यसैबीच, बाराको राजमार्ग र सीमामा पनि सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालय बाराले बताएको छ । वीरगंज–पथलैया सडकखण्डको जीतपुरस्थित लालका पुलमा पनि इलाका प्रहरी कार्यालय सिमराले चेकजाँचलाई निरन्तरता दिएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख एवं प्रहरी निरीक्षक पुरुषोत्तम खड्काले जनाएका छन् ।