प्रस, वीरगंज, १० मङ्सिर/
सीके राउत पक्षधरहरूले बिहीवार माईस्थानमा गर्न लागेको सभालाई प्रहरीले बिथोलेका छन् । कार्यकर्ताहरूले तुल ब्यानर झुन्ड्याइ माईस्थान मन्दिरअगाडि भाषण गर्ने बेलामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा स्वतन्त्र मधेस गठबन्धन बारा, पर्साका इन्चार्ज राजेश साह रहेको प्रहरीले जनाएको छ ।
सीके राउत पक्षधरले एक वर्ष पहिले काठमाडौंबाट सीके राउतलाई पक्राउ गरेको दिन पारी आज माईस्थानको प्रा·णमा आमसभा गर्न लाग्दा प्रहरीले बिथोलेको हो । प्रहरीले साहलाई पक्राउ गर्नुका साथै तुल ब्यानर पनि सँगै लगेको थियो ।
प्रस, रौतहट/
मधेस देशको माग गर्दै आज सीके राउतका कार्यकर्ताहरूले जुलुस प्रदर्शन गर्दा प्रहरीले २५ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रौतहट जिल्ला गाविस लौकाहाका ५२ वर्षीय परिषद् संयोजक महम्मद हुसैन, जिल्ला संयोजक गाविस हजमिनियाका अशोक सिंह, गाविस पचरूखीका वीरेन्द्रकुमार साह, गाविस ग·ापिपराका २६ वर्षीय अशोककुमार साह, राजपुर–९ का ४० वर्षीय नेमालाल यादव, पिपरा रजवाडाका सरोज साह, मोतीपुर नरकटियाका केदार गिरी, झुन्खुन्वाका रमेश तिवारी, भलोहियाका प्रकाश यादव, बिर्ती प्रस्टोकाका राजुप्रसाद यादव, महम्मदपुरका राजेश्वरप्रसाद यादव, पिपरा रजवाडाका रामप्रवेश यादवलगायत २५ जना रहेका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । सीके राउतका कार्यकर्ताहरूले सदरमुकाम गौरको वरहवा पुलदेखि शुरू गर्न लागेको जुलुस प्रदर्शन प्रहरीको सक्रियताले हुन पाएन ।
कार्यकर्ताहरूले पुन: कार्यक्रम सफल बनाउन टिकुलियाको सोमरना माईस्थानबाट जुलुसको आयोजना गर्दा जिल्ला संयोजक अशोक सिंह पक्राउ परेका थिए ।
पक्राउ परेको संयोजक सिंहको रिहाइको माग गर्दै भन्सार चोकबाट कार्यकर्ताहरूले नारा लगाउँदै जुलुस निकालेका थिए । सो क्रममा २५ जना कार्यकर्ता पक्राउ परेको जनाइएको छ ।