साधनाको आधारमा सफलताहरू पाइन्छन् । साधनहरूलाई नै बल भनिन्छ । प्रत्यक्ष बलमा धनबल, बाहुबल, शस्त्रबल, बुद्धिबल आदि प्रमुख हुन्, तर सबैभन्दा ठूलो हो– मनोबल । मनोबलको तात्पर्य शिक्षाको कल्पना, बहुज्ञता, अनुभवशीलताले होइन कि दृढ निश्चयले हुन्छ । यसलाई यदि आदर्शको निमित्त प्रयोग गरिन्छ भने त्यसैलाई सड्ढल्पबल पनि भनिन्छ । जसको सड्ढल्पशक्ति जति बलवान् छ, त्यसलाई त्यति नै स्तरको बलवान् मान्नुपर्छ ।
कसै–कसैमा यो शक्ति जन्मजात पनि हुन्छ, तर यो आवश्यक छैन । यसलाई अभ्यासबाट बढाउन सकिन्छ । सानो काममा हात हाल्नु र त्यसलाई पूरा गरेर मात्रै चैन लिनु, यो मनोबल बढाउने राम्रो तरिका हो । एकपछि अर्को काम हातमा लिनु र त्यसका कठिनाइसँग जुझ्नु नै त्यो मार्ग हो, जहाँ हिंड्दा मनोबल आर्जित गर्न सकिन्छ । यो विभूति जसको हातमा पर्यो बुझ्नुपर्छ कि महामानव बन्ने सूत्र त्यसको हात लागेको छ ।
प्राय: हेरिन्छ कि धेरै साधन भएर पनि मान्छे साधारण काम पनि गर्न सक्दैन । यिनीहरूको विचार डगमगाउँछ । जुन काम हातमा लिइएको छ, त्यो उचित छ कि छैन, आफूसँग हुन सक्छ कि सक्दैन, यस्ता विकल्पहरू मनमा उठिरहन्छन् । काँचो मन एउटा कामलाई छोडेर अर्को कामलाई हातमा लिन्छ । केही दिनपछि त्यो अर्को काम पनि हातबाट छुट्छ र तेस्रो अपनाउँछ । यसै प्रकार अनिश्चयको दशामा शक्तिको अपव्यय हुन्छ । दिशा निश्चित नभएपछि केही टाढा पूर्वतर्फ, केही उत्तर–पश्चिम–दक्षिणतर्फ हिंड्नेहरू दिनभर घोर परिश्रम गरिरहन्छन् तर पनि थकान शिरमा ओढ्छन्, ठीक यही हो कि पहिले उँच–नीचका प्रत्येक कुरामा विचार गर्नुपर्छ । बुद्धिपूर्वक जुन निश्चय निस्किएको छ, त्यसलाई दृढतापूर्वक अपनाउनुपर्छ ।
काम हेर्दा शरीरबाट गरिन्छ तर वास्तविकता यो हो कि त्यो सबै मनबाट हुन्छ । मनोयोग लगाउनाले योजनाका सबै पक्ष सामुन्ने आउँछन्, अन्यथा बाल कल्पनाहरू मनमा उठिरहन्छन् र पानीको फोकाजस्तै अस्तव्यस्त भइरहन्छ । बच्चा दिनभरि दौंडधूप गरिरहन्छ । यसमध्ये हर एक क्रियाको पछाडि एक उद्देश्य हुन्छ तर यो उद्देश्य स्थायी हुँदैन । एकपछि अर्को इच्छा सामुन्ने आइरहन्छ र एकलाई छोडेर अर्कोमा हात हाल्छन् । यस प्रकार दिनभरिमा धेरै मनोरथ सामुन्ने आउँछन्, र यी सबै आधा अधूरो रहेर अस्तव्यस्त हुन्छन्, यसैलाई बालबुद्धि भनिन्छ । यस प्रकारको राजनीति धेरै आयु भएका व्यक्तिहरूले पनि अपनाएका देख्न सकिन्छ । फलत: त्यसमध्ये एउटा पनि पूरा हुन सक्दैन ।
कामलाई पूरा गर्नको लागि आवश्यक छ कि योजना सर्वा·पूर्ण बनोस् । त्यसको लाभ–हानिमा सा·ोपा· विचार गर्नुपर्छ । साधन जुटाउनको लागि जुन कार्य वर्तमान साधनको सहारामा गर्न सम्भव छ, त्यसमा हात हाल्नुपर्छ । भविष्यमा साधन बढ्दै जान्छ, त्यति नै काम पनि बढ्छ । यो सबै त्यति बेला नै बन्छ, जब प्रस्तुत योजनामा समग्र मनोयोग एकत्रित गर्न सकिन्छ । अधूरा चिन्तनले न पूर्ण रूपरेखा बुझ्न सकिन्छ, न त्यसको क्रम बनाउने तारतम्य ठीक प्रकारले बन्छ । जुन काममा जिज्ञासा जति धेरै रहन्छ, त्यो कार्य ठीक ढ·ले हुन्छ । साधनको नियोजन पनि त्यति बेला नै हुन्छ, जब पूरा मन त्यसमा लागेको हुन्छ । अन्यथा उपयुक्त साधन भएर पनि त्यसको उपयोग ठीक ढ·ले हुन सक्दैन । आधा अधूरो मनबाट गरिएको काम सदा अधूरो नै रहन्छ ।
मनोबलको एक अर्थ हिम्मत पनि हो, जसमा जिज्ञासा सामेल हुन्छ । कुनै कामलाई रुचिपूर्वक गर्दा त्यसको प्रतिफल अर्को हुन्छ तर मन नलगाएर गरिएको कार्यको उपलब्धि पूर्णतया अर्को हुन्छ । रुचिपूर्वक पक्षीले गुँड बनाउँछ, तब त्यसमा सुन्दरता पनि बढ्छ र बलियो पनि हुन्छ । मन्दबुद्धि परेवाले बा·ोटि·ो पातपति·रबाट गुँड बनाउँछ, परिणामस्वरूप त्यो गुँडले हल्का हावाको चाप पनि सहन गर्न सक्दैन । नोकरद्वारा गराइएको काम र मालिकले आफ्नो हातले गरेको काममा जमिन–आकाशको अन्तर हुन्छ । खेतीबारी घरका सदस्यहरू मिलेर गरेमा त्यसले सुन उमार्छ । सेनाको इतिहास पनि यसै तथ्यले भरिएको छ । सैनिक थोरै भएपनि जीत–हारलाई प्रतिष्ठाको विषय बनाएर लड्ने नै विजयी हुन्छन् । सफलताले त्यसैको पाइला चुम्छ । तर जो नोकरजस्तै ज्यान जोगाएर लड्छन्, उनीहरू साधन स्रोत भएर पनि पराजय भोग्छन् । मनोबल उच्च छ भने पछाडि परेको सेनाले पुन: आक्रमण गरेर आफ्नो गुमाएको भूभाग पुन: प्राप्त गर्न सक्छ । तर मनोबल नभएका सेनापतिले जितेको भूभाग पनि गुमाउँछ ।
संसारमा महापुरुषहरूको आफ्नो विशेष इतिहास छ । कोलम्बस, नेपोलियन आदिका उपक्रम यस्ता छन्, जसलाई पढेर, सुनेर औंला टोक्न बाध्य हुन्छौं । यिनीहरूको शारीरिक, मानसिक बनावटमा कुनै खास विशेषता थिएन । उनीहरू सामान्य व्यक्तिजस्तै थिए तर उच्च मनोबलको सहाराले उनीहरूले ठूलो योजना बनाए र त्यसलाई सफल बनाउन जुन पराक्रम देखाए, त्यसको पछाडि उनीहरूको उच्च मनोबलको चमत्कार नै हो ।
संसारमा ठूल्ठूला महान् आन्दोलन भए, यसको मूलमा एक–दुई व्यक्तिको पराक्रमले काम गरेको छ । गाँधीले आन्दोलन चलाए, उनीसँगै लाखौं पात र पति·र जस्ता हस्तीवालाहरूले गगनचुम्बी भूमिका निर्वाह गरे । यस्तो आन्दोलन समयसमयमा देश र विदेशमा भइरहेका हुन्छन् र व्यापक बनिरहन्छन् । यसको मूलमा एक–दुई मनस्वी व्यक्तिको सड्ढल्प र प्रयत्नले नै काम गरेको हुन्छ । यसै कारण संसारका मनुष्यमा सबैभन्दा ठूलो बल मनोबललाई मानिन्छ । सड्ढल्प र निश्चय त धेरैजनाले गर्छन् तर त्यसमा अडिग रहन र अन्त्यसम्म निर्वाह गर्न, जोसुकैले सक्दैनन् । विरोध–अवरोध सामुन्ने आएपछि धेरैजसोले हिम्मत हार्छन् र कुनै बहाना बनाएर पछि फर्किन्छन् । तर जसले हरेक परिस्थितिसँग सामना गर्छ र आफ्नो खुट्टाले बाटो बनाएर तथा आफ्नो हातले डु·ा खियाएर पार गर्ने मनस्वी बिरलै हुन्छन् । मनोबल यस्तो साहसको नाम हो, जुन सोचविचार गरेर पाइला चाल्ने र त्यसलाई प्राणपणले पूरा गर्ने हुन्छ ।
व्यक्तिगत जीवन होस् वा सामाजिक सफलताको लागि मनुष्य मनस्वी हुनु स्वाभाविक हो । पैसा कमाउने विद्या त वणिक बुद्धिलाई पनि आउँछ । अपराधीहरूजस्तो हिम्मत त चोरहरूमा पनि हुन्छ । आवेशमा आएर लडाइँ झगडा त क्षुद्रस्तरको व्यक्तिले पनि गर्न सक्छ । तर जसमा आफ्नो कुनै
विशेष लाभ छैन, मात्र सिद्धान्तको परिपोषण अथवा सार्वजनिक हितसाधनको काममा हात हाल्नु,
त्यसको मार्गमा आउने अवरोधहरूसँग ठोक्किनु, बिग्रिएको परिस्थितिमा धैर्य नगुमाउनु र साथीहरूलाई उत्साह प्रदान गर्नु, जोसुकैको काम होइन । यस्ता व्यक्तिमा एकमात्र विशेषता पाइन्छ, त्यो हो– मनोबल ।