आन्दोलनरत मधेस केन्द्रित राजनीतिक दलहरूको मोर्चाले विद्यालय पोशाक निषेध गरेको कुराको चौतर्फीरूपमा गुनासाहरू आइरहेका छन् । आन्दोलनमा समाहित जनसमुदायको बीचमा पनि केही असन्तोष देखियो । विद्यालय खुल्नुअगावै पोशाक निषेध गरिएको कुरा विभिन्न सञ्चारमाध्यममार्फत् मोर्चाले सार्वजनिक गरेको थियो । तर पनि केही स्थानहरूमा सो सर्त उल्लङ्घल गर्ने प्रयासहरू भए । बारा जिल्लाको केही विद्यालयका अभिभावकहरूले आफ्ना बालबालिकालाई पोशाक लगाएर विद्यालय पठाए । मोर्चाले कडा आपत्ति जनाएपछि मात्रै बालबालिकाले विद्यालय पोशाक लगाउन छाडे । मधेसका बालबालिका विद्यालयमा छन् भने अभिभावक आन्दोलनमा छन् । यो अवस्थामा मोर्चाले विद्यालयसम्बन्धी कुनै पनि निर्णय लिंदा आन्दोलनका सहभागी अभिभावकहरूको मनोभावना तथा आशयलाई समेत बुझेर निर्णय गर्नु अति उत्तम ठहर्छ ।
माविस्तरका विद्यार्थीहरू शारीरिकरूपमा ठूलो भइसकेका हुन्छन् । झडप नै परेको अवस्थामा प्रहरीले उनीहरूलाई आन्दोलनकारी भन्ठान्लान् भने आन्दोलनकारीले प्रहरीको मान्छे ठान्न सक्छन् । यो अवस्थामा बालबालिका असुरक्षित हुनेछन् । हुनत पोशाकमा भएका विद्यार्थी पनि आन्दोलनमा सहभागी हुन सक्छन् तर उनीहरू संस्थागतरूपमा अग्रीम जानकारी दिएर मात्रै आन्दोलनमा उत्रने गरेका छन् । विद्यालय पोशाक लगाएको छ भने जस्तोसुकै हुलमुल र झडपमा पनि विद्यार्थी सहजै खुट्याउन सकिन्छ । आन्दोलनकारीले आफ्नो हितअनुकूल हेर्ने हो भने पनि विद्यालय पोशाक जरुरी छ । किनभने पोशाकबिनाको विद्यार्थी जताततै हिंड्दा बजार बन्द नरहेको भान हुन्छ । तर विद्यार्थीहरू विद्यालय पोशाक लगाएर हिंडेका छन् भने सर्वसाधारण नभई विद्यार्थीको चहलपहल हो भनेर बुझ्न सहज हुन्छ । अझ महत्त्वपूर्ण पक्ष त के हो भने विद्यालय पोशाक लगाएर विद्यालय जाँदा बालबालिकाले आफू अरू विद्यार्थी साथीहरूलाई समान हैसियतको रूपमा हेरेका हुन्छन् । पोशाकमा रहँदा ससाना बालबालिकालाई आफू कमजोर आर्थिक अवस्थाको छु भन्ने ग्लानी वा सम्पन्न छु भन्ने घमण्ड महसुस हुँदैन । हाल पोशाक नहुँदा विद्यालयलाई सम्पन्न वर्गले आफ्नो सम्पन्नता देखाउने स्थलको रूपमा परिणत गरेको छ । उनीहरूका बालबालिकाले महँगा कपडा दिनै परिवर्तन गरेर जाने भए । निम्न आयस्तरका बालबालिकाहरूले आफूलाई कमजोर महसुस गर्न थालेका छन् । अभिभावकलाई समेत यसले पीडा थप्नेछ । बाल मनोविज्ञानमा पर्ने कुनै पनि प्रभावले दीर्घकालीन असर पार्न सक्छ ।
आन्दोलनरत मोर्चाले प्रारम्भदेखि नै सकभर जनभावनाअनुरूप नै चल्न खोजेको पाइन्छ । बजारमा
ढु·ामुढा गर्न छाडेर सीमानाकामा गएर शान्तिपूर्ण धर्नामा बस्ने कार्य जनताको सुझाव अनुसार नै भएको हो।
त्यसैगरी मोर्चाले गरेको विद्यालय खोल्ने निर्णय पनि जनभावनाको कदर गर्दै भएको हो । पर्वमा छुट दिने, साँझ बिहान बजार खुल्न दिने, अति आवश्यक कामको लागि मोटरसाइकल चल्न दिनेलगायतका मोर्चाका निर्णयहरूले जनसमुदायको तर्फबाट सम्मान, समर्थन र स्वागत पाएको
छ । यसैगरी विद्यार्थीको पोशाकको सवालमा पनि जनभावनाअनुरूप मोर्चाले आफ्नो निर्णय पुनर्विचार गर्ने हो भने सुनमा सुगन्ध हुनेछ ।