अनन्तकुमार लाल दास
केही यस्ता शिक्षकहरू पनि हुन्छन् जो केही विद्यार्थीको प्रगति वा उन्नतिलाई सम्पूर्ण कक्षाले राम्रो गरिरहेको वा प्रगति गरिरहेको ठान्छन् । के तपाईं पनि तीमध्ये एक हुनुहुन्छ ? आजभोलि सबैभन्दा बढी सुनिने कुरा यही हो । कोही भन्छ–मेरो विषयमा चारजनाले उत्कृष्ट अड्ढ हासिल गरेका छन् भने कोही भन्छ–मेरो विषयमा पन्ध्रजनाले उत्कृष्ट अड्ढ ल्याए । चारजना भन्ने शिक्षकको कक्षामा ७० जना विद्यार्थी हुन्छ भने पन्ध्रजना भन्नेको कक्षामा १८० जना । त्यस्ता शिक्षक दुई–चारजना विद्यार्थीले राम्रो गरेकोलाई सम्पूर्ण कक्षाले नै राम्रो गरिरहेको ठान्छन् । यस्तो धारणा सम्पूर्ण शिक्षण प्रक्रियाको लागि खतराको सूचक हुन गएको छ तर हाम्रो ध्यान त्यतातिर छैन । यस धारणा अनुरूप भएको शिक्षण सिकाइबाट केही विद्यार्थीको शैक्षिक स्तर र उनीहरूद्वारा गरिने शैक्षिक क्रियाकलापको प्रदर्शन राम्रो भए तापनि बाँकी विद्यार्थीको प्रदर्शन कस्तो हुन्छ भन्ने कुरा यस आलेखको माध्यमले छलफलमा ल्याउने जमर्को गरिएको छ ।
सबैभन्दा पहिले कुरा गरौं दुई–तीन जना विद्यार्थीहरूमाथि मात्र ध्यान दिएपछि हुने खतरा सम्बन्धमा । यदि दुई–तीन जना विद्यार्थीले कुनै विषय राम्ररी बुझ्छन् भने हामी बाँकी विद्यार्थीले पनि त्यसलाई राम्ररी बुझेको ठान्छौं । यदि तपाईं भूलवश वा लागेको बानी अनुसार यस्तो ठान्नुहुन्छ भने अब सतर्क हुनुपर्छ । कुनै पनि विद्यालयमा अध्यापन गराउँदा विषयवस्तुको समझ, सञ्चार गर्ने तरिका र बालमनोविज्ञानको समझले शिक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । मेरो यस कुरालाई हावामा उडाउँदै यदि तपाईं भन्नुहुन्छ–“म त स्यानो कक्षामा पढाउँछु । त्यहाँ यस्ता ठूला–ठूला कुराका लागि कुनै ठाउँ छैन । हामीकहाँ पढ्ने विद्यार्थीको स्थिति विदेशी विद्यार्थीभन्दा भिन्न छ ।” तपाईंको भनाई शतप्रतिशत सही हो तर तपाईं कहाँ पढ्न आउने विद्यार्थीहरू विदेशमा पढ्ने केटाकेटीजस्तै छन् भन्ने कुरालाई तपाईंले स्वीकार गर्नैपर्छ । यदि उनीहरू केटाकेटी हुन् भने उनीहरूको मानसिक बनोटलाई तपाईंले बुझ्नुपर्ने हुन्छ । उनीहरूको व्यवहार एउटा शिक्षकले जान्नैपर्छ । उनीहरू कसरी आफ्नो परिवेशसँग सम्बन्ध स्थापित गर्छन् भन्ने कुरा बुझ्नैपर्छ । कसरी उनीहरू कुनै प्रश्नको जवाफ बेग्लाबेग्लै तरिकाले दिन्छन् र कुनै कुरो सिक्नका लागि कुन प्रकारको विशिष्ट माध्यम अख्तियार गर्छन् ?
केही विद्यार्थी धेरै लोकप्रिय पद्धति द्वारा सिक्छन् भने केही आफ्नै विशिष्ट माध्यमले त्यस विषयलाई ग्रहण गर्छन् र त्यसमाथि आफ्नो तरिकाले समझ विकसित गर्छन् । यसै सन्दर्भमा केटाकेटीहरूको मनोविज्ञान जान्ने र बुझ्ने आवश्यकता पर्छ । मनोविज्ञानलाई मानसिक प्रक्रिया, अनुभव र व्यवहारको वैज्ञानिक अध्ययनको रूपमा हेरिन्छ । यसै दृष्टिकोणले शिक्षा मनोविज्ञानलाई पनि कक्षा कोठाको व्यावहारिक परिदृश्यको सन्दर्भमा हेर्ने वर्तमानको आवश्यकता रहेको छ । यहाँ ध्यान दिनुपर्ने कुरो के हो भने कक्षा कोठामा विद्यार्थीहरूलाई पढाउँदा केही विद्यार्थीमाथि ध्यान दिएर सबैले के सिकिरहेका छन् भन्ने कुराको वास्तविक मूल्याड्ढन गर्न सकिंदैन । कुनै कुरो बुझ्न उनीहरूलाई कहाँ गार्हो भइरहेको छ, कसलाई कस्तो सहयोग आवश्यक छ, कसमा कस्तो प्रतिभा लुकेको छ, कुन विद्यार्थीले सही दिशामा प्रगति गरिरहेको छ वा छैन, कसले निरन्तर राम्रो प्रदर्शन गरिरहेको छ, कसलाई अगाडि बढ्नको लागि स्वतन्त्ररूपले पढ्ने र काम गर्ने बढी अवसर प्रदान गर्ने आवश्यकता छ जस्ता कुराहरू केही खास विद्यार्थीहरूमाथि ध्यान दिएर बुझ्न सकिन्न ।
यस कारण प्रत्येक शिक्षकले कक्षा कोठामा उपस्थित सबै विद्यार्थीसँग संवाद गर्ने चेष्टा गर्नुपर्छ र कक्षा कोठाको अन्तिम विद्यार्थीसम्म पुग्ने सुनिश्चित गर्नुपर्छ । यस सन्दर्भमा सधैं यो कुरा भन्नैपर्छ–“कुनै पनि विद्यार्थी नछुटोस् ।” प्राथमिक शिक्षामाथि ध्यान केन्द्रित गर्दा कक्षा १ मा पढ्ने कम उमेर समूहका विद्यार्थीहरूको सिक्ने गति र अन्य कक्षामा पढ्ने विद्यार्थीहरूको गतिमा तुलनात्मक रूपले धेरै फरक पाउन सकिन्छ तर यो कुरो त्यस शिक्षकले मात्र बुझ्न सक्छ जसले त्यस विद्यार्थीको व्यवहार बुझ्ने कोशिश गर्दछ । यदि शिक्षक पढाउँदाखेरी विद्यार्थीहरूलाई हप्काउँछन् भने विद्यालयमा आउने नयाँ विद्यार्थीहरूमाथि के असर पर्छ ? ससाना विद्यार्थीहरू किन आफ्ना दाजु वा दिदीसँगै बस्न खोज्छन् ? उदाहरणका लागि विद्यालयमा भर्ना एउटी सानी केटी जसको उच्चारण सफा छ र उसको आवाजमा पनि मिठास छ, ऊ विस्तारै विद्यालयको वातावरणमा घुलमिल गर्न खाज्दैछे । यदि उसलाई कुनै कुरो सिक्नका लागि हप्काइन्छ वा उसमाथि कुनै शिक्षक रिसाउने नक्कल गर्दा पनि ऊ रुन थाल्छे । यहाँ शिक्षकले केटाकेटीलाई ‘केटाकेटी’ नठान्ने परिस्थिति नै बढी जिम्मेवार रहेको दर्शाउँछ । कलिलो उमेरका केटाकेटीले नसिकेमा शिक्षकले उसलाई जिम्मेवार ठान्नुहुन्न । एउटा शिक्षकले केटाकेटीहरूको आँसु र खुशी दुवैको लागि सोच्नुपर्छ । अनि मात्र सबै विद्यार्थीको विकास एकनासले सम्भव हुन्छ ।
यदि कुनै शिक्षकले कक्षाका केही खास विद्यार्थीमाथि मात्र ध्यान दिन्छन् भने यस परिस्थितिमा के हुन्छ ? यस परिस्थितिमा तपाईं सबै विद्यार्थीको जिम्मेवारीबाट मुक्त बन्नुहुन्छ र तपाईंको सम्पूर्ण ध्यान केही खास विद्यार्थीमाथि मात्र केन्द्रित हुन पुग्छ । यस परिप्रेक्ष्यमा एउटा शिक्षकले कक्षाको सफलतालाई ती खास विद्यार्थीहरूको सफलताको पर्याय बुझ्न थाल्छ । जसको परिणामस्वरूप कक्षा कोठामा बस्ने बाँकी विद्यार्थीहरू शिक्षकको उपेक्षाका शिकार बन्छन् र यसरी उनीहरूमा पढाइप्रति रुचि घट्दै जान्छ । यसको असर सिकाइ उपलब्धि र परिणाममाथि पनि पर्न जान्छ । यसबाट दुई–चार विद्यार्थीको सिक्ने ग्राफमा बढोत्तरी हुन्छ तर बाँकी विद्यार्थीहरूको सिक्ने ग्राफ दिन प्रतिदिन तल झर्दै जान्छ । यस कारण त्यस कक्षाको औसत प्रदर्शन सामान्यभन्दा तल झर्छ । आफ्नो पेशाप्रति समर्पित शिक्षकहरूलाई यस स्थितिले सन्तुष्टि र खुशी प्रदान गर्दैन । उसलाई के महसुस हुन्छ भने मैले सबै विद्यार्थीसँग समान व्यवहार गरेको छैन ।
यस सँगसँगै वर्तमानमा विद्यार्थीहरूको सन्दर्भमा अर्को प्रश्न पूर्वाग्रहको पनि देखा परेको छ । यदि हामी शिक्षकहरूले यी केटाकेटीहरू ज·ली छन्, दलित वा आदिवासी छन्, यिनीहरू गाउँले केटाकेटीहरू जस्तै छन्, फलाना–फलाना विद्यार्थीको अभिभावकहरूले आआफ्नो सन्तानमाथि ध्यानै दिदैनन्, यिनीहरूलाई पनि घर गएपछि पढाइसँग कुनै मतलब हुँदैन, यिनीहरू कुनै पनि हालतमा पढ्न सक्दैनन्, यिनीहरूलाई सिकाउनु भनेको परिश्रम खेर फाल्नु हो जस्ता पूर्वाग्रहयुक्त सोचले कहिलेकाहीं काम गर्ने उत्साह, जोश, लगन र शिक्षण पद्धतिलाई समेत प्रभावित गर्न थाल्छ । यसर्थ एउटा शिक्षकले यस्ता विचार र अवधारणाबाट मुक्त भई काम गर्नुपर्छ । यसरी काम गर्नको लागि शिक्षकहरूले स्वयंको आचरण वा दृष्टिकोण परिमार्जन गर्दै अनुभवको झ्याल सधैंं खुला राख्नुपर्छ ।
एउटा शिक्षकको रूपमा हामी सबैले विद्यार्थीहरूलाई अध्यापन, उनीहरूभित्र रहेको समझको परिमार्जन र जीवनप्रति व्यापक दृष्टिकोण निर्माण गरिरहेका हुन्छौं । आआफ्नो व्यवहारले उनीहरूको जीवनमाथि एउटा छाप पारिरहेका हुन्छौं । यस कारण प्रत्येक शिक्षकले समयानुसार आफूलाई ‘अपडेट’ गरिराख्नुपर्छ । यसको लागि निरन्तर अध्ययन, मानिससँग संवाद र शिक्षाको क्षेत्रमा भइरहेको परिवर्तनलाई बुझ्नु अति आवश्यक छ । यो समय सँगसँगै हिंड्नको लागि पनि आवश्यक छ किनभने हामीले भावी जागरुक नागरिक निर्माणको कार्य बढी जिम्मेवारी र सक्रियतापूर्वक गर्न सकौं । अन्त्यमा म यति मात्र के भन्न चाहन्छु भने एउटा शिक्षकको रूपमा हामी सबैले निरन्तर केही न केही सिक्ने र बुझ्ने प्रयास जारी राख्नुपर्छ किनभने सिकाइको कहिल्यै अन्त्य हुँदैन ।