शङ्करमान
चार तारे झन्डा दशरथ र·शालामा फरफराइएको थियो । हजारौं मानिस त्यहाँ एकात्रित भएका थिए । नेपाली काङ्ग्रेसले विजयादशमीको अवसरमा शुभकामना आदानप्रदान एवं चियापानको कार्यक्रम आयोजना गरेको थियो । उक्त आयोजना विपी कोइराला पुस १६, २०३३ साल स्वदेश फर्केपछि मेलमिलाप, सहमति र सहकार्यबाट प्रजातन्त्रको सुदृढीकरण हुन्छ भन्ने मान्यताका साथ २०३५ सालदेखि काङ्ग्रेसले प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिनदेखि शुभकामना आदानप्रदान गर्दै आएको हो र यसपालि पनि विपीको सिद्धान्त र आदर्शलाई निरन्तरता दिन चियापान कार्यक्रम आयोजना गरिएको थियो । तर हाँसो लाग्छ, मेलमिलाप, सहमति र सहकार्य जस्ता शब्दहरूलाई कार्यक्रमको मेनुमा राखिएको भन्दा । त्यसमा पनि उक्त कार्यक्रमले मात्र ती शब्दहरूलाई अघि सारेको थिएन, त्यस कार्यक्रमले विपीको आगमनको व्यथा पनि उजागर गरेको थियो । एकपल्ट फेरि अतीतका ती स्मृतिलाई घचघच्याएको थियो ।
वास्तवमा विपीको नेपाल आगमनको पछाडि मुलुकको राष्ट्रियता कमजोर भएको बेला प्रवासमा बस्नुभन्दा स्वदेश फर्केर राष्ट्रियता जोगाउन सकिन्छ भन्ने थियो । कारण–तत्कालीन भारतीय प्रधानमन्त्री श्रीमती इन्दिरा गाँधीले विपीलाई आफ्नो इच्छा–मार्गमा हिंड्न र नेपालको प्रधानमन्त्री बन्न इशारा गर्दा विपीले इन्दिरा गाँधीको इच्छा मान्नुभन्दा नेपालम् जानु श्रेयस्कर ठाने । तर नेपाल जानु त्यति सहज भने थिएन । यसबारे २०३३ साल मङ्सिरतिर नेपाली काङ्ग्रेसका नेता खनपरूदे ‘रामबाबू’ विपीलाई भेट्न बनारस जाँदा विपीले उनलाई सोधेका थिए– “रामबाबु १ गणेशमानजी भारतमा बसे स्लो प्वाइजन नेपालमा जाँदा सुसाइड भन्नुहुन्छ । यसबारे तपाईंको विचार के छ ?” त्यस बेला रामबाबूले भने–“स्लो प्वाइजनवाला कुरा ठीक छ तर नेपाल जाँदा सुसाइड चाहिं होइन, मृत्युदण्ड भयो भने शहादत प्राप्त हुन्छ । विपीले राष्ट्रियता बचाउन मृत्यु वरण गर्न स्वदेश फर्के, मेलमिलापको नीति लिएर । र ‘राजा र मेरो घाँटी जोडिएको छ’ पनि भने– राष्ट्रियताको सवालमा । आज राजा छैनन् । राजाको ठाउँमा गणतन्त्र छ । त्यसैले राष्ट्रियतामाथि प्रश्न तेर्सिएको त हैन ?
इतिहासका पानामा यी दृष्टान्तलाई कोट्याउनु असान्दर्भिक भने कदापि होइन । किनभने विपीले आयोजना गरेको चियापान कार्यक्रमको मर्म मेलमिलाप, सहमति र सहकार्य सिद्धान्त आज कता छ ? विपीले राष्ट्रियताबारे भन्ने गरेका थिए– राष्ट्रमाथि सड्ढट आइपर्दा सबै राजनैतिक शक्तिहरू एकजुट हुनुपर्दछ । तर आज ती शक्तिहरूलाई प्रश्न तेर्साउन सकिन्छ जुटेर, फेरि फुट्नुको अर्थ ?
विपीले सञ्चालन गरेको चियापान कार्यक्रम मात्र तातो चियाको चुस्की लिनु थिएन । एक ठाउँमा एकत्रित भई हाँसो गर्नु पनि थिएन । भेटघाटमा वर्तमान राजनीतिको चिरफार गरी घर फर्कनु पनि थिएन । वास्तवमा उक्त कार्यक्रमको उद्देश्य ‘वर्तमान’को राजनीतिलाई गहिरो रूपमा आत्मसात गर्नु थियो । तर के चियाको चुस्कीसँगै नेपाली काङ्ग्रेस लगायत उपस्थित आदि/इत्यादि पार्टीका शीर्षहरूले मेलमिलाप–सहकार्यका सिद्धान्त आत्मसात गरे ? प्रश्न कति गर्ने ? प्रश्नमाथि प्रश्न ।
आज विपीको आदर्श र चिन्तनको खाँचो छ । विपीले राणा शासन हटाउन नेपाल प्रजातन्त्र पार्टी र नेपाली राष्ट्रिय काङ्ग्रेसलाई एक ठाउँमा राखी नेपाली काङ्ग्रेस बनाए । त्यही आदर्शलाई पछ्याएर २०४६ सालमा गणेशमान सिंहले कम्युनिस्टसँग, २०६२/६३ मा एमालेसहित माओवादीसँग (अप्रत्यक्ष) मिलेर आन्दोलन गरे । राजनैतिक पार्टीहरूसँग मेलमिलाप नहुँदा संविधानसभाको पहिलो अवस्था सबै सामु छर्ल· छ । मेलमिलाप हुँदा संविधानको जन्म भएको छ । तर आज नयाँ संविधानलाई कार्यान्वयन गर्नको लागि फेरि मेलमिलापको नीति आवश्यक भएको छ ।
पार्टीहरूबीच सहमति हुँदा राष्ट्रिय स्वाभिमान जोगाउन सम्भव भएको छ । तर मधेस आन्दोलनको स्वभाव र प्रकृति यस बेला सबै राजनैतिक पार्टीहरूले गम्भीरताका साथ संवेदनशील भई बुझ्नु आवश्यक छ ।
मधेस आन्दोलनले मधेसमा बस्ने समुदायलाई मात्र मेलमिलाप शब्दको अर्थ बोध गराएको छैन । यस आन्दोलनले सारा नेपालीलाई यस शब्दको अर्थ प्रस्ट्याएको छ । यस आन्दोलनमा ऊर्जा थप्ने र यस क्षेत्रका सबै जातजातिको उत्साहवर्धक सहभागिताबाट मधेसमा बस्ने सबैबीच मेलमिलापको अर्थ प्रस्टयाएको छ । साथै मधेस आन्दोलनरत दलहरूबीच पनि मेलमिलाप बढाएको छ । त्यसै कारण आजसम्म यस आन्दोलनले गति प्राप्त गर्न सकेको छ ।
आज राष्ट्र संवेदनशील घडीमा उभिएको छ । तर पनि पार्टीहरूबीच मेलमिलाप मात्र एउटा औपचारिक शब्द बन्न पुगेको छ । राष्ट्रपति निर्वाच्नमा नेपाली काङ्ग्रेसबाट कुलबहादुर गुरुङ, एमालेबाट विद्या भण्डारीलाई प्रत्याशीको रूपमा उभ्याइएको छ । नेपाली काङ्ग्रेसले यसलाई प्रजातन्त्रको सौन्दर्य भने पनि वास्त्वमा राष्ट्रको अगाडि चुनौती खडा भएको अवस्थामा प्रजातन्त्रको सौन्दर्य कायमै हुन्छ भनेर आशावादी बन्ने स्थिति देखिंंदैन ।
आज पनि सहमति र सहकार्य एवं मेलमिलापबाटै राजनैतिक पार्टीहरूबीच मतभिन्नता हटाई राष्ट्रलाई अग्रगमनको बाटोमा अग्रसर गराउनुपरेको छ । त्यसैगरी मधेस आन्दोलनको समस्या समाधान गर्न सबै पार्टीहरूले मेलमिलापकै नीति अपनाएर निकासको बाटो पहिल्याउनुपर्दछ । किनभने मधेस पनि नेपालभित्रै छ । फरक यति कि यो क्षेत्रको भूभाग १७ प्रतिशत छ । तर देशभित्र मधेसी समुदाय, आदिवासी, जनजाति, खसलगायत मुस्लिम पनि छन् । ती सबै मिले, जुटे, मुलुक बन्छ । मुलुक त एउटा फूलवारीसरह हो, सबै प्रदेश अनि सबै जातजाति समुदायका फूलहरू राम्ररी फुल्न सके फूलवारीभित्र सुगन्ध फैलिन सक्छ । तर क्याक्टसको फूलले भरिएको फूलवारी हो भने हेर्नमा त राम्रो लाग्छ तर सुगन्ध प्राप्त हुन सक्तैन ।
कजबलपबचकजचभकतजबज्ञठ२थबजयय।अयm