प्रस, वीरगंज, १२ कात्तिक/
मधेस आन्दोलनपछि सहमतिको आधारमा जारी भएको अन्तरिम संविधानमा उल्लिखित बुँदाहरू छोडेर नयाँ संविधान जारी गरेको कारण मधेसी जनता आन्दोलित भएको तमलोपाका अध्यक्ष महन्थ ठाकुरले बताए ।
वीरगंजको होटल पूजनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ८ बुँदे र २२ बुँदे सहमति अनुसार मधेस स्वायत्त प्रदेश बनाउने सहमति भएको तथा राज्य पुनर्संरचना अन्तर्गत झापादेखि कैलालीसम्म तराई मधेसको भूभाग रहेको राज्य पुनर्संरचना आयोगले ठहर गरी प्रतिवेदन बुझाए पनि सोविपरीत निर्णय गरिएको विरोधमा मधेसीहरू असन्तोष जनाउँदै आन्दोलनमा उत्रिएको बताए ।
उनले राज्यले वार्ताको नाममा मधेसीको हक अधिकार खोस्ने कार्य गरिरहेको आरोप लगाए । हामीले नयाँ माग नराखेको, विगतदेखि माग्दै आएको वार्ता, समझदारी, सहमतिको आधारमा आन्दोलन टु·याउन प्रयास गरिरहेको अध्यक्ष ठाकुरले बताए । तर सरकारले वार्ता गर्न नचाहेको उनको आरोप छ । आज हुने वार्ता अघि नै राज्यसँग सेना परिचालन रोक्नुपर्ने, राहत, क्षतिपूर्ति, शहीद घोषणा, निश्शुल्क उपचार, थुनामा रहेका व्यक्तिहरूको मुद्दा फिर्ता लिए मात्र वार्तामा बस्ने भनी दिएको ५ बुँदे सहमतिपत्रको राज्यले बेवास्ता गरेको आरोप लगाए ।
अध्यक्ष ठाकुरले वार्तालाई परिणामुखी बनाउन मधेसी मोर्चा अगाडि बढे पनि सरकारले बेवास्ता गरेको बताए । अन्तरिम संविधान अनुसार जनसङ्ख्याको आधारमा प्रतिनिधित्व, समानुपातिक समावेशी नागरिकता र अन्य मुद्दा पहिचान गरी राज्यलाई जानकारी गराए पनि आजसम्म राज्यले बेखबरजस्तो कुरा गरेको उनको आरोप थियो ।
सरकारले मधेस आन्दोलनलाई हिंसात्मक बनाउन खोजेको भन्दै राज्यले मधेसी जनताको बेवास्ता गरेको कारण मधेसी जनता अहिले घरघरबाट बाहिर निस्केर आन्दोलनमा ऐक्यबद्धता जनाउने गरेको बताए । जनताको सुरक्षाको जिमेवारी सरकारको रहेकोले जनताले के चाहन्छ सरकारले नै बुझ्नुपर्ने उनले बताए ।
प्रधानमन्त्री केपी ओलीमाथि कटाक्ष गर्दै सरकार परिवर्तनसँगै मधेसी मुद्दा पनि ओझेलमा परेको उनले बताए ।
पत्रकार सम्मेलनमा सभासद् रमेश कुर्मी, महामन्त्री जीतेन्द्र सोनललगायत अन्य नेता, कार्यकर्ताहरूको उपस्थिति थियो ।