प्रस, वीरगंज, १० कात्तिक/
वीरगंज–२६ सबैठवा निवासी २० वर्षीय रामदिनेश कुशवाहा म·लवार शड्ढास्पद अवस्थामा मृत फेला परेका छन् ।
ड्राइपोर्ट–परवानीपुर सडकखण्ड गण्डक नहरदेखि दुई सय मिटर उत्तर धानखेतमा कुशवाहाको शव फेला परेको हो । स्थानीय बासिन्दा आज बिहान नित्यक्रम गर्न जाँदा मृतक कुशुवाहलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवनजिकै ना.१६ प १२१८ नं.को मोटरसाइकल रहेको थियो । सो मोटरसाइकल कुशवाहाकै रहेको बताइएको छ ।
मृतक कुशवाहाको शरीरमा घाउका खतहरू देखिएका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा हत्या भएको हुन सक्ने बताइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । पारिवारिक स्रोतका अनुसार कुशवाहा आज बिहान ३ बजे घरबाट दाइको ससुराली जान भनी हिंडेका थिए । मृतकका दाइ रामप्रसाद कुशवाहाले भाइ बिहान घरबाट आफ्नो ससुराली जान भनी निस्किएको जानकारी गराए ।
मृतकका परिवारजनसँगै एमाले पर्साका नेता तथा कार्यकर्ताहरूले प्रजिअ केशवराज घिमिरेसँग भेट गरी घटनाको अनुसन्धान गरी दोषीलाई कारबाई गर्न माग गरेका छन् । दोषी फेला नपरेसम्म शव नबुझ्ने परिवारजनले बताए । मृतक कुशवाहाको शव नाउक्षे अस्पतालमा राखिएको छ ।