देशलाई आज चौतर्फी दशाले घेरेको छ । यो दशा केही प्रकृतिले र केही मानवकृत अर्थात् शासकहरूको नादानीले निम्त्याएको हो । प्राकृतिक दशाले गरेको बिगार समयक्रममा सप्रँदै जान्छ, तर शासक अर्थात् राजनीतिक दलहरूको अविवेक तथा नासमझीले उत्पन्न दशा सपार्न सहज हुँदैन । किनकि मानिसमा अहं हुन्छ, इगो हुन्छ र आफूले गरेको काम गलत नै किन नहोस्, गलत भन्ने मानसिकता हुँदैन । त्यसैले नेपालले भारतबाट तीनपटक घोषित वा अघोषित नाकाबन्दी खेप्नुपरेको छ । अझ कतिपटक खेप्नुपर्ने हो, आजै अडकल गर्न सकिंदैन । किनभने तात्त्विकरूपमा नेपाली राजनीतिक दलहरूमा देशप्रति माया र त्यसको संवरणको आँट उत्पन्न हुन सकेको छैन । आफूलाई मात्र केन्द्रमा राखेर सोच्ने परिपाटीले यस्तो अवस्था सिर्जना भएको हो, अन्यथा अविवाहित, पदप्रति निर्लोभी मानिएका सुशील कोइरालालाई आफ्नै प्रतिबद्धता लत्याउँदै प्रधानमन्त्री पदमा उठ्नुपर्ने बाहय दबाब नै परे पनि उनको विवेक सुतेकैले उनको पार्टीले यो हविगत बेहोर्नुपर्यो र सहकार्यका साथी त छुटेछुटे पैचौं पाएको साथीहरूले पनि साथ दिन मानेनन् ।
आज राष्ट्रपतिजस्तो देशको गरिमामय पदमा लड्नका लागि काङ्ग्रेसको साथ कोही पनि छैन । नेपालको प्रजातान्त्रिक राजनीतिक इतिहासमा सबैभन्दा पुरानो र निरन्तर सङ्घर्ष गरेको पार्टी आफ्नै सहकर्मीहरूबाट बहिष्कृत हुनुमा राजनीतिक सिद्धान्त तगारो बनेको होइन, अपितु सहमतिको विच्छेदनले यो दुर्दशा निम्त्याएको हो । यो किन र कसरी भयो भन्ने विश्लेषण आवश्यक छैन । नेपालको शासनको इतिहास पल्टाउने हो भने जसले पनि राजनीतिबाजहरूलाई यसैगरी पल्टनबाजी ख्वाएको छरपस्ट देखिन्छ । २००७ सालपछि विपी र मातृकाबीचको द्वन्द्वबाट आरम्भ भएको यो कथा अन्तर्यमा सबै पार्टीभित्र लागू भएको छर्ल· छ, त्यसैले सुशील कोइरालाले पदका लागि कसैको स्वार्थपूर्तिको साधन बनेको कुरालाई नेपालमा अनौठो मान्न सकिन्न । अमेरिका र युरोपजस्तो महादेशका राजनीतिक उच्च पदाधिकारीहरू एक वा दुईपटक पदमा बसेपछि पुन: चाहना नगर्ने नेपालमा भने मसानमा खुट्टा पुगुन्जेल पदको चाहना नमेटिने गजबको परम्परा देखिएको छ । झन् काम गर्दा कुनै बिगार भएर पदमा बस्नेले नैतिक जिम्मेवारी लिएर पद छाड्ने कुरा त सोच्नै सकिन्न । बरु गल्ती गरेको प्रमाणित भए पनि घोक्रयाएर ननिकालेसम्म पद छोड्ने चाहना कसैले गरेको इतिहास छैन ।
यी कुरामा शब्द खेर फालेर अब वर्तमान दु:ख भोगाइ भोलि पनि भोग्नु नपरोस् भनेर परराष्ट्र नीति तथा आर्थिक नीतिमा क्रियागत परिवर्तन ल्याएर कसैको पनि घोषित वा अघोषित नाकाबन्दीबाट देश र देशवासीले कुनै अप्ठेरो भोग्नु नपरोस् भन्ने कार्ययोजना बनाउनुपर्दछ । अहिले जे गर्दा पनि, देशलाई कुभलो नहुनेगरी कसैले मुख खोल्ने अवस्था छैन । किनकि हिजोको स्थापित सम्बन्ध र नीतिमा भ्वाङ परिसकेको छ र त्यसको जिम्मेवार नेपाल हुँदा पनि होइन भने हामीले नयाँ सोच बनाएर नयाँ पाइला चाल्न धक मान्नुहुँदैन । नेपाली जनता कति सहनशील र धैर्यशील छ भन्ने कुरा विगतमा भएका बन्द–हडताल र आन्दोलनलगायत घटनामा देखिसकिएको छ । झन् अहिलेको दुई महिनाभन्दा लामो समयदेखि जारी आन्दोलनलाई जसरी संयमित भएर जनताले यावत् पीडा सहेको छ, त्यसको मान राख्न पनि ठोस निर्णय लिनु राजनीतिक दलहरूको दायित्व हो ।