प्रस, वीरगंज, ११ कात्तिक ।
वीरगंज–रक्सौल मितेरी पुलमा विगत ३६ दिनदेखि नाकाबन्दी गरी बसेका मधेसी मोर्चाका नेता, कार्यकर्तासहित आम मानिसले आज पनि नाकाबन्दीलाई निरन्तरता दिएका छन् ।
साउन २९ गतेदेखि गरिएको आम हडताल र असोज ७ गतेदेखि गरेको नाकाबन्दीमा आज अन्य दिनको तुलना पर्सा, बाराबाट समर्थनमा मानिसहरू कमै आए । लगातार टयाक्टर, मोटरसाइकल, साइकल र पैदल पर्सा, बाराका विभिन्न गाविसबाट ठूलो सङ्ख्यामा मानिसहरू मितेरी पुल पुगेर नाकाबन्दीमा सहभागिता जनाउँदै आएका थिए ।
आज पनि बाराको कबही, कुहडीलगायत गाविसबाट टयाक्टरमा मानिसहरू मधेसी एकता जिन्दाबाद, मधेसको माग पूरा गर, जय मधेसको नारा लगाएर मितेरी पुल पुगी आन्दोलनमा सहभागिता जनाएका थिए ।
प्रस, रौतहट ११ कार्तिक/
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा आयोजित आम हडतालप्रति रौतहट ब्राहमण समुदायले आज सदरमुकाम गौरमा जुलुस प्रर्दशन गरी समर्थन जनाएको छ ।
रामजानकी धर्मशालाबाट शुरु भएको जुलुस नगर परिक्रमा गर्दै नेपाल–भारत सिमानामा रहेको नाकाबन्दीस्थल पुगी सहभागी भएको थियो ।
ब्राहमण समाज रौतहटका अध्यक्ष राधेश्याम झाको सक्रियतामा जुलुस प्रदर्शन भएको हो ।
रौतहटका विभिन्न गाविसमा रहेका ब्राहमण समुदायका मानिस मधेसी एकता जिन्दाबाद, शहीद सबैको समान गरौं, मधेस आन्दोलन सफल पारौ जस्ता नारा लगाउँदै जुलुसमा सहभागी भएका थिए । हजारौंको सङ्ख्यामा आएका ब्राहमण समुदायले गौर भरिएको थियो ।