शीतल महतो
हाम्रो समाजमा एउटा बहुप्रचलित उखान छ, “जुन जोगी आए पनि कानै चिरेको ।” नेपाली राजनीतिमा यसको अर्थ सबै दल उस्तै उस्तै हो भन्ने हुन्छ । हुनत दलहरूले विभिन्न रङ र वादमा आफूलाई फरकफरक देखाउन चाहन्छन् । सिद्धान्तत: लोकतन्त्रमा दलहरूलाई समाजको फरक मनोविज्ञान, वर्गीय आधार र विविधताको प्रतिविम्बको रूपमा लिने गरिन्छ । समाजमा बहुस्वार्थ र बहुविचारहरू हुन्छन् । राज्यसत्ता यस्तै फरक स्वार्थ र विचारहरूको द्वन्द्व र व्यवस्थापनको शासकीय संरचना हो । हाम्रो समाजको मनोविज्ञान, सामाजिक र आर्थिक सम्बन्ध तथा संरचनामा पनि यस्तै विविधताहरू रहेका छन् । त्यसैले दलहरूमा पनि यस्ता विविधता हुनु स्वाभाविकै नै हो । विश्वमा देखिएको राजनीतिक प्रवृत्ति पनि यही नै हो । तर पछिल्लो समयमा नेपाली राजनीतिमा सबै दललाई आम नेपाली नागरिकले उस्तै ठान्ने गरेका छन् । उनीहरूको व्यवहार र कार्यशैलीमा कुनै तात्त्विक फरक पाएको छैन । सिद्धान्त जे अपनाए पनि दलहरूको चरित्र भने उस्तै उस्तै देखिएको छ । भनिन्छ, सिद्धान्तले व्यवहारलाई दिशानिर्देश गरिन्छ तर नेपालको राजनीतिमा यो भनाइ पुष्टि भएको देखिएको छैन ।
सबै दलमा नेता, कार्यकर्ता र जनताको सम्बन्ध उस्तै उस्तै छ । सरकारमा जाँदा दलहरूको व्यवहार र कार्यप्रणालीमा खासै ठूलो फरक देखिएको छैन् । उस्तै सरकार, उस्तै नेता, उस्तै गुट–उपगुट, उही अहड्ढार, उही भ्रष्टाचार । सत्ताको स्वाद चाख्ने दलहरू सबै उस्तै उस्तै देखिन्छन् । उनीहरूको कार्यशैली, पद्धति, संस्कृति, प्रवृत्ति र जिम्मेवारीमा कुनै खास परिवर्तन देखिएन । जनतासँग गर्ने व्यवहारमा पनि दलहरूबीच फरक छैन । कसैले पनि राजनीतिलाई विकास, सामाजिक तथा आर्थिक रूपान्तरण र नेपाली जनताको परिवर्तनको चाहनालाई पूरा गर्न सकेनन् । यतिखेर समग्र मुलुक राजनीतिक जटिलताको एउटा मोडमा उभिएको छ । राजनीतिक अस्थिरता र संवैधानिक सङ्क्रमणबाट मुलुक गुज्रिरहेको अहिलेको अवस्थामा दलहरूले आर्थिक समृद्धिका लागि राष्ट्रिय सहमतिको बाटो अवलम्बन गर्न नसक्दा यस वर्ष पनि दरिलो आर्थिक विकासको सम्भावना अत्यन्त न्यून हुँदै गएको छ । नेपालमा आर्थिक विकासको प्रशस्त सम्भावना हुँदाहुँदै पनि मुलुकमा देखापरेको राजनीतिक अस्थिरताले आर्थिक क्षेत्रलाई पुन: एकपटक अन्योलताको कालो बादलले घेरेको छ । राज्यको प्राथमिकतामा परेको आर्थिक क्रान्तिको मुद्दा राजनीतिक सड्ढटसँगै भुमरी पर्ने खतरा पनि उत्तिकै बढेको छ ।
संविधानसभाबाट संविधान जारी भएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा औलीको नेतृत्वमा गठन भएको नयाँ संयुक्त सरकार आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेको छ । विशेषगरी ओली सरकारको तत्काल तीनवटा कार्य महत्त्वपूर्ण प्राथमिकतामा पर्ने देखिन्छ । ती हुन्– संविधानको कार्यान्वयनको सुनिश्चितता गरी सङ्घीयतालाई संस्थागत गर्ने र त्यसका लागि नेपालमा सङ्घीयतालाई प्रवेश गराउने मधेस आन्दोलनका मागहरूलाई सम्बोधन गरी मधेस केन्द्रित दलहरूलाई राजनीतिको मूल प्रवाहमा समाहित गराउने, मुलुकभित्र आपूर्ति व्यवस्थालाई सहज र प्रभावकारी बनाउने तथा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गरी आर्थिक विकासको ढोका खोल्ने । नेपालको लागि सङ्घीयता नयाँ अभ्यास हो । संविधानमा लागू गरिएको प्रदेशको सीमाड्ढनप्रति असन्तुष्टि जनाउँदै मधेस केन्द्रित दलहरूको आह्वानमा अढाई महिनासम्म लगातारको मधेस बन्द र एक महिनाभन्दा बढी समयसम्म लगातारको नाकाबन्दीले मुलुकको अर्थतन्त्र सड्ढटग्रस्त बन्दै गएको छ । सङ्घीयताको कार्यान्वयनसँगै प्रादेशिक संरचनाहरूको पनि गठन र निर्माण गर्नुपर्ने हुन्छ । प्रदेश सरकार, प्रादेशिक संसद्का लागि नयाँ भवन, आवास र अन्य सुविधाहरू तत्काल व्यवस्था गर्नुपर्ने हुन्छ । केन्द्रीय संसद्का सांसद र सरकार जस्तै प्रादेशिक सरकारका मुख्यमन्त्री, मन्त्री र सांसदहरूलाई पनि तलबभत्ताको व्यवस्था गर्नुपर्ने चुनौती पनि सँगसँगै आएको छ । अहिले औसतमा एउटा मन्त्रीको तलब ४८ हजार र त्यसमा सञ्चार सुविधा, मसलन्द र अन्य सुविधा गरी करिब १० हजार थपिन्छ । सांसदको तलबभत्ता ४४ हजार रुपैयाँ बराबर हुन आउँछ । त्यसमा घरभाडा, यातायात, पीएलगायतका सबै सुविधालाई जोड्दा यो करिब ८० हजार रुपैयाँ जति हुन आउँछ । यसरी प्रादेशिक सरकारका मुख्यमन्त्री, मन्त्री र सांसदहरूका लागि खर्च जुटाउनुपर्ने चुनौती एकातिर छ भने अर्कोतिर स्थानीय निकायको स्रोत व्यवस्थापन गर्ने चुनौती त सरकारमाथि छँदैछ ।
वास्तवमा कुनै पनि मुलुकमा आर्थिक सबलतालाई स्तरीय सामाजिक जीवनको मूल आधार मानिएको हुन्छ भने सड्ढटग्रस्त वा धराशयी हुन लागेको अर्थतन्त्रबाट मुक्ति पाउनका लागि आर्थिक क्रान्ति नै सबैभन्दा सशक्त हतियार हुन्छ । तर हालसम्मको आर्थिक विकासको इतिहासमा राष्ट्रको समष्टिगत आर्थिक वृद्धिदर कहिल्यै पनि ५ प्रतिशत पुगेको छैन । सन् १९५० को दशकमा नेपालमा योजनाबद्ध विकासको थालनी भएपनि हालसम्म मुलुकको आर्थिक वृद्धिदर चार प्रतिशतको अनुपातभन्दा माथि उठ्न सकेको छैन । एकातिर मुलुकको आर्थिक वृद्धिदर अत्यन्त न्यून छ भने अर्कोतिर आयको असमान वितरण प्रणालीले धनी र गरिबबीचको खाडल झन् बढ्दोक्रममा छ । संविधानसभाको दोस्रो निर्वाचनपछि नेपालको आर्थिक सूचकाड्ढहरू केही सकारात्मक देखिए पनि अहिले मुलुकमा देखा परेको राजनीतिक अस्थिरता लम्बिदै गयो भने यसले आगामी दिनमा निरन्तरता पाउनेमा आशड्ढा उत्पन्न भएको छ । आर्थिक समृद्धि र विकासको कुरा पञ्चायतकालदेखि अहिलेको लोकतान्त्रिक र गणतान्त्रिककालका प्राय: जसो सबै सरकारको प्रमुख एजेन्डा रहँदै आएको हो । अब राजनीतिक क्रान्ति सक्यो, आर्थिक क्रान्ति गर्ने बेला हो भन्ने नारा नेपालीहरूले राजनीतिक नेतृत्व र सरकारबाट सुन्दै आएको एक दशकभन्दा पनि बढी भइसक्यो तर अहिलेसम्म पनि नेपाल राजनीतिक आन्दोलनमैं रुमलिएको देखिएको छ । सरकारले चालू आर्थिक वर्षमा ६ प्रतिशत वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ । तर एसियाली विकास बैंक (एडीबी), अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ७ प्रतिशतदेखि ४ दशमलव ५ प्रतिशतमा मात्र सीमित रहने प्रक्षेपण गरेको छ । गत वर्ष नेपालको आर्थिक वृद्धिदर ३ प्रतिशत मात्र रहेको थियो । त्यसमा अढाई महिनादेखि लगातारको मधेस बन्द र एक महिनाभन्दा बढी नाकाबन्दका कारण उत्पन्न सुस्त आर्थिक क्रियाकलापले गर्दा मुद्रास्फीति दर दोहोरो अड्ढमा कायम रहने निश्चित छ । जसले गर्दा वास्तविक वृद्धिदर ऋणात्मक हुने जोखिम बढाएको छ ।
विश्वका अति जोखिमयुक्त राष्ट्रहरूको सूचीमा नेपाल ३८औं स्थानमा देखिएको छ । यो चेतावनीको अवस्था हो । दक्षिण एसियामा नेपालभन्दा अलि बढी संवेदनशील अवस्थामा श्रीलड्ढा (३४औं), ब·लादेश (३२औं) छन् भने उच्च चेतावनीयुक्त अवस्थामा पाकिस्तान रहेको छ । पाकिस्तान १३ औं स्थानमा र अफगानिस्तान आठौं स्थानमा छ । बितेको दशकमा नेपालको अवस्था सुधारात्मक भएपनि यस्ता अस्थिरताले जोखिम तह बढाउने प्राय: निश्चित छ । त्यसैले मुलुकमा स्थायी शान्ति र दिगो आर्थिक विकासको लागि सबैभन्दा पहिले मधेसको मागलाई सम्बोधन गर्नु राज्यको प्रथम आवश्यकता हो । यसले मुलुकको आर्थिक क्रियाकलापलाई अगाडि बढाउन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्न सक्छ । आन्तरिक द्वन्द्व समाधान भई राजनीति स्थिर भयो भने मात्र लगानीका अवसरहरू मुलुकमा भित्रिन्छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरू नेपालमा लगानी गर्न सक्ने वातावरण बनेमा लगानी गर्न इच्छुक देखिएका छन् । किनभने जबसम्म आर्थिक गतिविधि बढ्दैन, पूँजी निर्माण असम्भव हुन्छ र पूँजी निर्माण नभएपछि राष्ट्र समृद्ध होइन, अधोगतिमा लाग्छ । अहिलेसम्म पनि नेपालमा पूँजीवादको राम्रो विकास भइसकेको छैन र त्यसका संरचनाहरू पनि बलिया छैनन् । आर्थिक समृद्धिको लागि मुलुकभित्र औद्योगिकमैत्री लगानीको वातावरण अपरिहार्य हुन्छ । साँच्चिकै भन्ने हो भने नेपाली अर्थतन्त्र अहिले निर्वाहमुखी प्रकारको छ । यस्तो अवस्थामा आन्तरिक अर्थतन्त्रका सबै पक्ष विस्तार होइन, सङ्कुचनतर्फ गइरहेका हुन्छन् तर धन्न रेमिट्यान्सले नेपाली अर्थतन्त्रलाई जोगाइराखेको छ । आजसम्म आफ्नो धरातलीय यथार्थतामा उभिएर आर्थिक विकासका नीति बन्न र सोअनुरूप काम हुन नसक्नु नै नेपाली अर्थतन्त्र सङ्कुचनतर्फ जानुको प्रमुख कारण हो । आर्थिक समृद्धिको चिन्तन, आवश्यकता र सर्वप्रधानतालाई ख्याल गरिएन भने यसले आर्थिक परनिर्भरतालाई अझ बढी मजबुत गर्दै जान्छ ।
त्यसैले अब राज्यले मुलुकको आर्थिक समृद्धिका लागि सम्मान, स्वतन्त्रता र समृद्ध प्रदेश निर्माणको चाहनालाई संविधानमैं लिपिबद्ध गराउन आन्दोलनरत मधेस केन्द्रित दलहरूसँग घनीभूत वार्ता र संवाद गरी उनीहरूको जायज मागलाई तत्काल सम्बोधन गर्न सक्नुपर्दछ । अहिले सरकार र प्रमुख राजनीतिक दलका नेतृत्वले सुगाको रटाइको हिसाबले सार्वभौमसत्ताको गीत जति नै मीठो स्वरमा गाए पनि आम नेपाली नागरिकले उपभोग गर्ने वास्तविक स्वतन्त्रता चाहिं जीवनयापनका आर्थिक बाध्यताहरूका कारण प्रभावित भएका छन् । मुलुकले जीवनयापन र भविष्य निर्माणका अवसरहरू दिन नसक्दा यो देशलाई सराप्दै न्यून वेतनमा रोजगारका लागि लाखौं नेपाली युवा विदेशिन बाध्य छन् । अमेरिका, जापान, अस्ट्रेलिया र युरोप जस्ता मुलुकहरूमा छिर्न पाउनासाथ आफ्नो देशको नागरिकता त्यागेर त्यहाँ स्थायी बसोबास गर्न आतुर नेपाली मानसिकतालाई नेपालको खोक्रो सार्वभौमसत्ताको गौरवपूर्ण गाथाले मात्र बदल्न सक्दैन र सकेको पनि छैन । त्यसलाई बदल्ने एउटा मात्र अचूक उपाय भनेको मुलुकलाई आर्थिकरूपले सम्पन्न बनाउनु र आम नेपाली नागरिकलाई मुलुकभित्रै सुनिश्चित भविष्य निर्माणका अवसरहरू सृजना गर्न सक्नु नै हो । कजष्तबmिबजबतय२नmबष्।िअयm