प्रस, वीरगंज, १० कात्तिक/
जारी मधेस आन्दोलन र नाकाबन्दीको कारण वीरगंजमा पेट्रोलियम पदार्थ र ग्याँसको चर्को अभाव देखिएको छ भने यसको अवैध बिक्री पनि बढेको छ ।
वीरगंजमा आन्दोलनरत दुवै मोर्चाले व्यक्तिगत प्रयोजनको लागि पेट्रोलियम पदार्थ ५ लिटरसम्म भारतबाट ल्याउन पाउने आह्वान गरे पनि सीमा नाका र शहरका केही स्थानहरूमा मोटरसाइकलको मिटर हेर्ने, टयाड्ढी खोल्ने र बढी पेट्रोल पाएको खण्डमा खन्याएर नष्ट गर्ने जस्ता कार्य पछिल्ला दिनहरूमा चर्को गरी वृद्धि भएपनि अहिले केही साम्य भएको छ । शहरमा पेट्रोलियम पदार्थको अवैध बिक्री रोक्ने मोर्चाले बताए पनि सो रोक्न सकेको छैन । भारतीय नं.को मोटरसाइकलमा भारतको रक्सौलबाट पेट्रोलियम पदार्थ ल्याइ अवैध विक्रेताहरूलाई बिक्री गर्ने र उनीहरूले सो पेट्रोलियम पदार्थ चर्को मूल्यमा बिक्री गर्ने कार्य गरिरहेका छन् । मोर्चाले विभिन्न स्थानमा पेट्रोलियम पदार्थ ओसारपसारमा कडाइ गरेपछि अवैध विक्रेताहरूले पेट्रोलको मूल्यमा वृद्धि गरेका छन् ।
नाकाबन्दीपछि १७० रुपैयाँ प्रतिलिटर पुगेको पेट्रोल अहिले वीरगंजमा २०० रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको छ । यसैगरी ग्याँस पनि चर्को मूल्यमा बिक्री भइरहेको छ । रक्सौलबाट भरेको सिलिन्डर ल्याइ नेपाली सिलिन्डरमा ग्याँस रिफलिङ गरी प्रतिसिलिन्डर दुई हजार पाँच सय रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको छ । रिफलिङ गर्दा सिलिन्डरमा १२ किलोसम्म ग्याँस राख्ने गरिएको उपभोक्ताहरूले बताएका छन् । नेपाल आयल निगमको दररेट अनुसार पेट्रोल प्रतिलिटर १०३ र ग्यास प्रतिसिलिन्डर एक हजार ३ सय ८० रुपैयाँ छ ।
प्रस, रौतहट/
मधेसी मोर्चाको आह्वानमा गरिएको नाकाबन्दीको कारण रौतहटमा पेट्रोलियम पदार्थको व्यापक कालोबजारी शुरू भएको छ । रौतहटको मुख्य बजारका व्यापारीहरू अहिले डिजल र पेट्रोलको व्यापारमा लागेका छन् । दैनिक हजारौं रुपैयाँ नाफा हुने भएपछि उनीहरू पेट्रोलियम पदार्थको कालोबजारीमा लागेका हुन्।
रौतहटमा डिजल प्रतिलिटर १५० देखि २०० र पेट्रोल प्रतिलिटर २५० देखि ३०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।
सीमावर्ती भारतीय बजारबाट तस्करहरूले राति मोटरसाइकलमा पेट्रोलियम पदार्थ ल्याई ती व्यापारीहरूलाई बिक्री गर्ने गरेका छन् । कालोबजारी गर्ने अधिकांश व्यापारीले स्थानीय उपभोक्तालाई डिजल र पेट्रोल नदिएर बाहिरी उपभोक्तालाई बिक्री गर्ने गरेका स्थानीय एम्बुलेन्स चालक वीरेन्द्र साहले बताए । स्थानीयले डिजल नपाएको कारण खेतीकिसानीका साथै एम्बुलेन्स सञ्चालनमा समेत कठिनाइ भइरहेको उनले गुनासो गरेका छन् । किसान र शिक्षक पनि पेट्रोल र डिजलको कारोबारमा संलग्न रहेका चालक साहले जानकारी दिएका छन् ।
रौतहटको कटहरिया, गरुडा, शिवनगर, बड्ढुल, लक्ष्मिनिया, समनपुर, सदरमुकाम गौर, ग·ाापिपरा, श्रीसिया, लक्ष्मीपुर बेलबिक्षवा, महादेवपट्टी लगायतका बजारमा व्यापारीका साथै किसानहरू हाल तेलको व्यापारमा संलग्न छन् ।
मधेसी मोर्चाका कार्यकर्ताहरूले पेट्रोलियम पदार्थको तस्करी नियन्त्रण गर्न ठाउँठाउँमा २४सैं घण्टा निगरानी गरिरहेका भएपनि नियन्त्रण हुन सकिरहेको छैन । हाल खेतको जोताइ, धानको दाउनी जस्ता कामको चटारो परेकाले किसानहरू बाध्य भई चर्को मूल्यमा डिजल खरिद गरिरहेका छन् । त्यस्तै सार्वजनिक सवारीसाधन बन्द हुँदा चर्को मूल्यमा उपभोक्ताहरू पेट्रोल खरिद गर्न बाध्य छन् ।
जिल्ला सदरमुकाम गौर–चन्द्रनिगाहपुर सडकखण्डको दर्जनौं ठाउँमा खुल्लमखुल्ला बढी भाउमा डिजल, पेट्रोल बिक्री भइरहेको अवस्थामा स्थानीय प्रशासनबाट हालसम्म कुनै कालोबजारी गर्नेमाथि कारबाई हुन नसकेको जनगुनासो बढिरहेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटमा हालै आएका प्रमुख जिल्ला अधिकारी नरहरि बरालले पेट्रोलियम पदार्थमा व्यापक कालोबजारी भइरहेको जानकारी पाएको बताए । जिल्ला सुरक्षा समितिको आज हुने बैठकको निर्णय अनुसार कालोबजारी गर्नेहरूलाई कारबाईको दायरामा ल्याउने प्रजिअ बरालले प्रतिबद्धता जनाएका छन् ।