पप्पु सुमन, पोखरिया, ९ कात्तिक/
बडा दशैंको उपलक्ष्यमा पोखरिया क्रिकेट टीमले आयोजना गरेको टी–ट्वेन्टी नकआउट क्रिकेट प्रतियोगिताको उपाधि सतवरिया क्रिकेट टीमले जित्न सफल भएको छ ।
पोखरिया नगरपालिका कार्यालय र नवदुर्गा पूजा समिति पोखरियाको संयुक्त सहयोग तथा श्री जिल्ला उच्चा·ल रामदेव कलवार उच्च मावि पोखरियाको खेल मैदानमा पोखरिया क्रिकेट टीम र सतवरिया क्रिकेट टीमबीच आज भएको फाइनल खेलमा आयोजक पोखरिया टीमलाई हराउँदै सतवरियाले उपाधि हात पारेको हो।
निर्धारित बीस ओभरको खेलमा सतवरियाले टस जिती आठ विकेट गुमाई एक सय पैंतीस रन बनाएको थियो । एक सय छत्तीस रनको विजयी लक्ष्य लिएर खेल मैदानमा ओर्लेको पोखरिया, उन्नाइस ओभर दुई बलमा चौरासी रनमा सबै खेलाडी समेटिएपछि सतवरिया एकाउन्न रनले उपाधि जित्न सफल भएको मैचका कमेन्टेटर अब्दुल आलमले प्रतीकलाई बताए ।
आजको खेलको मैन द मैच सतवरियाका नसरूद्दिन आलम भएका थिए । प्रतियोगितामा आफ्नो टीम लाई एक सय पाँच रनको योगदान दिनुको साथै नौ विकेट लिने पोखरियाका कौशल साह गोढ मैन अफ द सिरिज घोषित भएका थिए ।
खेलमा प्रथम र द्वितीय हुने टीमलाई क्रमश: छ हजार, तीन हजार सिल्ड, मेडल र प्रमाणपत्र पोखरिया नगर सुधार समितिका संयोजक दिनेश चौहान, सङ्घीय समाजवादी फोरमका दिपनारायण रौनियार, मधेस आन्दोलन सङ्घर्ष समितिका गोवर्धन यादव तथा पूजा समितिका अध्यक्ष योगेन्द्र रौनियारले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगितामा पर्साको ग्रामीण भेगमा रहेका आठवटा क्रिकेट टीमहरूले भाग लिएको आयोजक टीमका मुनेश्वर साह कानूले बताएका छन् ।