प्रस, वीरगंज, ११ असोज/
पर्सा, रामगढवास्थित मर्नैया पुलबाट लुटिएको ४९ वटा खाली ग्याँसको सिलिन्डरमध्ये प्रहरीले अहिलेसम्म ३७ वटा फिर्ता गराएको छ ।
विन्दवासिनीको स्नेहा ट्ेरडर्सले ना.२ त ७३३९ नंंको टयाक्टरमा लोड गरी आइतवार राति ९ बजे बारा, परसौनी स्थित कारखानातर्फ लगिरहेको अवस्थामा स्थानीय युवकहरूले मर्नैया पुलमा टयाक्टर रोकेर ४५ वटा खाली सिलिन्डर लुटेका थिए ।
वडा प्रहरी कार्यालय, श्रीपुरले राति नै स्थानीय भद्रभलाद्मीसँग समन्वय गरी लुटिएको सिलिन्डरमध्ये १२ वटा फिर्ता गराएको थियो । सोमबार साँझसम्म थप २५ वटा गरी ३७ वटा सिलिन्डर स्थानीयले प्रहरीलाई बुझाएको वडा प्रहरी कार्यालय, श्रीपुरले जनाएको छ । फिर्ता भएको सिलिन्डर जिल्ला प्रहरी कार्यालय, पर्सामा राखिएको छ । बाँकी रहेको आठवटा सिलिन्डर फिर्ता गराउन प्रहरीले प्रयास गरिरहेको छ ।
सो भेगका युवकहरूले बन्दको समयमा सामान ओसारपसार गरेको आरोपमा खाली सिलिन्डर लुटेका थिए । सोही पुलमा दुई दिन पहिले तरकारी पनि लुटिएको स्थानीय बासिन्दाले जानकारी गराएका छन् ।
यसैगरी भारतबाट नेपालतर्फ आइरहेको २५ बोरा खुर्सानी गाउँलेहरूले लुटेको खबर छ भने विन्दवासिनीबाट रानीघाटतर्फ १४७ बोरा चामल बोकेर आउँदै गरेको टयाक्टर लुट्न खोज्ने एक समूहलाई सशस्त्र प्रहरी अलौले तितरबितर पारेर चामल जोगाएको छ ।
सोमवार बिहान केही स्थानीय युवकले सो टयाक्टरमा रहेको चामल लुटपाट गर्न खोज्दा सशस्त्र प्रहरी मौकामा पुगेको थियो । उक्त टयाक्टरबाट चार बोरा चामल लुटिएको र अरू सुरक्षित रहेको सशस्त्र प्रहरीले जनाएको छ ।