प्रदीप यादव
भारत र मधेसमाथि नकारात्मक सोच राख्ने माथि यो ऐतिहासिक दस्ताबेजको खोज गालामाथि नरम चोट साबित हुन सक्छ । नेपालमा क्रान्तिको शुरूवात मधेसमा सप्तरीबाट शुरु भएको हो । वि.स. २००१ माघ इस्वी संवत् १९४५ जनवरीमा भारतमा अङ्ग्रेज शासनको यातना चरममा पुगेको थियो र नेपालमा राणाहरूको आतड्ढ व्याप्त थियो । त्यस क्रममा नेपालमा आन्दोलन शुरु गर्न नेपाली क्रान्तिकारीहरूले मधेसलाई क्रान्तिभूमि रोजेका थिए । त्यसको प्रमुख कारण मधेसी जनताले राणाशासनलाई नजिकबाट भोगिरहेको थियो । परिणामस्वरूप सप्तरीबाट आन्दोलनको बिगुल बज्यो र रामेश्वर सिंह, किसान दुसाध, अब्दुल मियाँ, नेबु मण्डल, कृष्णवीर कामी आन्दोलनमा सहभागी रहेको भन्दै काठमाडौ जेल चलान भए । जसमध्ये कृष्णवीर कामी, अब्दुल मियाँ जेलमैं शहीद भए ।
नेपाली जनतालाई स्वतन्त्रता दिलाउन र राणा शासनबाट मुक्त गर्न भारतीय प्राध्यपाक विश्वनाथप्रसाद मिश्रको अध्यक्ष र कृष्णप्रसाद भट्टराई उपाध्यक्ष हुने गरी ‘नेपाल छात्र सङ्घ’ गठन भएको थियो । सङ्घको विभिन्न छलफलमा विश्वेश्वरप्रसाद कोइराला र धरणीधर कोइराला पनि सहभागी हुन्थे । इस्वी संवत् १९३५ तिर नेपाल सङ्घ स्थापना गरी राणा शासनविरुद्ध अभिव्यक्ति प्रकट गर्न थालियो । यो सङ्घ पछि गएर ‘नेपाली राष्ट्रिय काङ्ग्रेस’को रूपमा परिणत भयो र नेपाली काङ्ग्रेसको रूपमा पछि नेपालको राजनीतिमा स्थापित भयो ।
नेपाली काङ्ग्रेसको दरभ·ामा वि.स. २००५ फागुन १८ गते अधिवेशन सम्पन्न ।
भारतका समाजवादी नेता जयप्रकाश नारायणले नेपाली काङ्ग्रेस र नेपाल प्रजातान्त्रिक काङ्ग्रेसका विपी र सूर्यप्रसाद उपाध्यायलाई भेटी एकता गराए ।
विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा नेपालको मुक्ति आन्दोलनलाई सहयोग गर्न र भावी रणनीतिमा मार्ग निर्देशन गर्न १५ जनाको टोली समाजवादी नेता लोहियालाई भेट्दा यथाशक्य सहयोगको प्रतिबद्धता जाहेर गरेका थिए ।
सन् १९४७ अगस्त अर्थात् २००४ भाद्र ४ मा जेलमा विपी अवस्था नाजुक हुँदा लोहियाद्वारा नेपाल सरकारलाई जोडदार पत्र लेखेपछि तत्कालीन प्रधानमन्त्री पदम शमशेरद्वारा विपिको रिहाइ ।
विस. २००६ जेठ १२ गते नेपाल सरकारलाई दबाबस्वरूप भारतीय समाजवादी दलको नेतृत्वमा नेपाल दिवस मनाइयो । सो क्रममा डा. राममनोहर लोहियाको नेतृत्वमा भारतस्थित नेपाल राजदूतवासमा विरोधपत्र दिन जाँदा उनी र प्रेम भासिनलगायत अन्य ५० जना गिरफ्तार ।
नेपाली काङ्ग्रेसको युद्धविराम र दिल्लीमा भारत सरकारको अध्यक्षतामा नेपाली काङ्ग्रेस, राणा र राजा त्रिभुवनबीच वार्ता ।
विश्वेश्वरप्रसाद कोइराला
राणाहरूको बन्दीगृहमा परी यातना भोग्दा मातृकाप्रसाद कोइराला, गणेशमान सिंहले नेपाल सरकारलाई अनुरोध गरिदिन भारतीय राष्ट्रपतिलाई अनुरोधपत्र लेखिदिन गरेको आग्रह र प्रधानमन्त्री नेहरूको जोडदार सिफारिसमा २००४ भाद्रको मध्यतिर विपीको रिहाइ र उपाचारको व्यवस्था भारतद्वारा मिलाइयो ।
विश्वेश्वरप्रसाद कोइरालाले गरेको हरेक आन्दोलनको समाचार भारतीय पत्रपत्रिकामा प्रसारण भएपछि भोक हडताल आन्दोलन शुरु ।
विपीले अनसन तोडे भन्ने भ्रामक प्रचार हुँदा पटनाबाट जयप्रकाश नरायणले यो भ्रामक प्रचार भएको दुनियाँलाई जानकारी गराएका थिए र ‘नेपालको स्वाधीनता, हाम्रो आफ्नो स्वाधीनता’ भनी नेपाल तथा भारतका युवाहरूलाई सक्रिय भएर नेपाली आन्दोलनमा लाग्न आह्वान गरेका थिए ।
भारतको जेलमा रहेका गणेशमान सिंह र अन्य आन्दोलनकारीहरूलाई
राणा सरकारलाई नबुझाउन बिहारका मुख्यमन्त्री श्रीकृष्ण सिन्हालाई प्रधानमन्त्री नेहरूले आदेश दिएका थिए।
नेपालमा भएको सशस्त्र क्रान्तिमा भारतीय जनताले खुला हृदयले सहयोग गर्यो जसमा २००० जना भारतीय स्वयंसेवक नेपाली मुक्ति सेनामा सहभागी भएका थिए जसको प्रमुख भोला चटर्जी थिए ।
मिति २००४ असारतिर नेपालका प्रधानमन्त्री पदम शम्शेरको विशेष आग्रममा भारतका प्रधानमन्त्री नेहरूद्वारा नेपालको वैधानिक कानुन २००४ निर्माणका लागि प्रतिनिधिमण्डल पठाएको र उक्त टोलीले नेपालको वैधानिक कानुनको खाका तयार गरेको थियो । भारतका श्रीप्रकाश गुप्ताको टोलीले नेपाली जनता र राणाको अवस्थाको व्यापक अध्ययन गरी तयार पारेको नेपालको नयाँ विधानको घोषणा विस २००४ माघ सोमवार राणा प्रधानमन्त्री पदम शमशेरले गरे ।
नेहरूको आक्रामक प्रस्तावको परिणामस्वरूप २००७ पुस १४ नेपालमा वैधानिक सुधार गर्ने घोषण ।
नेपाली राजनीतिमा कम्युनिस्ट विचारका संस्थापक नेता पुष्पलालको भारत सम्बन्ध र भारतबाट सहयोग
मिति २००५ माघतिर तत्कालीन नेपाली राष्ट्रिय काङ्ग्रेसका एकजना जुझारु सदस्य पुष्पलाल नेपालको स·ठनमा देखिएको फुट मिलाउन भारतिय नेताहरूलाई आग्रह गर्न बारम्बार भारत जाने गरेको ।
नेपालमा कम्युनिस्ट पार्टी मिति २००६ माद्र ३० मा स्थापना भएको तर पार्टीको विधान २००८ आश्विन ६ देखि १४ सम्म कलकत्तामा भएको अधिवेशनबाट बनेको र ४५ सदस्यीय पार्टी गठन भएको ।
भारतीय दूतावासको सहयोग
नेपालको तानाशाही राणाशासन समाप्तिका लागि नेपालस्थित भारतीय दूतावासले पहिलोचोटी नेपालमा भए गरेको क्रियाक्लापबारे सुवर्ण शम्शेरलाई जानकारी गराउने कार्य ।
ख) सन् १९५० को नोभेम्बर ६ विस २००७ कार्तिक २१ गतेका दिन बिहान ९:४५ बजे राजा त्रिभुवनद्वारा सपरिवार भारतीय दूतावासमा शरण ।
२००७ साल कार्तिक २३ गते वुधवार ज्ञानेन्द्रको राज्यारोहण, भारतबाट समर्थन नगरिनु ।
भारतीय दूतावासमा शरण लिएको बेला राजा त्रिभुवनले भारतीय प्रधानमन्त्री नेहरूलाई नेपाललाई भारतमा मिलाउन आग्रह गरेको ।
तत्कालीन शिक्षामन्त्री मौलाना अबुल कलाम आजादले निम्न कुरा व्यक्त गरेका थिए ।
बीसौ शताब्दीको मध्यमा पनि संसारको कुनै पनि भागमा खुला स्वेच्छाचारीतन्त्रको सर्वोच्चता हुनु आश्चर्यको विषय हो । कुनै पनि हालतमा नेपाली जनताको सङ्घर्षमा भारतको यथाशक्य सहयोग रहने छ ।
भारतीय दूतावासको सहयोगमा नेपालमा जारी नेपाली काङ्ग्रेसको सशस्त्र आन्दोलनको कारण नेपालमा शान्ति स्थापनाका लागि जयप्रकाश नारायण जस्ता नेताले भारतमा विभिन्न सभा सम्मेलन गरी नेपाल सरकारमाथि दबाब बनाए ।
माथि उल्लिखित घटनाक्रम नेपालको इतिहासमा अड्ढित छ । नेपाली जनतालाई दिग्भ्रमित पार्न अहिलेका खप्पीस राजनीतिकर्मीहरू राष्ट्रियताको खोक्रो प्रचार गर्न खोजेका छन् । नेपालको इतिहासमा भएको घटनाक्रमको सूत्रधार भारत हो । नेपालमा माओवादीको युद्धविराममा अन्तिम प्रमुख सहयोग भारतकै रहेको छ । भारतले नेपाललाई धेरै सहयोग गर्दै आएको छ र भविष्यमा पनि गरिरहने छ । नेपालको सात राजनीतिक दल र माओवादीबीच भारतको रोहबरमा १२ बुँदे शान्ति सम्झौता गराई नेपाललाई भारतले निकास दिलाएको थियो । त्यसैले अहिलेको समस्या समाधान गर्न पनि भारतले नै भुमिका निर्वाह गर्नेछ । किनकि भारतले नेपालको अशान्तिलाई जहिले पनि सकारात्मक तवरले अवलोकन गर्ने हुनाले समाधान पनि उसैबाट हुन्छ ।
नेपालबाट राणाशासनको समाप्तिको कुरा होस्, नेपालको संविधान २००४, २००७, २०१७ लगायत निमार्णमा भारतको सहयोग लिने गरिएको छ । नेपालको पञ्चायती व्यवस्थामा नेपालका राजनीतिक दलहरूमाथि लागेको प्रतिबन्धको कुरा होस् वा प्रतिबन्धितकालमा सभा, सम्मेलन गर्न भारतले नेपाली जनताको सहयोग गरेको छ ।
मित्रहरू १ हामीले अहिलेको समस्या समाधानका लागि नेपालको राजनीतिक दलहरूले गरेको पूर्वाभ्यासको अनुसरण मात्र गरेका हौ । विपी, गिरिजाप्रसाद कोइराला, मदन भण्डारी, पुष्पकमल दहालले गरेको भारतसँगको सहकार्य र सहयोगको शृङ्खलालाई हामीले निरन्तरता मात्र दिएका हौं । अहिलेको नाकाबन्दीमा भारतको कुनै संलग्नता छैन । हामी हाम्रो निर्धारित कार्यक्रम अनुसार नाकाबन्दी गरेका हौ र हाम्रो नाकाबन्दी हाम्रो आफ्नो माग पूर्तिका हो । जबसम्म सरकारले मधेसको माग सम्बोधन गदैन, हाम्रो नाकाबन्दी जारी रहने छ । जय मधेश १
(लेखक सङ्घीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष हुन् ।)