एनेकपा माओवादीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पार्टीबाट राजीनामा दिएका छन् । लामो समयसम्म सङकटपूर्ण राजनीतिक अवस्थामा पार्टीलाई नेतृत्व दिंदै आएका भट्टराईले अहिलेको बेला राजीनामाले दुईथरीको बुझाइ निस्कन्छ । बाबुरामको यो बहिर्गमन प्रचण्डसँगको लामो समयदेखिको तीक्तताजन्य बाध्यता वा अझ बृहत् राजनीतिक आयामको खोजी । एउटा दापमा दुईवटा खुकुरी रहन सक्दैन, एनेकपा माओवादीरूपी दापमा पनि प्रचण्ड र बाबुरामको हैसियत खुकुरीजस्तै रहँदै आएको थियो । वा एउटा जङगल (जङगलको निर्धारित क्षेत्र) मा दुई सिंह रहन सक्दैनन् । जनयुद्धकालमा बाबुरामलाई पार्टीद्वारा बन्दी बनाइनु, सहकालमा उनको मानमर्दनका विभिन्न उपाय गर्नु, उनको विचारलाई नकार्नुलगायत पार्टी सतहमा आएका धेरै कुराहरू थिए, जसले पार्टीमा पहिलो विखण्डन बाबुरामद्वारा नै हुने अडकल राजनीतिक वृत्तमा छरिएको थियो । तर बाबुरामले प्रत्येक आन्तरिक प्रहार र वैचारिक मतभिन्नता सहे । यो सहनु एउटा चतुर राजनीतिज्ञको कार्ययोजना थियो । उनले जतिचोटी पनि पार्टीबाट अलग्गिन खोजे आफ्नो पक्ष कमजोर देखे ।
कुनै व्यक्ति पार्टीमा बस्नु वा नबस्नु उसको वैचारिक स्वतन्त्रताको कुरा हो । पार्टीका अन्य व्यक्ति बहिर्गमित नेताका साथ जानु वा नजानु त्यो तिनको वैयक्तिक स्वतन्त्रताको कुरा हो । लोकतन्त्रमा यसले खासै अर्थ राख्दैन । अर्थ के कुराले राख्दछ भने बाबुरामजस्तो विद्वान् र रणचातुर्यसम्पन्न व्यक्तिले अहिले देशमाथि नै सङकट आइपरेको बेला र आफ्नो हैसियत पनि बलियो नभएको बेला किन पार्टी बहिर्गमनको निर्णय गरे ? एनेकपा माओवादी पार्टीमा प्रचण्ड कार्यगत– प्रतिभा सम्पन्न थिए भने बाबुराम भट्टराई बौद्धिक ऊर्जाको स्रोत थिए । भट्टराईबिना एमाओवादी लोकतान्त्रिक धारबाट विचलित हुन सक्दथ्यो । प्रचण्डले जतिबेला पनि सीमा बाहिर गएर बोले वा गरे, तार्किक जामा पहिर्याएर बाबुरामले त्यसको औचित्य साबित गरे र कहिलेकाहीं भनाइ र गराइको अर्थको प्रतिकूलतालाई समयसापेक्ष बनाएर प्रचण्डको व्यक्तित्वको रक्षा गरे । प्रचण्ड र बाबुराम यसरी पार्टीमा एक अर्काका पूरक थिए । प्रचण्डसँग सङगठनात्मक क्षमता थियो भने बाबुरामसँग दिशा निर्देश गर्ने बौद्धिकता । आज बाबुरामले पार्टी छोडेपछि दुवैमा अधूरोपन आउने छ ।
एनेकपा माओवादीमा बाबुराम भट्टराई बस्न सक्दैनन् भन्ने कुरा तय थियो तर यो बेला यस्तो निर्णय होला भन्ने अनुमान कसैले गरेको थिएन । भट्टराईको यस पाइलाले पार्टी पङ्क्तिलाई घोर विडम्बनामा जेलिदिएको छ भने देशले पनि एउटा अप्रत्याशित घटनाको सामना गर्नुपरिरहेको अनुभूति गरेको छ । किनकि अहिले देशमा मडारिएको सङकट आन्तरिक मात्र रहेन, यसले बाहयरूप पनि धारण गरिसकेको छ । नेतृत्व पङ्क्तिमा धैर्यता र सहिष्णुताका साथ यस समस्याबाट पार पाउने बौद्धिक व्यक्तित्वको कमी छ । आवेश र स्वार्थमा काम गर्नेहरूको बाहुल्य रहेको अवस्थामा बाबुराम भट्टराईको बहिर्गमन पार्टीलाई मात्र होइन, देशलाई नै भडखालोमा पार्ने किसिमको देखिएको छ । अर्कोतिर मधेसवादी आन्दोलन हाँक्नेहरू पनि बौद्धिकस्तरमा आलाकाँचा नै छन् । आन्दोलनले ल्याउने परिवर्तनको अपरिहार्यतामा बाबुरामको खोजी भएको हो कि भन्ने अतिवादी सोच पनि यस बेला जुर्मुराउन थालेको छ । यो बहिर्गमन त्यस्तै कुनै बृहत् कार्ययोजनाको अङग हो कि ?