–कुमार रुपाखेती
हामीले राणाकालीन संविधान हेर्यौं जहाँ श्री ३ को मौखिक आदेश नै कानुन थियो, हामीले राजतन्त्रको संविधान हेर्यौं जहाँ राजपरिवार संविधानभन्दा माथि थियो, हामीले प्रजातान्त्रिक संविधान हेर्यौं जहाँ दल र नेताहरू हावी देखिन्थे।
तर अहिले पारित भएको संविधान –२०७२ नेपालीहरूको २००७ सालदेखिको चाहना हो। अनि यही बहुप्रतीक्षित संविधान नै अहिले चर्चा र विवादको विषय बनेको छ। सरकारवादीहरू भन्दछन् यो जनपक्षीय संविधान आउन नदिन एकातिर राजनैतिक मुखौटा लगाएकाहरू षड्यन्त्र गर्दैछन् भने अर्कोतिर विपक्षीको कुरा सुन्नुहुन्छ भने यो संविधान यस अघिको संविधानभन्दा गइल गुजरल छ रे।
तर जसले जे भने पनि जनताका प्रतिनिधिसमेतले संविधानसभाबाट दुई तिहाईभन्दा बढी मतले, कर्कस ध्वनिले नयाँ संविधान पारित भएको छ। देश–विदेशले श्याबासी दिने क्रम जारी छ। निकै तर्क–वितर्क र विवाद र विभाजन पछि राष्ट्रपतिले असोज ३ गते लालमोहर ठोक्न लागेको यो संविधान सबै नेपालीहरूले एकपल्ट अध्ययन गर्नैपर्ने भएको छ। वर्तमान अवस्थामा मत बाझिएका दलहरूले विगतमा भैंm यो संविधानलाई आफूखुशी व्याख्या–अपव्याख्या गर्ने, समर्थन गराउने र भड्काउनेसम्मको कार्य गर्दै आएका छन् । त्यसैले झूठेका बोलवाला, सच्चेका मुँह काला हुन नदिन सबै जिम्मेवार नागरिकले यो नयाँ संविधानको आशय र मर्म अनि भावना बुझ्नैपर्छ। अहिलेको जमानामा कागले कान लग्यो भन्दै कागको पछाडि दौडिनुभन्दा कान छाम्नु नै उत्तम उपाय हो।
नेताहरूको कुरा पत्याएर बकम्फुसे तालमा हामीहरू तिनका पछि खुबै कुद्यौं, जसले गर्दा नेताहरूले आफूलाई सर्वेसर्वा ठान्न थाले र हामीलाई रैति। अब हामी दल र नेताको आदेशले होइन आफ्नै विवेकले चल्ने बेला आएको छ।
देश र प्रदेशको रगडा–झगडा सबैलाई थाहै छ। अब नेताहरूको रगडारगडीबाट संविधानलाई मुक्त राख्नु सबै नेपालीको दायित्व हो। प्रदेश विभाजन, रेखाङकन, सीमाङकनसँग संविधानको के सरोकार ? भागबन्डाको निपटारा त नेताहरू आपैंm बसेर सल्टाइहाल्छन् नि। हो संविधानमा लेखिएका कुराहरू अक्षरश: पालना हुनुपर्दछ, संविधानमा आएका कुराहरू दायाँ–बायाँ नहोस् भनेर सचेत रहनु हामी सबैको दायित्व हो। यसअघि यिनै नेताहरूले संविधान र कानुन मिचेर काम गरेको, संविधानप्रति नै वितृष्णा फैलिएको कुरा हामीसँग छिपेको छैन। कानुनभन्दा माथि कोही नहोस्, कानुनलाई तोडमरोड गरेर अपव्याख्या नगरियोस् भन्नेतर्फ सबैको सजगता जरुरी छ।
भनिन्छ कुलो र कुरो जता बगाए नि बग्छ। बातको बतङगड भन्ने त उखान नै छ। बात बतङगड बनाउन हाम्रा नेताहरू कति सिपालु छन् भन्ने कुरा मैले बताइरहनुपर्दैन। त्यसैले नयाँ संविधानको स्वागतमा झिलीमिली दीपावली तथा आवेश र लहलहैमा विरोध गर्नुको साटो नयाँ संविधान पढौं, बुझौं र पतिक्रिया दिऔं भन्ने मेरो बुझाइ रहेको छ, यहाँहरूको के विचार छ ? हामी ‘लिख लोढा, पढ पत्थर’ होइनौं भनेर साबित गर्ने बेला यही हो। अँध्यारोमा तिर चलाउनेहरूलाई मुँहतोड जवाफ दिने उचित समय यही हो। यो शुभ साइतमा विवेक प्रयोग नगरे कहिले गर्ने ?