प्रस, वीरगंज, १२ असोज/
सदीयौंदेखि कायम नेपाल–भारतको सम्बन्ध खलबलाउन केही पक्ष सक्रिय भएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साका जनपरिचालन समितिका संयोजक प्रदीप यादवले बताएका छन्।
संयोजक यादवले मङगलवार पत्रकार सम्मेलन गरी नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले नेपालमा भारतीय टेलिभिजन च्यानल बन्द गराएको भन्दै मोर्चाले आपत्ति जनाएको बताए।
जारी मधेस आन्दोलनमा विश्व समुदायबाट चौतर्फी सहयोग प्राप्त भइरहेको दाबी गदै उनले आन्दोलनको मुद्दालाई बङ्ग्याउन र दिग्भ्रमित पार्न अतिवादी शक्तिहरू लागिपरेको बताए ।
विप्लव नेतृत्वको सङगठनले नेपालमा भारतीय मेडिया र भारतीय सवारी साधन बन्दको आहवान गरेको खबरले लोकतन्त्रमा जनताको स्वतन्त्रतामा अंकुश लगाउन खोजेको पुष्टि भएको भन्दै कुन सञ्चारमाध्यक हेर्ने भन्ने कुरा व्यक्तिको व्यक्तिगत स्वतन्त्रताको कुरा भएको उनले बताए ।
भारतीय टिभी च्यानल उपर प्रतिबन्धको कुरा मोर्चालाई कुनै पनि हालतमा मान्य नहुने भन्दै भारतीय च्यानलमा प्रतिबन्ध लगाउने कार्यमा केबुल एसोशिएसनको समेत संलग्नता देखिएको आरोप लगाए।
विप्लव माओवादीको निर्णय समयमा नै नसच्याए त्यसको परिणाम नराम्रो हुने भन्दै उनले मधेस क्षेत्रमा पनि खसभाषी सञ्चारमाध्यमलाई जनताले प्रतिबन्ध लगाउने चेतावनी दिए।
मधेस विरोधी मात्र समाचार सम्प्रेषण गर्ने सञ्चार माध्यम मधेसको लागि घातक हुने मोर्चाको ठहर सुनाउँदै नेता यादवले २४ घण्टाभित्र पूर्ववत् भारतीय च्यानल सञ्चालनमा नआए कडा कदम चाल्न आफूहरू बाध्य हुने र नेपाली भाषाका सम्पूर्ण टेलीभिजन च्यानल र चलचित्र मधेसमा रोक लगाउने चेतावनी दिएका छन्।