श्रीमन्नारायण
विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देश भारत र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालबीच परम्परागत बहुआयामिक सम्बन्ध रहिआएको छ । नेपालको चौतर्फी विकासमा भारतले सहयोग गर्दै आएको छ । नेपालको प्रत्येक राजनीतिक परिवर्तनमा भारतले सहयोगीको भूमिका निर्वाह गर्दै आएको छ । भारतको स्वाधीनता आन्दोलनमा नेपालीहरूले पनि आफ्नो क्षमता अनुसार सहयोग गरेका थिए । भारतको स्वाधीनता आन्दोलनमा जेल जानुदेखि विभिन्न किसिमको कठोर यातना पनि नेपालीहरूले सहेका थिए । विदेशी अङ्ग्रेजहरूको शासनबाट भारत मुक्त भएपछि नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो । नेपालको छिमेकमा भारत देश नभएको भए तथा खुला सिमाना नभएको भए नेपालमा आजसम्म जे जति आन्दोलनहरू भएका छन् त्यसमा धनजनको ठूलो क्षति हुने थियो । दक्षिणी छिमेकी भारत प्रत्येक सड्ढटको समयमा हाम्रो निम्ति भरपर्दो मित्र शक्ति साबित भइआएको छ । केही अघि मात्रै देशमा गएको विनाशकारी भूकम्पका बेला पनि सर्वप्रथम सहयोग गर्न आइपुग्ने देश भारत नै थियो र भूकम्पका बेला भारत र त्यहाँका जनताले हामीलाई गरेको सहयोगलाई सम्पूर्णतामा हेर्ने हो भने विश्वका अन्य सबै देशहरूले मिलेर गरेको सहयोगभन्दा यो कम हुने छैन ।
नेपाल र भारतबीच सम्बन्धलाई प्रकृतिले नै एकनासको बनाइदिएको छ । भाषा, संस्कृति, रहनसहन, बोलचाल, दिनचर्या, उपासना पद्धति, धर्म, तीर्थस्थल सबै एक समान रहेका कारण यी दुई देशबीचको सम्बन्धलाई महासागरभन्दा पनि गहिरो तथा सगरमाथाभन्दा पनि अग्लो बताउने विद्वान् राजनीतिज्ञ एवं विज्ञहरू दुवै देशमा छन् । यी दुई देशबीचको सम्बन्धलाई अद्वितीय पनि भन्ने गरिन्छ ।
भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको गत वर्ष सम्पन्न ऐतिहासिक नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ बढी प्रगाढता प्रदान गरेको छ । एक्काइसौं शताब्दीमा नेपालले परिभाषा गर्न खोजेको अथवा चाहेको जस्तो द्विपक्षीय सम्बन्धलाई भारतीय प्रधानमन्त्रीले पनि आफ्नो स्वीकृति र समर्थन मात्रै प्रदान गरेनन् अपितु यसमा आफ्नो पनि इच्छा र चाहना यही नै रहेको बताएर नेपालीहरूको मन जित्ने काम गरे । मोदीको नेपाल भ्रमणले विगतका कतिपय तिक्तता, आशड्ढा एवं अविश्वास अन्त्य गर्ने काम मात्रै गरेन अपितु सौहार्दतापूर्ण सम्बन्धलाई थप विकसित गर्न तथा परस्पर विकासको धागोलाई अझ बलियो बनाउने काम गरे । नेपाल र भारतबीचको सम्बन्ध कागजको टुक्राबाट अर्थात् शासकहरूबाट मात्रै बनाइएको नभई जनस्तरबाट बनेको र जनताको चाहना एवं भावना अनुसार विकसित हुँदै गएकोले यसको विशिष्ट महत्त्व छ ।
आणविक शक्ति सम्पन्न राष्ट्र भारत अहिले विश्वको महाशक्ति राष्ट्र बन्ने पङ्क्तिमा उभिन लागेको छ । आर्थिक, सामाजिक, सांस्कृतिक, सूचना प्रविधि, विज्ञान एवं अन्तरिक्षको क्षेत्रमा यसले गरेको प्रगतिका कारण अन्तर्राष्ट्रिय जगतमा यसको महत्त्व र भूमिका बढ्दै गएको छ । संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्को संरचनामा परिवर्तनको माग भइरहेको बेला भारतलाई यसको स्थायी सदस्यको रूपमा मान्यता मिल्नुपर्ने माग पनि चर्कोरूपमा उठ्न थालेको छ । जनसङ्ख्या, आर्थिक प्रगति, सूचना प्रविधि, विज्ञान तथा अन्तरिक्षको क्षेत्रमा प्रगति, निरन्तर विकास एवं लोकतान्त्रिक शासन प्रणालीको उच्चतम अभ्यास गर्दै भारत विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देशको रूपमा प्रसिद्ध छ । आणविक शक्ति सम्पन्न राष्ट्र भएर पनि यसले आफ्नो दायित्वको निर्वाह बडो संयमित एवं सन्तुलित रूपमा गर्दै आएको छ । क्षेत्रीय एवं अन्तर्राष्ट्रिय मञ्चहरूमा भारतको भूमिका बढ्दै गएको छ । विश्वको एक मात्र महाशक्ति राष्ट्र अमेरिकासँगको यसको सम्बन्ध निकै घनिष्ठ हुँदै गएको छ । भारतको बढ्दो भूमिकाको स्वागत पूरै विश्व जगतले गर्दै आएको छ ।
विश्वव्यापी आर्थिक सड्ढटका बावजुद भारतको आर्थिक अवस्थामा कुनै परिवर्तन आएन अर्थात् यो प्रगतिकै पथमा छ । ग्रीसमा आएको घनघोर आर्थिक सड्ढट र विश्वव्यापीरूपमा नै जारी आर्थिक मन्दीको प्रभाव एसियाको प्रमुख आर्थिक शक्तिमध्येको एक चीनको अर्थ व्यवस्थामाथि पनि परेको देखियो तर यसबाट भारतलाई भने खासै असर परेको देखिएन । चीनको विकास दर पनि र्हासोन्मुख भएको अवस्थामा अब विदेशी लगानीकर्ताहरू भारतलाई आफ्नो नयाँ गन्तव्य बनाउन चाहन्छन् र भारततिर नै बढी आकर्षित हुन लागेका छन् । भारत विकास दरको मामिलामा चीनलाई उछिनेर अगाडि बढ्न सक्नेछ । भारतीय अर्थव्यवस्था विश्वमा ठूलो
अर्थव्यवस्थाको रूपमा सबैभन्दा तीव्र गतिमा विकसित हुने अर्थ व्यवस्थाको रूपमा स्थापित हुने अनुमान विश्वका ख्यातिप्राप्त आर्थिक विश्लेषकहरूको रहिआएको छ ।
भारतको भूमिका संयुक्त राष्ट्र सङ्घ, ब्रिक्स, आसियान, सार्क र यस्ता अनेकौं विश्व एवं क्षेत्रीय मञ्चहरूमा प्रभावकारी हुँदै आएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सार्कका सदस्य राष्ट्रहरूबीच सुमधुर सम्बन्ध होस् भन्ने पक्षमा रहेको देखिन्छन् । सार्क देशका निम्ति उपहारस्वरूप एउटा स्याटलाइटको निर्माण गर्न भारतीय अन्तरिक्ष वैज्ञानिकहरूलाई उनले गत वर्ष नै आग्रह गरेका थिए । प्रधानमन्त्रीको पदमा आसीन भएको एक वर्षभित्रमैं उनले भुटान, नेपाल, श्रीलड्ढा तथा ब·लादेशको भ्रमण गरिसकेका छन् । सार्कको विकासको निम्ति भारतले केकस्तो भूमिकाको निर्वाह गर्न सक्दछ भन्ने दिशामा पनि उनले बढी ध्यान दिएका छन् । यसका अतिरिक्त दक्षिण पूर्व एसियाका देशहरू छिमेकी राष्ट्रहरू नेपाल, श्रीलड्ढा, ब·लादेश, भुटान, उनको बढी प्राथमिकतामा रहेको देखिन्छ । नेपालप्रति उनको बढी नै सदाशयता रहेको देखिन्छ । जलविद्युत्को अपार क्षमता भए पनि नेपालजस्तो देश विगत लामो समयदेखि लोडसेडि·को मार खेप्दै आएको छ । लोडसेडिङको अभावमा देशको उद्योगधन्दा पनि फस्टाउन सक्दैन । नेपालले यस दिशामा बढी ध्यान दिनुपर्ने हो । भारतीय प्रधानमन्त्री मोदीको गत वर्ष सम्पन्न नेपाल भ्रमणका दौरान यस दिशामा उल्लेख्य उपलब्धि भएको देखियो । नौ सय मेगावाटको माथिल्लो कर्णाली र नौ सय मेगावाटकै अरुण तेस्रो जलविद्युत् परियोजनामा भारतीय ऊर्जा निर्माण कम्पनीहरू आफ्नो लगानी गर्न गइरहेका छन् । यसबाट नेपालको अर्थव्यवस्थामा पनि परिवर्तन आउनेछ साथै नेपालमा जारी लोडसेडिङलाई कम गर्नमा पनि ठूलो मदत मिल्न सक्नेछ ।
नेपालका प्राय: सबैजसो जिल्लाहरूमा भारतीय सहयोगमा अर्बौको विकास निर्माणका योजनाहरू कार्यान्वयनमा छन् । विगत सात दशकदेखि नेपालको विभिन्न क्षेत्रमा भारतले सहयोग गर्दै आएको छ । यो सहयोग शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, ऊर्जा, नदी नियन्त्रण, सिंचाइ, संस्कृति, भूतपूर्व गोरखा सैनिकलगायत क्षेत्रमा छन् । नेपालमा अहिलेसम्म स्वीकृत कुल प्रत्यक्ष वैदेशिक लगानीमा पनि भारतको योगदान चालीस प्रतिशतभन्दा बढी नै छ । गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा दस हजार करोड रुपियाँको ऋण सहयोगको घोषणा गर्नुभएको थियो । ६ सय मेगावाटको परियोजनालाई कार्यान्वयनमा ल्याउनका निम्ति पञ्चेश्वर विकास प्राधिकरण गठन गरिएको छ । दुई देशबीच विद्युत् व्यापार सम्झौता एवं विद्युत् विकास सम्झौता पनि भइसकेका छन् । रक्सौल–अमलेखगंजबीच पाइप लाइनको निर्माण हुने भएको छ । यसबाट पेट्रोलियम पदार्थको ढुवानीमा देखिएका समस्याहरू पनि स्वत: समाधान हुनेछ । नेपालको चौतर्फी विकासमा
भारतको सहयोग महत्त्वपूर्ण साबित भइआएको छ । सहयोगका क्षेत्र र राशिहरूको पूर्ण विवरण दिन
एउटा किताब नै लेख्नुपर्ने हुन्छ । आवश्यकता परेको बेलामा सड्ढटको बेलामा र प्रत्येक सुख–दु:खमा नेपाललाई सहयोग गर्न सदैव तत्पर रहने दक्षिणी छिमेकी राष्ट्र भारत नेपालको सच्चा मित्र राष्ट्र हो ।